-सि.पी. गजुरेल 'गौरव'
"विचार र राजनीतिक दिशा सही वा गलत हुनुले अन्तमा सवै कुराको निर्ण्र्ाागर्दछ" भन्ने कमरेड माओको भनाईलाई संसारका सवै कम्युनिष्ट क्रान्तिकारीहरुले मार्ग दर्शनको रुपमा ग्रहण गर्दछन् । यो भनाईले सिद्धान्त, विचार र राजनीतिक कार्यदिशा एवम् क्रान्ति विचको अन्तरसंवन्धलाई पनि स्पष्ट पार्दछ । हामीलाई राम्रोसँग थाहा छ पचासको दशकमा क.माओको नेतृत्वमा सफल भएको चिनिया क्रान्तिवाट हाम्रो देशमा कम्युनिष्ट सिद्धान्त, विचार र राजनैतिक कार्यदिशाको जुन प्रवाह भयो त्यसले नेपालमा कम्युनिष्ट आन्दोलनका लागि धेरै महत्वपर्ूण्ा आधार तयार पार्यो । कम्युनिष्ट आन्दोलनले विश्व स्तरवाट विचार गर्दा जुन धक्का ब्यहोर्नु परेको छ, त्यसको नकारात्मक असर कम्युनिज्मको सिद्धान्त, विचार र राजनैतिक कार्यदिशामा स्पष्ट रुपले देख्न सकिन्छ ।सन् १९७६ मा भएको क. माओको दुःखद निधन र त्यसपछिका घटना क्रमहरुले विश्व कम्युनिष्ट आन्दोलनमा भयंकर नकारात्मक असर पुर्यायो । अन्तर्रर्ााट्रय कम्युनिष्ट आन्दोलन यतिखेर रक्षात्मक अवस्थामा पुगेको छ । त्यसैको परिणाम स्वरुप आज कम्युनिष्ट सिद्धान्त, विचार र राजनैतिक कार्यदिशाको प्रचार-प्रसार, अध्ययन र ज्ञानमा खडेरी परे जस्तो भएको छ । मालेमाको सिद्धान्त, विचार र राजनैतिक कार्यदिशा, साम्यवादी ज्ञान र चेतना वृद्धि गर्ने अध्ययन समाग्री तयार गर्ने, प्रचार-प्रसार गर्ने जिम्मेवारी पनि अहिले हाम्रो पार्टर्ीीकिकृत नेकपा -माओवादी)को काँधमा आएको छ । यस अर्थमा यो पत्रिकाको भ,मिका अत्यन्त महत्वपर्’ण्ा ह,ने क,रा प्रष्ट छ । प्रस्तुत लेखमा विश्व कम्युनिष्ट आन्दोलनको स्थिति र त्यसमा क.माओको योगदानवारे चर्चा गरिनेछ ।
१. कम्युनिष्ट आन्दोलन आफै अन्तर्रर्ााट्रय आन्दोलन
कम्युनिष्ट आन्दोलन आफैमा एउटा अन्तर्रर्ााट्रय आन्दोलन हो । परिभाषाले पनि यो अन्तर्रर्ााट्रय आन्दोलन हो । घोषित रुपमा पनि यो अन्तर्रर्ााट्रय आन्दोलन हो । यसो हुनाको पछाडी केही महत्वपर्ूण्ा कारणहरु छन् ः-
१.१ एउटै मार्ग दर्शक सिद्धान्त ः संसारका कुनैपनि देशको कम्युनिष्ट पार्टर्ीीे मार्ग दर्शक सिद्धान्त एउटै हुन्छ अर्थात संसारका सवै कम्युनिष्ट पार्टर्ीी एउटै मार्ग दर्शक सिद्धान्तद्वारा निर्देशित हुन्छन् । प्रारम्भमा कम्युनिष्ट पार्टर्ीीलाई मार्ग दर्शन गर्ने सिद्धान्त मार्क्सवाद थियो । यसको अध्ययन, रक्षा, प्रयोग र विकास हुदै गयो । लेनिनको नेतृत्वमा मार्क्सवादको अनुपम प्रयोग सन् १९१७ को अक्टुबरमा रुसमा सम्पन्न विश्वको पहिलो समाजवादी क्रान्तिको दौरानमा भयो र मार्क्सवादले मार्क्सवाद - लेनिनवादको स्तरमा विकास गर्यो । त्यसैगरी माओको नेतृत्वमा चिनमा सम्पन्न १९४९ को नयाँ जनवादी क्रान्ति र सन् १९७६ को महान् र्सवहारा साँस्कृतिक क्रान्तिमा भएको सफल प्रयोगले मार्क्सवाद लेनिनवादको अझ उच्च स्तरमा विकास भयो र अहिले विश्वभरीकै कम्युनिष्टहरुको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवादको रुपमा विकसित भएको छ ।
१.२ एउटै लक्ष्य ः विश्वभरीकै कम्युनिष्ट पार्टर्ीीको लक्ष्य साम्यवादी ब्यवस्था -ऋommगलष्sm) ल्याउनु र स्थापना गर्नु हो । यो यस प्रकारको महान् लक्ष्य हो, जसले संसारका सवै कम्य,निष्ट क्रान्तिकारीहरुलाई एकै ठाउँमा उभ्याउँछ । यो यस्तो लक्ष्य हो जुन एउटै देश अथवा केही देशका कम्युनिष्ट पार्टर्ीीले मात्र हासिल गर्न सक्दैनन् । साम्यवाद एउटा वा केही देशमा मात्र स्थापित हुने ब्यवस्था होइन, यो विश्वभरीनै स्थापना गरिने विश्व साम्यवाद हो । विश्व साम्यवादको स्थापनाका लागि संसारभरीकै कम्युनिष्टहरु एकै ठाउँमा आउनै पर्छ । यो सिद्धान्त अनुसार "कि त हामी सवै सँगै पुग्नेछौं कि कोहि पनि पुग्ने छैनौं ।"
१.३ र्सवहारा वर्गको नेतृत्व र अधिनायकत्व ः संसारभरीकै कम्युनिष्टहरुले स्वीकार्ने विषय हो - र्सवहारा वर्गको नेतृत्व र अधिनायकत्व । कुनै पनि देशमा सम्पन्न हुने क्रान्तिको चरित्रलाई निर्धारण गर्ने तत्व भनेको त्यही देशको आर्थिक, सामाजिक र राजनैतिक पक्ष हो । त्यसैले अहिलेको विश्वमा पनि कतै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु पर्ने हुन्छ भने कतै सोझै समाजवादी क्रान्ति । परन्त’ र्सवहारा वर्गको नेतृत्व भने सवै क्रान्तिका लागि अनिवार्य शर्त हो । र्सवहारा वर्गले क्रान्तिलाई टुङ्गोसम्म पुर्याउने क्षमता राख्दछ । अन्य निम्न पूँजिवादी वर्गले क्रान्तिलाई ट’ंगो सम्म पुर्याउन सक्दैनन्, क्रान्तिलाई वीच वाटोमा छाडेर, क्रान्तिलाई धोका दिन सक्छन । समाजवादको स्थापना गर्दै साम्यवादका लागि र्सवहारा वर्गको अधिनायकत्व सवै कम्युनिष्टहरुले स्वीकार्ने विषय हो ।
१.४ वर्गसंर्घष्ाको आवश्यकता र अनिवर्याता ः साम्यवाद -अommगलष्sm) भनेको यस्तो व्यवस्था हो जसमा कुनै वर्ग हुँदैन, कुनै जाती हुँदैन, कुनै शोषण हुँदैन, कुनै भेदभाव र असमानता हुँदैन । सवै प्रकारका असमानताको अन्त्य गरी पर्ूण्ा समानताको व्यवस्थानै साम्यवाद हो । तर, विद्यमान अवस्थामा हरेक समाजमा वर्गहरु - शोषक र शोषित वर्गहरु छन् । वर्ग रहँदा सम्म वर्ग विभेद कायम रहन्छ । वर्ग विभेदको अन्त्य गरी समानताको स्थापना गर्न वर्गहरुकोनै अन्त्य गर्नु पर्दछ । वर्गहरुको अन्त्य वर्गसंर्घष्ावाट मात्र हुन सक्छ । यो संसारका सवै कम्युनिष्टहरुको समान मान्यता हो । यसको विपरित विचार वर्गसमन्वयको विचार हो । वर्ग दुस्मनप्रति स्वभाविक रुपमा वर्गीय घृणा उत्पन्न हुनु एउटा आदर्श कम्युनिष्टहरुको लागि गौरवको विषय हो । तर, आफुलाई कम्युनिष्ट भन्न रुचाउने कतिपय मानिसहरु दुस्मन वर्ग र तिनका प्रतिनिधिसँग मेल-मिलाप गर्न, हेम-खेम गर्न, मित्रता बढाउन र बस-उठ गर्न खुव मन पराउछन्, तिनीहरुप्रति बढी मायाँ देखाउछन् र तिनीहरु आफ्नै वर्गसँगको बस-उठ र मित्रतालाई मन पराउदैनन् । यिनीहरु वास्तवमा वर्गसमन्वयवादी हुन । जो सच्चा कम्युनिष्ट हुन सक्दैन, जसले आफैले वर्गसंर्घष्ा र क्रान्तिमा त्याग र बलिदान गरेका हुदैनन्, तिनीहरुनै यो रोगका शिकार हुन्छन् । वर्गसंर्घष्ा सबै कम्युनिष्टहरुको साझा मान्यता हो ।
१.५ र्सवहारा अन्तराष्ट्रवाद प्रति प्रतिबद्ध ः हरेक कम्युनिष्टको लक्ष्य विश्व साम्यवादको स्थापना गर्ने भएकोले कम्युनिष्टहरुले आफ्नो देशलाई मुक्त पार्ने मात्र होइन कि विश्वलाईनै मुक्त पार्ने उद्देश्यका साथ अघि बढ्नु पर्छ । लेनिनले र्सवहारा अन्तराष्ट्रवादका वारेमा प्रष्ट गर्नु भएको छ - कम्युनिष्टहरुको पहिलेा कर्तव्य आफ्नै देशको क्रान्ति सम्पन्न गर्नु हो र यसका साथै अन्य देशमा हुने क्रान्तिलाई नैतिक, भौतिक र सवै प्रकारका र्समर्थन र सहयोग गर्नु पनि हो । अरु देशको क्रान्ति जे स’कै होस्, जतास’कै जाओस् आफैले मात्र सवैतिरवाट फाइदा उठाउनु पर्छ भन्ने सोचाई राख्नेहरु सच्चा कम्युनिष्ट हुन सक्दैनन् । आफैले मात्र फाइदा उठाउनु पर्छ भन्ने सोंच "कि हामी सँगै पुग्दछौं, कि कोही पनि पुग्न सक्दैनौं"भन्ने सिद्धान्तको विपरित जान्छ । कम्युनिष्ट पार्टर्ीीको विचको भाईचारा सम्बन्धको आधार पनि र्सवहारा अन्तराष्ट्रवाद नै हो । भाईचारा सम्बन्ध मालेमावादी कम्युनिष्ट पार्टर्ीी विचमा मात्र हुन सक्दछ, यसको निम्ति एकले अर्कोलाई त्यही रुपमा मान्यता दिएको हुनु पर्छ । कतिपय मालेमावादी कम्युनिष्ट पार्टर्ीी संगठनले हाम्रो पार्टर्ीीई सुधारवादी देख्न पुग्नु हाम्रालागि सुखद विषय अवश्य होइन । क’नै पनि कम्य’निष्ट पार्टर्ीीा कम्य’निष्ट पार्टर्ीीे नेतृत्वले एक पटक क्रान्तीको परीक्षा पास गरेर प’ग्दैन, अनेकौं पटक पास गनर्, पर्ने ह,न्छ । क्रान्तिकै दौरानमा क्रान्तीको विर्सजन र क्रान्ति पछि पनि प्रति क्रान्ति भै रहने प्रकृयाले गर्दा यस प्रकारको परीक्षाको औचित्यता राम्रो संग प,ष्टि ह,न्छ । “आफ्नो देशको क्रान्तिको नेतृत्व गनर्, र अन्य देशमा ह,ने क्रान्तिलाई दिलो ज्यानले सहयोग गनर्,“ यही हो र्सवहारा अन्तर्रर्ाा्रवाद ।
२. हाम्रो सिद्धान्त बैज्ञानिक र अजेय छ ः
विगतमा रुस, चीनमा घटेका घटनाक्रमहरु सन् '९० को दशकमा पर्ुव सोभियत संघ खेमाका पर्ुर्वी यूरोपिय "समाजवादी राष्ट्र"हरुको खुल्ला र नाङ्गो पुँजिवाद -साम्राज्यवादमा पतनका घटनालाई अघि सारेर साम्राज्यवादले "मार्क्सवाद पुरानो भयो, अव त्यो प्रासाङ्गकि छैन""मार्क्सवादको पतन भएको छ""मार्क्सवादले आजको विश्वका समस्या समाधान गर्न सक्दैन"भन्ने दुस्प्रचार भिषण रुपमा गरेपनि तथ्यहरुले अर्कै कुराको पुष्टि गर्दछन् । अन्तर्रर्ााट्रय कम्युनिष्ट लिगको निर्ण्र्ााअनुसार संगठनको घोषणा पत्र लेख्ने जिम्मा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सलाई दिईयो र उहाँहरु दुवैजना मिलेर "कम्युनष्टि घोषणा पत्र"तयार पार्नु भयो र यसलाई सन् १८४८ मा प्रकाशित गरियो । यो पुस्तक धेरै-धेरै भाषा, अनेकौं संस्करणमा प्रकाशित भएर करौडौं प्रति बिक्री वितरण पनि भैइसकेको छ । सन् १८४८ लाई यसको सुरुवात मान्ने हो भने पनि कम्युनिष्ट घोषणा पत्रको पहिलो प्रकाशन र चीनमा नयाँ जनवादी क्रान्ति सफल भएको सन् १९४९ - यो जम्मा १०१ वर्षो अवधिमा विश्वमा ठुल-ठुला परिवर्तनहरु भएका छन् । यो एक शदाब्दीमा मात्र विश्वको आधाभन्दा बढी जनसंख्याले आफुलाई मुक्त पार्यो र समाजवादी क्याम्पलाई बलियो बनाई विश्वको आधाभन्दा बढी भू-खण्डमा रातो झण्डा फर-फरायो । एक शदाब्दीकै अन्तरालमा विश्वमै यति ठूलो परिवर्तन ल्याउने सामर्थ्य भएको इतिहासमै कुनै अर्को सिद्धान्त छैन । आजको विश्वमा पनि जतिपनि क्रान्तिकारी आन्दोलनहरु अघि बढीरहेका छन्, तिनको नेतृत्व मालेमावादी कम्युनिष्टहरुले नै गरिरहेका छन् । यसवाट मालेमाको सिद्धान्त बैज्ञानिक र अजेय छ भन्ने तथ्यको राम्रो पुष्टि हुन्छ । क,नै पनि राम्रो चिजमा विकृती कहिल्यै पैदा ह,दैन भन्ने ठान्न, मार्क्सवाद संगत क,रा होइन । संशोधनवाद भनेको मार्क्सवादको विकृतीकरण हो । यसका विरुद्ध निरन्तर संर्घष्ा गरेर मात्र क्रान्तिको र स्वयम् मार्क्सवादको रक्षा र विकास ह,न सक्दछ ।
३. विजय-पराजय, क्रान्ति-प्रतिक्रान्तिका प्रमुख कारणहरु ः
मालेमावादी सिद्धान्तमा आधारित सच्चा कम्युनिष्ट पार्टर्ीी नै क्रान्तिको विजयको सुनिश्चितता गर्न र्सर्क्दछ । क. माओले भन्नु भएको छ - "यदि क्रान्ति गर्नु छ भने, त्यसको निमित्त एउटा क्रान्तिकारी पार्टर्ीीुनु अनिवार्य छ । एउटा क्रान्तिकारी पार्टर्ीीबना, एउटा मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी सिद्धान्तमा आधारित र मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी शैलीमा निर्माण भएको पार्टर्ीीबना, साम्राज्यवाद र त्यसले पालेका कुकुरहरुलाई पराजित गर्नको निमित्त मजदूर वर्ग र ब्यापक जनताको नेतृत्व गर्नु असम्भब छ ।"
क्रान्ति सम्पन्न गर्नकालागि जसरी क्रान्तिकारी पार्टर्ीीवम् ती पार्टर्ीी नेताहरुको भूमिका प्रमुख हुन्छ, भने ठिक यसको विपरित प्रतिक्रान्तिमा मुख्य भूमिका पनि तिनै कम्युनिष्ट पार्टर्ीी नेताहरुकै हुने गर्दछ । विश्व क्रान्तिलाई अघि बढाउन प्रेरणा दिने काम सन् १९१७ मा रुसमा सम्पन्न अक्टुबर क्रान्तिले गरेको थियो भने त्यही कम्युनिष्ट पार्टर्ीीे प्रमुख नेता ख्रुश्चेभको नेतृत्वमा सन् १९५६ मै रक्तहिन प्रतिक्रान्ति भयो र आखिर विश्व कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने कारक तत्व पनि त्यही पार्टर्ीीन्न पुग्यो । भारतको विशाल कम्युनिष्ट पार्टर्ीीई संशोधनवादी भासमा लगेर जाक्ने काम पनि त्यतिखेर पार्टर्ीी नम्बोदरी पादले गरे, जो आफै केरला राज्यका प्रथम निर्वाचित मुख्यमन्त्री बने । देशी विदेशी प्रतिक्रियावादीहरुबाट उनलाई 'इतिहासकै पहिलो निर्वाचित कम्युनिष्ट मुख्यमन्त्री' को उपाधी त प्राप्त भयो, तर भारतको कम्युनिष्ट पार्टर्ीींशोधनवादको भासवाट कहिल्यै माथि आउन सकेन । रुमानियाको कम्युनिष्ट पार्टर्ीीे शर्ीष्ा नेता र राष्ट्रपति चाउचेस्कु र उसकी पत्नीले संसारकै सवैभन्दा विलासी शाषकको रुपमा कुख्याती कमाए र तिनीहरुकै शासनका विरुद्ध उठेको एउटा 'व्रि्रोह' मा तिनीहरु मारिए । पार्टर्ीीेतृत्वकै गल्तीका कारण दक्षिण अमेरिकी देश चिलिका निर्वाचित राष्ट्रपति एलेण्डे कम्युनिष्ट पार्टर्ीी नेता कार्यकर्ता सहित करीव ३ लाख क्रान्तिकारीहरु एउटा सैनिक प्रतिक्रान्तिमा मारिए । राष्ट्रपति एलेण्डकै पालामा सेनाको कमाण्डरमा नियुक्त पिनोसे -एष्लयअजभत) नै प्रतिक्रान्तिको खलनायक बनेको थियो । विश्व कम्युनिष्ट आन्दोलनमा यस प्रकारका धेरै नकारात्मक उदाहरणहरु छन् ।
माथि जे जति चर्चा गरिएको छ, त्यसवाट एउटा सामान्य निश्कर्षनिकाल्न सकिन्छ । सहि सिद्धान्त, विचार र राजनीतिक कार्यदिशाद्धारा निर्देशित क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीी आफनो शर्ीष्ा र उच्च स्तरका नेताहरुको माध्यमद्धारा मात्र कुनै पनि देशमा क्रान्ति गर्न सम्पन्न गर्ने गर्दछ । हरेक देशको क्रान्ति सम्पन्न गर्न र यसलाई निरन्तरता दिदै माथि उठाउँनका लागि नेतृत्वको भूमिका र महत्वलाई यसले स्पष्ट गर्दछ । नेतृत्वको आवश्यकता, अनिवार्यताको यो सकारात्मक पक्ष हो । यसको विपरित नकारात्मक पक्ष पनि त्यक्तिकै सशक्त देखिन्छ । जुन क्रान्तिकारी पार्टर्ीी नेताहरुले महत्वपर्ूण्ा क्रान्तिको नेतृत्व गरेर्,र् इतिहासको कुनै कालखण्डमा गएर उनीहरुनै क्रान्तिको विर्सजन गर्ने र प्रतिक्रान्तिको नेतृत्व गर्ने खलनायक बन्न पुगेेको विश्व कम्युनिष्ट आन्दोलनमा धेरै उदाहरणहरु छन् । यसको अर्थ सवै क्रान्ति पछि अनिवार्य रुपमा प्रतिक्रान्ति हृुनै पर्छ र क्रान्तिको नेतृत्व गर्ने नेताहरु सवै नै प्रतिक्रान्तिको नेतृत्व गर्ने खलनायकनै बन्छन भनेर निश्कर्षनिकाल्न भने गलत हुन्छ । लेनिन र माओ जस्ता महान नेताले महान क्रान्तिहरुको नेतृत्व पनि गर्नु भयो र ती क्रान्तिलाई अझ माथि उठाएर विश्व क्रान्तिलाई अघि वढाउने काम गर्नु भयो र आजीवन महान उद्धेश्यका लागि लडिनै रहनु भयो । त्यसैले वहाँहरु विश्व कम्युनिष्ट आन्दोलनका महान नेताको रुपमा स्थापित हुनु भयो । तर, यो पनि अकाटय तथ्य होकि कम्युनिष्ट आन्दोलनका सवै नेताले लेनिन र माओको हैसियत प्राप्त गर्न सक्दैनन् । तिनिहरु मध्ये कतिले पतनको वाटो रोज्दछन्, कतिले क्रान्तिलाई आधा वाटोमै विर्साई दिन्छन, कतिले क्रान्ति सम्पन्न गरी सके पछि क्रान्तिलाई नै उल्टाउने भूमिका खेल्दछन् ।
आखिर यसको कारण के हो त - अहिले सम्मको अध्ययनले के प्रष्ट गरेको छ भने यसका लागि दर्ुइवटा महत्वपर्ूण्ा कारण छन ः पहिलो, आन्तरिक कारण र दोस्रो वाहय कारण ।
आन्तरिक कारण ः अहिलेको विश्व परिस्थितिमा सम्पन्न हुन सक्ने क्रान्ति दर्ुइ किसिमका छन ः १. नयाँ जनवादी क्रान्ति र २. समाजवादी क्रान्ति । नयाँ जनवादी क्रान्ति आधारभूत रुपमा पूँजिवादी क्रात्ािनै भएको ह,नाले पूँजिवादी संस्कृति, आचार, आदिले कम्युनिष्ट पार्टर्ीी नेताहरुको विचार, संस्कृति र आचरणमा पनि प्रभाव पारिरहेको हुन्छ । यी प्रदुषणको प्रतिरोध गर्न नसक्ने नेताहरु आफनै पार्टर्ीीई सुधारवादी बनाउँने, क्रान्तिको विर्सजन गर्ने र क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्ने काममा त्यक्तिकै सक्रिय हुन्छन् । समाजवादी क्रान्ति आफैं पूँजिवादी क्रान्ति होईन, यो र्सवहारा क्रान्ति हो । तथापि समाजवादमा पनि पूँजिवादका कतिपय अवशेषहरु कायमै रहन्छन, जसले त्यो समाजलाई राम्रो सँग प्रभावित पार्दछन्, जुन प्रतिक्रान्तिको कारक तत्व वन्न सक्छ ।
बाहृय कारण ः आजको युगलाई साम्राज्यवाद र र्सवहारा क्रान्तिको युगको रुपमा परिभाषित गरिएको छ । आजको युगमा क्रान्ति केवल र्सवहारा वर्गको पार्टर्ीीे नेतृत्वमा मात्र सँभव छ । कम्युनिष्ट पार्टर्ीीे नेतृत्वमा हुने क्रान्तिलाई साम्राज्यवादीहरुले सवैभन्दा पहिले त घरेलु प्रतिक्रियावाद सँग मिलेर विचमै निमोठ्ने काम -लष्उ ष्ल तजभ दगम) गर्ने प्रयास गर्छन, त्यो संभव नभए त्यसलाई ठूलो फौजी शक्तिको प्रयोगद्धारा दवाउँने प्रयास गर्छन् । त्यति गर्दा पनि सँभव भएन र क्रान्ति सफलता तिर अघि वढ्यो भने उनीहरुले प्रायः नेतृत्वलाई नै लक्षित गर्छन् । आत्मर्समर्पण नगर्ने नेतृत्व छ भने उनीहरुले त्यस्तो नेतृत्वको हत्या गराउँने, गिरफ्तार गरी झुठा- मुद्धा लगाएर जेलमा सडाउँने वा अन्य कुनै शारिरीक आक्रमण गर्ने काम गर्छन् । उनीहरु यसमा मात्र सीमित रहँदैनन् , नेतृत्वलाई प्रलोभनमा फसाउँने, धम्काउँने, तर्सर्ााने काममा पनि त्यक्तिकै लागि रहन्छन् । यतिखेर क्रान्तिका लागि अन्तराष्ट्रिय परिस्थिति प्रतिकुल भएको वेला यी सवै हतकण्डाको प्रयोगले पार्टर्ीीेतृत्वलाई विचलित बनाउँने सँभावना र खतरा रही रहन्छ ।
महान र्सवहारा साँस्कतिक क्रान्ति
क्रान्तिकै दौरानमा क्रान्तिको विर्सजन, क्रान्ति सम्पन्न भै सकेपछि प्रतिक्रान्ति हुने गरेका घटनाक्रमले वास्तवमा क्रान्तिकै औचित्यता पुष्टी गर्न कठिन हुने स्थिति पैदा भै रहेको थियो । विश्व कम्युनिष्ट आन्दोलन भित्रको यो गंभीर समस्याको सही वैचारिक, राजनैतिक र व्यवहारिक समाधानको उपाय पत्ता लगाउँनु आवश्यक थियो । सोभियत समाजवादी गणतन्त्रमा भएको प्रतिक्रान्ति र पूँजिवादको पर्ुनस्थापनाको गहिरो सँग अध्ययन गर्नुका साथ सोभियत सामाजिक साम्राज्यवादका विरुद्ध अन्तराष्ट्रिय स्तरमै भीषण सँर्घष्ाको नेतृत्व गर्ने काम माओले गर्नु भयो । यसका साथै चिनमा क्रान्ति सम्पन्न भई सके पछि पनि पार्टर्ीीभत्रवाट पूँजिवादको पर्ुनस्थापना र प्रतिक्रान्तिका दुश्प्रयासहरु बारम्वार भए । उदाहरणका लागि सन् १९५६ मा रक्षामन्त्री पेङ ते हर्ुइको नेतृत्वमा सन् १९६४ - ६६ सम्म मा पार्टर्ीी उपाध्यक्ष र सरकारका राष्ट्रपति लिउ शाओ चिको नेतृत्वमा सन् १९७१ -७२ मा पार्टर्ीी उपाध्यक्ष र रक्षामन्त्री लिन प्याओको नेतृत्वमा त्यस प्रकारका दुश्प्रयासहरु भए । क.माओले आफनै प्रत्यक्ष नेतृत्वमा त्यस किसिमका प्रतिक्रान्तिहरुलाई पराजित गरेर स्वयमले प्रचुर मात्रामा अनुभवहरु प्राप्त गर्नु भयो ।
क. माओले समाजवादी समाजमा हुने सक्ने पूँजिवादको पर्ुनस्थापना र प्रतिक्रान्तिलाई रोक्नका लागि एउटा छुट्टै क्रान्तिको आवश्यकता भएको कुरा प्रष्ट पार्नु भयो । वहाँले बताउनु भयो कि एउटा समाजवादी समाजमा, जहाँ उत्पादनका सबै साधनहरु राष्ट्रियकरण भईसकेका हुन्छन्, आर्थिक रुपमा वर्गहरु रहदैनन् । तर विचारको रुपमा, सँस्कृतिको रुपमा, आदतको रुपमा, सस्कारको रुपमा, आचरणको रुपमा वर्गहरु रही रहन्छन् । त्यसकारण पुँजिवाद विरुद्धको क्रान्ति पनि जारी रहन्छ । क. माओले यस प्रकारको क्रान्तिलाई 'महान् र्सवहारा साँस्कृतिक क्रान्ति'को नाम दिनु भयो । हुन त र्सवहारा साँस्कृतिक क्रान्ति एउटा गहन र बिस्तृत विषय हो र यस विषयमा निबन्ध नै लेख्नु आवश्यक छ । तथापी प्रसंगबस यहाँ चर्चा गर्दा यस प्रतिको जिज्ञासा र चासो अवश्य बढ्नेछ भन्ने आशा गर्न सकिन्छ ।
चिनमा महान् र्सवहारा साँस्कृतिक क्रान्तिको प्रारम्भ चिन कम्युनिष्ट पार्टर्ीी पार्टर्ीीेतृत्वको सरकारका सर्वोच्च वा उपल्लो ओहदामा रहेका 'पुँजिवादी वाटामा हिड्नेहरु' -ऋबउष्तबष्कित च्यबमभचुक)लाई जनतामा नङ्ग्याउने, भण्डाफोर गर्ने र तिनीहरुलाई पदहरुवाट हटाउने र सजाय गर्ने काम भयो । तर यसको मुख्य उद्देश्य चिनमा पुँजिवादको पुनस्थापनालाई रोक्नु, प्रतिक्रान्तिलाई रोक्न’ थियो । यसको सर्वोच्च उद्देश्य क.माओले भन्नु भएझै - 'विश्व दृष्टिकोणको समस्याको समाधान गर्नु हो ।' महान् र्सवहारा साँस्कृतिक क्रान्ति मार्क्सवाद-लेनिनवादको विकासमा गुणात्मक महत्व राख्ने विषय हो । क.माओले विश्व कम्युनिष्ट आन्दोलनको विकास, यसलाई निर्देशन गर्ने निर्देशक सिद्धान्तको समेत विकास गर्दै मार्क्सवादको गुणात्मक र तेस्रो चरणको विकास गर्ने महान् ऐतिहासिक योगदान गर्नु भएको छ । महान् र्सवहारा साँस्कृतिक क्रान्ति मार्क्सवाद-लेनिनवादलाई यसको गुणात्मक र तेस्रो भएको विकास मार्क्सवाद-लेनिनवाद-माओवादमा पुर्याउने सवैभन्दा महत्वपर्ूण्ा विषय हो । त्यस कारण, महान् र्सवहारा साँस्कृतिक क्रान्तिलाई मालेमाको विकासको सर्वोच्च शिखर पनि भनिन्छ । महान् र्सवहारा साँस्कृतिक क्रान्तिको प्रारम्भ सन् १९६६ मा क.माओको प्रत्यक्ष नेतृत्व र निर्देशनमा भएको थियो । यसलाई निरन्तर जारी राख्नु पर्छ भन्ने क.माओको मान्यता थियो । वहाँ जिवित रहदासम्म यो जारी रहृयो र यसले चिनमा प्रतिक्रान्तिलाई रोक्ने काम मात्र गरेन कि विश्वभरी नै क्रान्तिका ज्वारभाटाहरु सृष्टि गर्यो । यो मालेमाका विकासमा एउटा कोसे ढुङ्गा सावित भयो । तर वहांको देहान्त संगै महान र्सवहारा सांस्कृतिक क्रान्तिलाई पनि समाप्त पारियो ।
साँस्कृतिक क्रान्तिको आवश्यकता कहिले पर्दछ -
महान् र्सवहारा साँस्कृतिक क्रान्तिको विषयमा चर्चा, छलफल र बहस गर्दा अक्सर दर्ुइ/तिन वटा विषयहरु उठ्ने गर्छन् - पहिलो, यो विषय चिन कम्युनिष्ट पार्टर्ीीे आन्तरिक विषय भएको हुनाले अरु देशका पार्टर्ीीले चर्चा परिचर्चा गरिरहनु पर्ने आवश्यकता छैन । यसवारे चिनमा जे भयो त्यसको राम्रो वा नराम्रो परिणामको जिम्मा चिनियाँहरुकै हुनु पर्छ भन्ने । दोस्रो, चिनमा नयाँ जनवादी क्रान्ति पुरा गरिसकेपछि समाजवादी ब्यवस्था स्थापना गरिसकेपछि मात्र यो क्रान्ति सुरु भएको हो । त्यसकारण, यो क्रान्तिनै समाजवादी ब्यवस्था स्थापना भईसकेपछि सुरु हुने क्रान्ति हुने भएको हुनाले यसवारे अहिले नै हामीले टाउको दुःखाउन आवश्वयक छैन । उपरोक्त दुवै विचारहरु गलत छन् ।
महान् र्सवहारा साँस्कृतिक क्रान्तिलाई चिन कम्युनिष्ट पार्टर्ीीे आन्तरिक मामिलाको रुपमा बुझ्ने विचार गलत विचार हो । यसले प्रथमत ः सिद्धान्तको महत्वलाई बुझ्दैन । दोस्रो कुरा यो विचारले सिद्धान्तको र्सार्वभौमिक चरित्र हुन्छ भन्ने कुरालाई पनि बुझ्न सक्दैन । मुख्य कुरा के हो भने, मार्क्सवाद-लेनिनवाद-माओवाद एउटा र्सार्वभौमिक सिद्धान्त हो र यो र्सवत्र लागु हुन्छ । प्रयोग हुने वेलामा विशिष्ट परिस्थिति अनुसार यसको प्रयोग हुनु स्वाभाविक हो । दोस्रो कुरा महान् र्सवहारा साँस्कृतिक क्रान्तिको प्रयोग समाजवादी ब्यवस्था आएपछि मात्र हुन्छ भन्ने कुरा गलत हो । यो कुरा सही हो कि क.माओले यसको अन्वेषण चिनमा समाजवादको स्थापना पश्चात मात्र गर्नु भयो । तर यसको अर्थ यो निकाल्नु हुदैन कि यसको आवश्यकता समाजवादको स्थापना भईसकेपछि मात्र पर्दछ । महान् र्सवहारा साँस्कृतिक क्रान्तिलाई अभियानकै रुपमा प्राथमिक महत्व दिएर कुनबेला र कुन परिस्थितिमा लैजाने भन्ने विषय गम्भिर किसिमले मुल्याङ्कन गरेर टुङ्गो लगाउने विषय हो । तर यसवारे अध्ययन, छलफल गर्ने, चेतना र जागरण पैदा गराउने काम भने प्रारम्भवाट नै गर्नु पर्छ । जव यसको मुख्य उद्देश्य 'विश्व दृष्टिकोणको समस्या समाधान गर्नु हो'भने यसको अध्ययन र प्रयोग प्रारम्भवाट नै हुनु पर्ने कुरा प्रष्ट हुन्छ । दोस्रो कुरा कम्युनिष्ट आन्दोलनभित्रको समस्या क्रान्ति सम्पन्न भईसकेपछिको प्रतिक्रान्तिलाई रोक्नु मात्र होइन अपितु क्रान्ति सम्पन्न हुनु पर्ूवनै विभिन्न ढंगले विर्सजन गर्ने र पार्टर्ीीई गलत दिशातिर लैजाने काम र प्रक्रियालाई रोक्नु पनि हो । यो पक्षवाट हर्ेदा यो क्रान्तिलाई प्रारम्भवाट नै लागु गर्नु पर्ने कुरा प्रष्ट हुन्छ ।
निष्कर्षः
माथि प्रष्ट पारी सकिएको छ कि कम्युनिष्ट आन्दोलन आफैंमा एउटा अन्तर्रर्ााट्रय आन्दोलन हो । विश्वमा भएको असमान विकासका कारण क्रान्ति विश्वभरी एकैसाथ सम्पन्न हुन सक्दैन । क्रान्ति विश्वभरी नै एकैसाथ सम्पन्न हुने वा धेरै देशमा एकै पटक सम्पन्न हुनु पर्छ भन्ने ट्राटस्कीको सिद्धान्तको दिवालियापनको वारेमा लेनिनले स्पष्ट पारिसक्नु भएको छ । क्रान्ति एउटा-एउटा देशमा गरेर वा केही देशमा एकैसाथ सम्पन्न हुन्छ, तर हरेक क्रान्ति विश्व क्रान्तिको अंग हुन्छ र हुनै पर्दछ । हरेक देशका आ-आफ्नै विशिष्टता हुन्छन् । यि विशिष्टतालाई लेनिनले भन्नु भएजस्तै 'ठोस परिस्थितिको ठोस विश्लेषण'को पद्धतिवाट पहिचान गरिन्छ । मार्क्सवाद-लेनिनवाद-माओवादको प्रयोग तिनै विशिष्टताका आधारमा गरिन्छ । विशिष्टताहरु देश अनुसार फरक-फरक हुने भएकोले मालेमाको प्रयोगमा पनि त्यो भिन्नता देखिनु स्वाभाविक हो ।
यो एउटा सही प्रस्थापना हो कि कुनै पनि देशमा क्रान्ति सम्पन्न गर्नु पर्दा अन्य कुनै देशको क्रान्तिको जस्ताको तस्तै नक्कल गर्न सकिन्न । त्यसैले क्रान्तिलाई दोहोर्याउन सकिन्न र फोटोकपी जस्तो पनि हुदैन । क्रान्तिको विकास गर्नु पर्छ । यहिनेर 'क्रान्तिको मौलिकता'को प्रश्न पनि जोडिन पुग्दछ । 'कुनै देशको क्रान्ति आफ्नो मौलिकता अनुसार सम्पन्न हुन्छ' भनिरहदा यदि त्यसले आफ्नो देशको विशिष्टताको अर्थ दिन्छ भने त्यो एकदम सही हो । त्यसमा विवाद नै हुन सक्दैन । तर यदि 'मौलिकता'को अर्थ अहिलेसम्म मालेमाको पहुँचभन्दा वाहिर वा मालेमा भन्दा भिन्नको अर्थमा भन्न खोजिएको हो भने त्यो गलत हुन्छ र त्यस्तो 'मौलिकता'प्रति हामी र्सतर्क हुनै पर्छ । विश्व कम्युनिष्ट आन्दोलनको अनुभवको त कुरै छाडौं हाम्रो आफ्नै देशको कम्युनिष्ट आन्दोलनको अनुभवले पनि त्यस्तो 'मौलिकता'ले क्रान्ति र कम्युनिष्ट पार्टर्ीीई कसरी विर्सजन गराउँदो रहेछ भन्ने स्पष्ट गरेको छ ।
केही दशक मात्र अगाडिको कुरा हो तत्कालिन एमालेका शिर्षथ नेता मदन भण्डारी जो 'जनताको बहुदलिय जनवाद'का प्रस्तोता र पर््रवर्तक मानिन्छन् ले आफ्नो कार्यक्रमलाई 'मौलिक कार्यक्रम'भएको दावी गरेका थिए र एमाले पार्टर्ीी 'ज.ब.ज.को कार्यक्रम नेपाली क्रान्तिको मौलिक कार्यक्रम' भएको घोषणा गरेको थियो । तर, त्यो कथित 'मौलिक कार्यक्रम' स्पष्ट रुपमा संशोधनवादी कार्यक्रम भएकोमा अव शंका छैन । केही समय अघिसम्म एमाले 'भाई काँग्रेस'को रुपमा परिचित थियो । अहिले सम्म आईपुग्दा एमाले चाँही 'दाई काँग्रेस' बन्न कसिएको देखिन्छ । एमालेलाई यसरी पतन गराउने म’ख्य कारक तत्व त्यहि 'मौलिक' भनिने गरेको 'ज.ब.ज.को कार्यक्रम' भएको कुरा त स्पष्ट नै छ ।
यतिखेर विश्व कम्युनिष्ट आन्दोलन रणनैतिक रक्षाको चरणवाट गुज्रिरहेको छ भन्नु अत्युक्ति हुने छैन । परन्तु, नेपालमा जनक्रान्ति आफ्नो अन्तिम चरणवाट गुज्रिरहेको छ । क्रान्तिको सफलताको सम्भावना र चुनौति दुबै उत्कर्षतर अघि बढिरहेका छन् । अहिलेसम्मको परिस्थितिमा सम्भावनाकै पक्ष प्रवल बन्दै गएको छ । मालेमाका र्सार्वभौमिक सिद्धान्तलाई नेपाली क्रान्तिको विशिष्टतामा ठिक-ठिक ढंगले लागु गरेर नै हामीले यो जनक्रान्तिलाई पर्ूण्ाता दिन सक्ने छौं । निश्चय पनि क्रान्ति सफल हुनेछ, नेपाली जनता विजयी हुनेछन् ।
मितिः २०६६ मंसिर २४,
0 comments:
Post a Comment