-इश्वरचन्द्र ज्ञवाली
राजनैतिक परिवर्तनको प्रक्रिया सँग-सँगै साँस्कृतिक रुपान्तरणको प्रक्रियालाई अघि नबढाउने हो भने त्यो परिवर्तन कृत्रिम र अपर्ूण्ा मात्रै हुन जान्छ । यद्यपि राजनैतिक र साँस्कृतिक रुपान्तरण पनि उपरिसंरचना मात्रै हुन् । जसको आधार आर्थिक व्यवस्था, श्रम प्रक्रिया र संर्घष्ाको नियम हो । आर्थिक आधार, श्रम र उत्पादन माथिको स्वामित्वको मूल व्यवस्थामा परिवर्तन नभए राजनैतिक र साँस्कृतिक परिवर्तन पनि र्व्यर्थ र अपाङ्ग हुन्छ । आमूल परिवर्तनको अर्थ आधार र उपरिसंरचना दुबैमा परिवर्तन हो । कुनै पनि देशको अर्थव्यवस्था, श्रमपद्धति र उत्पादनको स्वामित्व, श्रमशक्ति, श्रमसामग्री, उत्पादकत्व, उत्पादनको उद्देश्य र पँूजीप्रतिको धारणा सामूहिक हुने वा वैयक्तिक हुने भन्ने आधारमा आधारित हुन्छ । जमिन्दारीप्रथा तथा कृषिसामग्री र उपजमा जमिन्दारहरुको एकलौटीको अन्त्य एवम् उत्पादन सामग्रीमा किसानको स्वामित्व कायम नभएसम्म अर्थात् कृषिक्रान्ति -भूमिसुधारबाट जमिनको व्यवस्थित वितरण) नभएसम्म सामन्तवादको अन्त्य भएको मान्न सकिन्न । यो अर्थव्यवस्थाको जगमा परिवर्तन नभएसम्म सामाजिक रुपान्तरण पनि भएको मान्न सकिंंदैन । र्
अर्थव्यवस्थामा आएको परिवर्तनले नै सँस्कृतिमा पनि परिवर्तन ल्याउँछ । साँस्कृतिक क्रान्ति भनेको पनि आर्थिक क्रान्तिकै फरक रुप र विधि हो । त्यसैले सँस्कृतिलाई आर्थिक र राजनैतिक संर्घष्ाको वैचारिक अभिव्यक्ति मानिन्छ । समाज परिवर्तन भए सँस्कृति पनि परिवर्तन हुन्छ । साँस्कृतिक परिवर्तन भनेको कुनै पनि समाजको आर्थिक, सामाजिक, राजनैतिक/वैचारिक, साँगठनिक संरचनाहरुमा गरिने परिवर्तन हो । वैचारिक परिवर्तन भनेको पनि मान्छेका सोंचाइ, चिन्तन, कला, साहित्य, धर्म, सस्कार, जीवनशैली, प्रवृति, बोलीभाषा, व्यवहार, चाल-चलन, स्वभाव आदिमा आउने परिवर्तनको रुप हो । त्यस्तै मान्छेका विचार, चिन्तन, सँस्कार, आदर्श, उद्देश्यमा परिवर्तन नआएसम्म साँस्कृतिक रुपान्तरण भएको मान्न सकिदैन । कुनै पनि समाजको मूल व्यवस्था-आर्थिक संरचना-नफेरिएसम्म साँस्कृतिक रुपमा त्यो समाज फेरिदैन । किनभने मान्छेका यावत् क्रियाकलाप आर्थिक प्रक्रिया र श्रम गतिविधिमा आधारित हुन्छन् । पँूजीले तिनमा परिवर्तन ल्याउँछ । राम्रो लाउने, मिठो खाने, सफा-सुग्घर हुने, सुन्दर घर बनाउने, अध्ययन गर्ने, ठूला योजना बुन्ने, सुखी र खुसी हुने सबै कुरा आर्थिक स्थितिमा नै निर्भर हुन्छन् । आर्थिक व्यवस्थामा आएको परिवर्तनले, आर्थिक व्यवस्थाबारे मान्छेका सोचमा हुने परिवर्तनले नै उसको र्सवहारा वा बर्ुर्जुवा चरित्रलाई निर्धारित गर्छ । धनी हुँदैमा र्सवहारा वर्गको विरोधी र गरिब हुँदैमा पक्षधर भन्ने हुँदैन । मुख्यकुरा अर्थव्यवस्थाप्रति उसको धारणा, आर्थिक विधि र प्रक्रियामा उसले लिने नीति र व्यवहार, आर्थिक स्वामित्वबारे उसको दृष्टिकोण र कार्यका आधारमा उसको वर्गपक्षधरता निर्धारित हुन्छ । ठूला देशभक्त, राष्ट्रिय, जनवादी पँूजीपतिहरु, देश र जनताको हित, स्वार्थ र सेवाका निम्ति पँूजी र उत्पादनलाई अघि बढाउने उद्योगी, व्यवसायीहरु, आत्मनिर्भर, स्वाधीन अर्थतन्त्र र व्यवसायका पक्षपातीहरु, देश र समाजको समानुपातिक विकास र देशको सम्पत्ति समान वितरणका अनुयायीहरु, र्सवहारा वर्गका हितैषी र वर्गमित्र पँूजीपति बन्न सक्दछन् । र्
र्सवहारा सँस्कृति भनेको पँूजीको, सम्पत्तिको, विकास र समृद्धिको विरोधी सँस्कृति होइन । गरिबी, अभाव, विपन्नता, दुःख-कष्ट वा दारिद््रयको पक्षपाती सँस्कृति पनि होइन बरु त्यसको विरोधी हो । संस्ाारलाई सुखी, शान्त, समानता र न्यायपर्ूण्ा, समृद्ध तथा मानवतावादी सुन्दर र भव्य समाज-जहाँ सबै मान्छे शोषण, उत्पीडन, वर्गीय विभाजन र असमानताबाट मुक्त हुन्छन्-निर्माण गर्नु नै वास्तवमा र्सवहारा सँस्कृतिको मूल लक्ष्य हो । त्यस्तो समाज, पँूजीलाई निजी, शोषणमूलक, विभेदकारी, अन्यायपर्ूण्ा र असमान वितरणबाट मुक्त गरेर मात्र स्थापित गर्न सकिन्छ । मानवजातिलाई समान मूल्य र अस्तित्वमा बाँच्न दिनु र उसलाई समानता, न्याय र स्वतन्त्रताको पर्ूण्ा अधिकार प्रदान गर्नु साम्यवादी सँस्कृतिको मूल आशय हो । त्यसैले र्सवहारा सँस्कृति गरिबी, अभाव र समस्याको सँस्कृति होइन । विभेद, पक्षपात र असमानताको सँस्कृति होइन । अन्याय, शोषण र उत्पीडनको सँस्कृति होइन । अवैज्ञानिक, अवस्तुवादी र पश्चगामी चिन्तन र सोंचको सँस्कृति पनि होइन । विखण्डन, अराजकता, अव्यवस्थाको सँस्कृति पनि होइन । निस्त्रिmयता, गतिहीनता र अकर्मण्यताको सँस्कृति पनि होइन । यो सक्रिय, जीवन्त, गतिशील र जीवनवादी सँस्कृति हो ।
वास्तवमा र्सवहारा सँस्कृति संर्घष्ाको सँस्कृति हो । सुन्दर आशा, महान् सपना र समृद्ध भविष्यको सँस्कृति हो । यस अर्थमा साँस्कृतिक रुपान्तरण भनेको निरन्तर गतिशील, उच्च र सक्रिय सँस्कृतिको निर्माण गरिरहने प्रक्रिया पनि हो । जुन मानवीय हित र सुखको निम्ति निरन्तर-क्रान्तिको अवधारणामा आधारित छ । निरन्तर-क्रान्तिले मात्र समाजमा निरन्तर विकसित भइरहने कुरुप प्रवृतिलाई समाप्त गरी सुन्दर प्रवृतिलाई स्थापित गर्न सक्छ । समाजको गतिशील चरित्र भएकै कारण त्यसमा नियमित परिवर्तनहरु भइरहने र त्यो परिवर्तन कहिले उच्चतातर्फर अग्रगामी हुने र कहिले नीचतातर्फर अधोगामी बन्ने सम्भावना हुन्छन् । र्सवहारा वर्गले सधै अग्रगामी सँस्कृति निर्माण गर्न आफ्नो सक्रियता र संर्घष्ा जारी राख्नु आवश्यक छ । यसैलाई प्रगतिशील, वैज्ञानिक, जनवादी, राष्ट्रिय, मौलिक र नवीन सँस्कृति भन्न सकिन्छ । प्रगतिशीलको अर्थ अग्रगामी सक्रियता हो । वैज्ञानिकको अर्थ वस्तुसम्मत, यथार्थ र सत्यको अन्वेषण हो । जनवादीको अर्थ मानवीय नैर्सर्गिक अधिकार र स्वतन्त्रताको प्रत्याभूति हो, सबै किसिमका शोषण, उत्पीडनबाट मुक्त अवस्था हो । राष्ट्रियको अर्थ हस्तक्षेप र थिचो-मिचोबाट मुक्त, स्वाभिमान र स्वाधीनतापर्ूण्ा हुनु हो, पर्ूण्ातः आत्मनिर्ण्र्ाा आत्मनिर्भरता, स्वावलम्बन र समृद्धिको अवस्था हो । मौलिकताको अर्थ हाम्रो सामाजिक सिर्जनशीलता, स्वत्व, यथार्थ र वस्तुसम्मत अधिकार भएको आफ्नोपन हो, विश्वका परिवर्तनलाई स्वानुकूलतामा ग्रहण गर्ने, प्रभावित हुने र माथि उठ्ने शैली हो । नवीनताको अर्थ समयानुकूल, विज्ञानसम्मत, जीवनसापेक्ष्य परिवर्तन र आधुनिक सामाजिक परिवेशको स्तरीकरणको प्रक्रिया हो । तर्सथ साँस्कृतिक रुपान्तरणको अर्थ अहिलेको सर्न्दर्भमा यसै तार्त्पर्यसँग मिल्दो हुनु आवश्यक छ । तर्सथ साँस्कृतिक रुपान्तरण, राजनीति, अर्थव्यवस्था, विचार, कला-साहित्य, धर्म-आस्था, भाषा-शैली, आचार-व्यवहार, आदर्श र मूल्यलाई प्रगतिशील, वैज्ञानिक, जनवादी, राष्ट्रिय, मौलिक र नवीन तुल्याउनु हो ।
आज पनि हाम्रो समाज अर्ध-औपनिवेशिक र अर्ध-सामन्ती आधार र संरचनाबाट नै चलिरहेको छ । साम्राज्यवाद र विस्तारवादले हाम्रो राजनीति, अर्थव्यवस्था, राजनैतिक सत्ता, सामाजिक सँस्कृति र परिवेशमाथि आफ्नो प्रभुत्व लादिरहेका छन् । नेपालका सबैजसो क्षेत्र र पाटामा उनको हस्तक्षेप कायम छ । सेनापतिर्-कर्मचारी), पुजारी, प्रधानन्यायाधीश नियुक्ति जस्ता कुरामा समेत उनीहरुले आदेश-निर्देश गरिरहेकाछन् । सम्विधान निर्माण र शान्ति प्रक्रियामा उनको हस्तक्षेप निरन्तर जारी छ । जनमुक्ति सेना समायोजनबारे विदेशी सेनाध्याक्षको आदेश त गैरजिम्मेवार र ठाडो हस्तक्षेपकारी नै रहेको छ । सीमा मिच्ने, जमिन अतिक्रमण र कब्जा गर्ने, सीमा क्षेत्रमा ज्यादती र अत्याचार गर्ने कुरा झन् व्यापक भएको छ र सुगौली-सन्धीदेखि वर्तमानसम्म सयौं असमान र अपमानजनक सन्धीहरु बलपर्ूवक लादिएका छन् । प्राकृतिक सम्पदा, स्रोत र साधनहरुमा विदेशी नियन्त्रण कायम गर्ने प्रक्रिया चालु छ । आत्मनिर्ण्र्ााो अधिकारमाथि हस्तक्षेप यति बढेको छ कि प्रत्येक सहमति प्रक्रियामा वासिङ्गटन र दिल्लीको फोन कर्ुर्ने स्थिृति कायम भएको छ । यहाँसम्म कि एउटा स्वतन्त्र मुलूकका प्रधानमन्त्री "भारतीय प्रधानमन्त्रीले केही समस्या परे मलाई फोन गर्नु भन्नु भएको छ ।" भनी दासताको खुसी व्यक्त गर्छन् । विस्तारवादको ब्रिटिश-साम्राज्यकालीन उपनिवेशवादी मानसिकताको निरन्तरता र नेपालका दलाल पार्टर्ीी शक्तिहरुको दास मनोविज्ञानले यसको अर्ध-औपनिवेशिक चरित्रलाई पुष्टि गर्छ । एकातिर यो स्थिति र अर्कोतिर मुलूकभित्र नै राष्ट्रिय जातीयता र क्षेत्रीयतावीच उत्पीडन र अन्तरविरोध, सामन्ती राष्ट्रवादको विखण्डन र विभेदकारी नीति, जातीय, क्षेत्रीय उत्पीडन र शोषण, सामन्ती भूस्वामित्व, कृषिपद्धति, सामन्ती अर्थतन्त्र, सामन्तवादी श्रमशोषण र ठग तथा लूट सँस्कृति, सामन्ती न्याय प्रणाली, शिक्षा, धर्म, भाषा, साहित्य, कलामा सामन्ती नीति आदि सबै कुराले यहाँको साँस्कृतिक रुप अर्ध-सामन्ती नै छ भन्ने प्रष्ट गर्छ । समग्रमा वर्ग, लिङ्ग, क्षेत्र, जातिका आधारमा सामन्तवादी र उपनिवेशवादी प्रभुत्व यथावत् हावी छ । यस्तो पुरानो सँस्कृतिको अर्ध-औपनिवेशिक र अर्ध-सामन्ती चरित्र फ्याँक्नु नै वस्तुतः साँस्कृतिक रुपान्तरण हो । यसै सँस्कृतिको प्रभाव पुराना संसदवादी, प्रतिक्रियावादी, यथास्थितिवादी, दलाल र नोकरशाहहरुमा पर्ूण्ा रुपमा हावी भएको पाइन्छ तर क्रान्तिकारी रुपान्तरणका पक्षधर पार्टर्ीी समेत त्यसको प्रशस्त प्रभाव रहनु भने दुःखद र अस्वाभाविक छ । यसो हुनुमा हाम्रो आधार अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक हुनु हो । किनभने मानिसको ज्ञान, चेतना, चरित्र उसको वस्तुगत समाज र आधारबाट निर्मित हुन्छ र हामी पनि यही समाजवाट हर्ुर्केका छौं । त्यसैले त्यसको प्रत्यक्ष प्रभाव हामीमा पनि छ तर त्यसलाई सचेतता पर्ूवक रुपान्तरण गर्ने प्रयत्न कति भयो र त्यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न महत्वपर्ूण्ा हुन्छ ।
हामी माओवादीमा पनि त्यो अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक सँस्कृति पर्ूण्ातः समाप्त हुन धेरै समय लाग्ने भएपनि त्यसको मात्रा गुणात्मक रुपमा घटाउन सचेत पहल जरुरी हुन्छ । हाम्रो कुरा गराइ र काम गराइमा जुन भिन्नता छ त्यो त्यही सामन्ती औपनिवेशिक आधार र व्यवस्थाको परिणाम हो । वर्ग पक्षधरता र्सवहारा तर व्यवहार बर्ुर्जुवा, विचार क्रान्तिकारी तर कार्यान्वयन सुधारवादी, दर्शन मार्क्सवादी तर आचरण पूजीवादी, कुरा प्रगतिवादी तर काम अवसरवादी, भनाइ सामूहिकताको गराइ व्यक्तिवादी, दृष्टिकोण वस्तुवादी तर कार्यशैली मनोगत-संकर्ीण्ा-एकांगी, शब्दमा समानतावाद तर कर्ममा विभेद, पक्षपात, कुरा अनुशासनका काम अराजकता र अनुशासनहीनताका, भनाइ आमूल परिवर्तनको तर साँस्कृतिक रुपान्तरणको प्रक्रियामा यथास्थितिवादी प्रभाव आदि धेरै कुराहरु हामीमा पाइने पुरानै सँस्कृतिका अंश हुन् । धर्म, कर्म, पूजा-पाठ, पर्व-चाड, टीका-टाला, दलित र महिलासँग गरिने व्यवहार र आचरण आदिमा पनि पुरानै कमीकमजोरी छन् । यसले हाम्रो अन्तःसँस्कारमा रहेको सामन्तवाद र उपनिवेशवादको अवशेष धोइपखाली भएको छैन वा गर्न पुगेको छैन भन्ने र्ठहर्छ । आत्मिक सँस्कारहरु उस्तै राखेर रीति, प्रचलन, परम्परालाई उसैगरी अनुकरण गर्दै जाने हो भने प्रगतिशील सँस्कृति कसरी स्थापित हुन सक्छ र - त्यसैले क्रान्तिकारी साँस्कृतिक रुपान्तरणका लागि आधारभूत परिवर्तन जरुरी छ ।
-१) अहिलेको मुख्य समस्या विचारकै समस्या हो । मालेमावादप्रति दृढ प्रतिबद्धता, रणनीति र कार्यनीतिमा स्पष्ट क्रान्तिकारी दृष्टिकोण, शान्तिपर्ूण्ा आन्दोलनबाट क्रान्तिकारी व्रि्रोहमा फड्को मार्ने योजना, बर्ुर्जुवाहरुप्रति कति विश्वास गर्ने वा नगर्ने कुरा, तिनका शान्तिप्रक्रियामा तर्ेर्सिएका षड्यन्त्रकारी तीर र भित्र-भित्रै गृहयुद्धको सैन्य तयारी, यथार्थको सही विश्लेषण, हाम्रो तयारी र प्रतिरोधका योजना आदि सबैमा वैचारिक धारणा स्पष्ट हुनु मुख्य कुरा हो । विश्वमा विद्यमान साम्राज्यवादी एकछत्र प्रभुत्व, देशीय प्रतिक्रियावादीहरुको विस्तारवादसँग साँठ-गाँठ, जनवादी क्रान्तिको प्रतिरक्षात्मक स्थिति, घोरदक्षिणपन्थी शक्तिहरुको गठबन्धन, देशघाती विदेशी कठपुतलीहरुको सत्तामा प्रभुत्व र त्यस विरुद्ध हाम्रो ठोस विश्लेषण र वैचारिक प्रहार सबैमा र्सवहारा वर्गीय चिन्तनको तीव्रताको आवश्यकता छ । प्रचण्डपथलाई वैचारिक विकास गर्दै नेपाली सर्न्दर्भमा जनवादी क्रान्ति पूरा गर्न नयाँ विचारको अविष्कार गर्नै पर्छ । साँस्कृतिक क्रान्तिलाई राजनैतिक-वैचारिक रुपले यही बाटोमा अघि बढाएर मात्र हामी ठीक ठाउ“मा पुग्न सक्छौं । प्रतिवद्धता, त्याग, र्समर्पण, उर्त्र्सग, सशक्त क्रान्तिकारी बाटोको ठोस विश्लेषण गरी आम कार्यकर्ता तथा जनतासम्म पुर्याउनु वैचारिक अभियानको मुख्य पाटो हुन्छ । हिड्न सक्दैनौं भनेर बाटै छैन भन्नु, इतिहासप्रति जिम्मेवार नहुनु हो । जानेको छैन भनेर जान्नै सकिन्न भन्नु एकांगी पन हो । शिखरसम्म नपुगेको हुनाले शिखरनै छैन भनेर निस्कर्षनिकाल्नु पनि हुदैन । हामी आधाबाटो एक तरिकाले हिड्यौं बाँकी आधा अर्कै तरिकाले हिड्न खोज्दै छौं । त्यसको ठोस रुपरेखाको निर्धारण विचारमा स्पष्टता, दृढता, प्रतिवद्धता र र्समर्पणले मात्र हुन सक्छ । मान्छेलाई गन्तव्यमा पुर्याउने विचार र बाटोकै समस्या प्रमुख समस्या हो । साँस्कृतिक रुपान्तरणलाई पनि त्यसैले निर्धारण गर्छ ।
-२) व्यवहार र कार्यदिशा विचार अनुरुप भएन भने गन्तव्यमा पुगिदैन । माथि नै केही चर्चा भयो-हाम्रो बुझाइ, भनाइ, गराइमा एकत्व कायम हुनर्ुपर्छ । हामीले हाम्रा व्यवहारलाई जनवादी क्रान्ति अनुरुप रुपान्तरण गर्न नसके, त्यो दिशातर्फअघि बढ्नुभन्दा खुलापन, पँूजीवाद, यसका सामाजिक विकृति, नैतिक मूल्य र चरित्रबाट प्रभावित हुँदै बदल्नुभन्दा बदलिन थाल्यौं भने 'सँुगुरको खोर सफा गर्न गएको सँुगुरै बन्ने' लेनिनको भनाइ र्सार्थक हुन जानेछ । त्यसले नयाँ समाज र नयाँ सँस्कृति निर्माण हुन सक्दैन । साँस्कृतिक रुपान्तरण यी सबै कुरामा पनि रुपान्तरण हो ।
-३) संगठनात्मक विकास, सुदृढीकरण, सक्रियता, चुस्त-दुरुस्तपनमा हामी कता-कता गुमराह जस्तै भएका छौं । हामीलाई बहुलताले प्रभावित गरेको छ । विकेन्द्रित मानसिकता वा बहुकेन्द्रीयता, अराजकता, अनुशासनहीनता, लगाव र निष्ठामा फितलोपन देखिन थालेको छ । कता-कता संगठन 'मास' संगठन जस्तो, केन्द्रीयता र जनवादमा मेल नभए जस्तो, व्यक्तिवाद र व्यक्तिका अहम् बढे जस्तो, अवसरवाद र आत्म-स्वार्थतिर ढल्के जस्तो गतिविधि देखिनुले साँस्कृतिक रुपान्तरण कतातिर भन्ने प्रश्न जन्माएको छ । उच्च वा निम्नतर्फकता रुपान्तरण - यसको जबाफ खोज्नु पर्छ । संगठनलाई क्रान्तिकारीहरुको 'कोर-ग्रुप'मा रुपान्तरण गर्दै चुस्त-दुरुस्त, गतिशील, क्रियाशील, सुसम्बद्ध, दृढ र प्रतिवद्ध कार्यकर्ताहरुको टीममा बदल्न सबै तहमा प्रयास गरेर मात्र साँस्कृतिक रुपान्तरणको समस्यालाई समाधान गर्न सकिन्छ ।
-४) वर्गप्रतिवद्धता, वर्गीयपक्षधरता, वर्गीयनिष्ठा, वर्गीयदृष्टिकोण, वर्गीयप्रेम, वर्गीयसँस्कार र वर्गीयसँस्कृति, वर्गीयआचरण र सोही अनुरुप नैतिकमूल्य, सरल, इमान्दार, सहज कार्यशैली आदि धेरै कुराहरु हामी फलाक्छौं तर त्यो वर्गप्रतिवद्धता व्यवहारमा जस्तो-जस्तो अवसर आउँछ त्यस्तो-त्यस्तै हुदै जाने स्थितिले हामीलाई कहाँ पुर्याउला - तर्सथ वर्गप्रतिवद्ध आचरण, प्रेम, निष्ठा सस्कार र व्यवहारलाई जीवनमा उतार्न सबैले पर्ूण्ा प्रतिवद्धता व्यक्त गरेर मात्र साँस्कृतिक रुपान्तरण सम्भव छ । वर्गप्रतिबद्धता अर्थात् निष्ठा-आदर्शलाई जीवनशैलीमा ढाल्नु साँस्कृतिक रुपान्तरणको वास्तविक मर्मवोध हो । कता-कता वर्गप्रतिबद्धता हराउदै गएको अनुभूति भइरहेको छ ।
-५) व्रि्रोहको मार्गदिशा तयार गरेर तदनुकूल तयारीलाई अघि नबढाउने हो भने हामीलाई दुस्मनले आत्मर्समर्पण मात्र होइन निकम्मा बनाउने योजनालाई सफल तुल्याउनेछन् । यो २१औं शताब्दीको वर्तमान साम्राज्यवादी बोलवालामा जनवादी क्रान्ति सम्भव छ कि छैन - भन्ने प्रश्न उठिरहेको बेलामा व्रि्रोहको मार्गदिशा निर्धारण ठोस रुपमा नगर्ने हो भने व्रि्रोहको कुरा प्रचार मात्र हुन जाने खतरा रहन्छ । जनआन्दोलनको स्वरुप, त्यसको प्रक्रिया, गति, प्रभाव र त्यसलाई व्रि्रोहमा रुपान्तरण गर्न, अहिले उठेका सबै प्रश्न र तर्क-वितर्कमाथि गम्भीर बन्न र तिनको समाधान खोज्न साँस्कृतिक रुपान्तरणलाई अगाडि बढाउनु आवश्यक छ । साँस्कृतिक रुपान्तरणको अर्थ कला, साहित्य, संगीतमा मात्र खोज्ने सोंच फेरिनु पर्छ । त्यो विचार, संगठन, कार्यशैली, व्यवहारमा खोज्नु पर्छ र आन्दोलन, व्रि्रोह, सँस्कार र प्रवृत्ति आदिमा पनि खोजेको हुनर्ुपर्छ । अर्थात् साँस्कृतिक रुपान्तरण समग्र क्षेत्रमा रुपान्तरण हो ।
-६) साहित्य, कला, संगीतले साँस्कृतिक रुपान्तरणमा खेल्नु पर्ने भूमिका विशिष्ठ प्रकृतिको छ । राष्ट्रिय स्वाधीनता बचाउन, शान्ति प्रक्रियालाई तार्किक निस्कर्षा पुर्याउन, प्रतिक्रियावादी-संसदवादी-दक्षिणपन्थी-कठपुतलीहरुको सिफारिसमा एकलकाँटे ढङ्गले राष्ट्रपतिले मुलूकको अग्रगामी परिवर्तन विरुद्ध खेलेको खलनायकीय भूमिकालाई निरस्त गर्न, नेपाली जनताको सर्वोच्चता कायम गर्न, संविधानलाई बर्ुर्जुवा संसदवादी संविधान होइन जनताको जनवादी संविधान बनाउन, विदेशी हस्तक्षेप र प्रभुत्व समाप्त पार्न, जनतालाई जगाउनका लागि साहित्य कलाले विशिष्ट भूमिका खेल्नु अहिलेको मुख्य कार्य हो । त्यसको लागि प्रगतिशील, गणतन्त्रवादी, देशभक्त, वामपन्थी र क्रान्तिकारी सास्कृतिककर्मीहरुवीच ध्रुवीकरण र मोर्चावन्दी कायम गरिनु पर्छ । साँस्कृतिक क्षेत्रमा एकलकाँटे, व्यक्तिवादी, महत्वाकांक्षी, मनोगतवादी, एकांगी, स्वार्थी, क्रान्तिकारी पाखण्ड प्रस्तुत गर्ने प्रवृतिहरु विकसित हुन थालेका छन् । जसले विकेन्द्रितता र अराजकता सिर्जना गर्न सक्छ । अवसरवाद र व्यक्तिवाद पुरानै रोग हो । तर्सथ साँस्कृतिक क्रान्तिकारी धारालाई अझ एकतावद्ध, सुसंगठित, प्रतिवद्ध र उर्जाशील बनाउनु आवश्यक छ । यसलाई अन्यत्रै मोड्ने इच्छाहरु सकारात्मक छैनन् । व्रि्रोह र क्रान्तिलाई वास्तविक उत्सवमा बदल्न साँस्कृतिक कर्मी लाग्नै पर्छ । व्रि्रोह जपेर पूरा हुने होइन । कता-कता व्रि्रोहलाई पुरोहितको कर्म झै आदर्शवादी कोणवाट व्यक्तिस्वार्थ र आकांक्षा पूरा गर्ने उद्देश्यले जप्न थालिएको हो कि ! भन्ने शंका पनि गरिएका छन् । यी सबैै समस्याको विश्लेषण र समाधान खोजेर मात्र हामी सही सास्कृतिक रुपान्तरणको दिशामा अघि बढ्न सक्छौं ।
उपरोक्त चर्चावाट हामी के निस्कर्षा पुग्न सक्छौं भने साँस्कृतिक रुपान्तरण जीवन प्रक्रिया र संर्घष्ाका गतिविधिकै अर्को रुप हो । राजनीति र विचार, दृष्टिकोण र कार्यदिशाकै कार्यान्वयन प्रक्रिया पनि हो । यतिखेर हाम्रो कार्यनीति नयाँ जनवादी क्रान्ति सफल पार्न व्रि्रोहको तयारीमा अघि बढ्ने प्रक्रियाको गतिशीलतामा छ । अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक संरचना ध्वस्त पारेर त्यसका ठाउँमा स्वाधीन जनताको गणतन्त्रको प्राप्ति गर्न हामीले जनतालाई अन्तिम पटक फेरि एउटा व्रि्रोहको ज्वालामुखी विस्फोट गर्न आहृवान गरेका छौं । तर यो सम्भव छ - भन्ने प्रश्न पनि उठ्न सक्छ । सम्भव छ भने कसरी - त्यसको प्रक्रिया, स्वरुप, योजना, तयारी आदिको पर्ूण्ाता के हो - भन्ने पनि प्रश्न उठ्न सक्छ । साम्राज्यवाद र विस्तारवादले देशीय प्रतिक्रियावादी शक्तिहरु, दलाल र कठपुतली शक्तिहरु, नोकरशाह र फाँसीवादी तत्वहरुसँग गठबन्धन गरेर हामीलाई पराजित गर्ने योजना बुनेको स्पष्ट भएको छ । सैन्य तयारीहरु, हतियार ओसारपसार, शान्ति सम्झौता विरोधी भनाइहरु, हिजोका युद्ध अपराधी र आन्दोलनका घोरविरोधी तत्वहरुलाई दिएका प्रोत्साहन र पुरस्कारले प्रजातन्त्रको खोल ओढेर साम्राज्यवाद यिनै दलाल, कठपुतली, देशद्रोही, यथास्थितिवादीका माध्यमबाट सास्कृतिक रुपान्तरण प्रक्रिया असफल पार्ने योजनामा कृत सङ्ल्पित भएको छ भन्ने प्रष्ट भएको छ । यो अवस्थामा क्रान्ति सम्भव छैन भए पनि टिक्न सक्दैन भन्ने बहसलाई कसरी निस्कर्षदिन सकिन्छ - साहित्य, कला, संगीत र साँस्कृतिक-गतिविधिले यसबारे गहिरो अनुसन्धान गर्न अघि बढ्नु पर्ने हुन्छ । किनकि यो अन्तरविरोध मूल वैचारिक अन्तरविरोधको रुप हो । त्राट्स्कीको संशोधनवाद एकपटक गलत प्रमाणित भइसकेको थियो, फेरि त्यो बहसको विषय बनेको छ यस सर्न्दर्भमा २१औं शताब्दीको मार्क्सवादले साँस्कृतिक रुपान्तरणको प्रश्नको हल कसरी खोज्छ - भन्ने जिज्ञाशा यसैसँग जोडिएको जिज्ञाशा हो । माथि साँस्कृतिक क्षेत्रमा देखिएका समस्याबारे गरेको चर्चा, साँस्कृतिक आन्दोलनले लिनुपर्ने व्रि्रोहको दिशा, त्यसको तयारी र क्रान्तिकारीले खेल्ने भूमिकाबारे खोजिने उत्तरबाट सही साँस्कृतिक रुपान्तरणको बाटो देखा पर्नेछ, भन्ने मेरो धारणा हो, अस्तु ।
0 comments:
Post a Comment