Wednesday, February 3, 2010

युवा माओ र निरन्तर क्रान्तिबारे केही कुरा

Posted by COMMUNIST OUTLOOK On 2:23 PM No comments


- कुलप्रसाद के.सी. -क.सोनाम)
भूमिका ः
अहिले डिसेम्बर २२ मा हामीले माओको ११६ जयन्ती मनाएका छौ । हरेक परिवर्तनकामी एवं मुक्ति सङ्र्घष्ाका युवाहरु सङ्र्घष्ाको आदर्श मान्दा चे, माओका सङ्र्घष्ामय जीवनीबाट प्रभावित छन् । संसारका लाखौं युवाहरु, उनीहरुको जीवनगाथा रुचिकासाथ पढ्दछन् । आफ्नो भाग्य र भविष्य निर्माण गर्ने राजनीतिक आन्दोलनका युवाहरुको लागि त झन् सान्दर्भिक क्रान्तिको विज्ञान नै बनेको छ । युवाहरुले समाज परिवर्तनको यात्रामा समाहित हुँदा माओबारे चल्ने टिप्पणी र अध्ययनबाट आफूले सिक्ने सकारात्मक ज्ञान हासिल गर्ने भनेको त्यसलाई लक्ष्य बनाएर उहाँको साहस र र्समर्पणलाई अनुशरण गर्नसक्नु नै युवाहरुको निरन्तर क्रान्तिकारी यात्राको एक अदम्य क्षमता हो । एकपटक आज नेपाली क्रान्तिकारी युवाहरुले माओले देखाएको बाटोबाट अघि बढ्ने इच्छाशक्ति राख्ो, अध्यन गरे र आफ्नो जीवनकर्मान बदलेर सामाजिक सङ्र्घष्ामा होमे । जसको सैद्धान्तिक राजनैतिक आदर्शबाट महान जनयुद्ध नेपालमा सम्भव भयो । हजारौं हजार युवा मुक्तियुद्धमा होमिए र आजको यो बदलावको देन गणतन्त्र स्थापनाको क्रमसम्म आएको छ । नेपाली युवा संसारमै माओवादमाथिको प्रहारलाई ढाल बनेर रक्षा गरे । नेपालमा माओत्सेतुङको वैज्ञानिक विचार, राजनीतिक दिशा, राजनीतिक सत्ता र निरन्तर क्रान्तिको बाटोको विकासलाई खुला राख्न सफल भएका छन् ।

माओबाट के सिक्ने -
माओत्सेतुङबाट समग्र रुपले सिक्नुपर्ने कुराहरु धेरै छन् । तर वहाँको जीवन दर्शन र ज्ञान सिद्धान्तमा गरेको विकासमा ऐतिहासिक र द्वन्दात्मक भौतिकवादी ज्ञानको सही संश्लेषण र विश्लेषण गर्ने क्षमता र त्यसलाई प्रयोग गर्ने क्षमता सिक्नु मुख्य कुरा रहेको छ । दोस्रो मालेमाको प्रयोग, विकास र रक्षा कसरी वर्गसङ्र्घष्ा र दर्ुइलाइन सङ्र्घष्ाको दर्जनौं मोडमा सामना गर्न सक्नुभएको छ त्यो सिक्नर्ुपर्दछ । तेस्रो वैचारिक सङ्र्घष्ा, राजनीतिक सङ्र्घष्ा, सामाजिक, आर्थिक, साँस्कृतिक र वैदेशिक शत्रु विरुद्धको सङ्र्घष्ामा वहाँको प्रयोग र सफलता हासिल गरेको अन्तरविरोधको सही अन्वेषण र राजनैतिक एवं फौजी कलामा देखाएको श्रेष्ठता हो अर्को सिक्ने कुरा । अर्को आन्दोलन भित्र आउने खराबी, भडकाव र विचलन कसरी - कुन रुपमा - कस्तो अवस्थामा - आएका थिए भन्ने उजागर गर्दै चिन्नु र बदल्नुको लागि गरिएको पहल अर्को महत्वपर्ूण्ा सिक्ने कुरा हो । व्यक्तिगत रुपले वहाँबाट सिक्ने कुरा हो जीवन व्यवहारको सरलता र आफ्ना कार्यकर्ता र जनतालाई गर्ने माया । सँधै सिक्नेकुरालाई प्रस्थान बिन्दु बनाउनु अर्को सर्वोत्कृष्ट गुण र क्षमता हो । माओको अर्को सिक्ने कुरा हो सैद्धान्तिक, राजनीतिक र व्यवहारिक विषयलाई आम समुदायले बुझ्नेगरी सुस्पष्टता दिनसक्नु र सबैले बुझ्नसक्ने मात्र होइन बदल्नमा उत्प्रेरित गर्ने कौशलता हो । वहाँको अर्को विशिष्ट क्षमता हो दक्षिणपन्थी अवसरवाद कुन - कसरी - आएको छ भनेर चिन्न सक्नु र अरुलाई दिक्षित गर्नसक्नु हो । माओको अर्को गुण हो स्वयं पहलकदमी लिन आफै उत्रनु । वहाँको अर्को क्षमता हो सङ्गष्ठनभित्र सबै प्रतिभाहरुको विकास र रक्षा गर्नसक्नु । हरेक चरण र कालखण्डका आउने उतारचढावमा क्रान्तिकारी दृढता र व्यवहारिक लचकताको सबै क्षेत्रमा गरेको कुशल प्रयोगद्वारा सिद्ध क्रान्तिको दर्शन, माओवादी विज्ञान बनेको हो । माओले दर्शन, राजनीति, सत्ता र पार्टर्ीीई एकीकृत मात्र गर्नुभएन चिनीयाँ क्रान्तिको रक्षा गर्नु स्टेटमेन्टसीपको अथोरिटी प्राप्त गर्नुभयो । मार्क्सवाद, लेनिनवादको वैज्ञानिक सिद्धान्तको पुष्टिदाता तस्रो वैज्ञानिक सिद्धान्तको आविष्कारक र प्रयोगकर्ताको रुपमा र्सवहारा वर्गको नयाँ अस्त्र माओवादमा पुर्‍याउनुभयो । वहाँबाट मुलभुत रुपले आजका युवाहरुले सिक्ने दर्शन यही हो ।

उपसंहार
व्यवहारिक रुपले "जनताबाट सिक्ने र जनतालाई दिने" कुरादेखि दार्शनिक रुपले विचारधारा र "राजनीतिले नै सबै थोकको निर्धारण गर्छ" भन्ने सैद्धान्तिक चेतना नै माओवाद र माओवादी दर्शन, र्सवहारा क्रान्तिको पछिल्लो विकासको दर्शन बनेको छ । यसको निरन्तर राज्यसत्ता विकासको बारेमा र्सवहारा साँस्कृतिक क्रान्तिसम्म आइपुग्दा यो र्सवहारा सत्ता र बर्ुजवा सत्ता बीचको बहस एवं प्रयोगको सिलसिला जनवादबाट समाजवादमा प्रवेश गर्ने युगको पहल मान्नर्ुपर्दछ । जसलाई माओले निरन्तर क्रान्तिको परिभाषामा ल्याउनुभयो । सत्यको अन्वेषणलाई वर्गसङ्र्घष्ा दर्ुइलाइन सङ्र्घष्ा या समाजिक सङ्र्घष्ा र वैज्ञानिक प्रयोगसम्ममा उठाउनुभयो । त्यसबेला नोकरशाही अधिनायकत्व र बर्ुर्जुवा जनवादमै रुमल्लिएर यथास्थितिवाद बीच सत्तासङ्र्घष्ामा माओवादी र गैरमाओवादी बीच वैचारिक सङ्र्घष्ा चल्यो । सारमा माओको नेतृत्वमा र्सवहारा साँस्कृतिक क्रान्तिको राजनीतिक झण्डा उठ्यो र तेङ्को नेतृत्वमा बर्ुर्जुवा पुनरुत्थानको आर्थिक क्रान्तिको नाराबाट अघि बढ्यो । त्यसबेलाबाट आधार र उपरिसंरचनाको बहस, सत्ता र पार्टर्ीीे बहस, राजनैतिक क्रान्ति र आर्थिक क्रान्तिको बहस चल्दै गर्दा माओको देहान्तपछि दक्षिणपंथी संशोधनवादको बोलवाला भयो । यसलाई प्रस्थानविन्दु मान्ने माओवादीहरुले सिक्न लायक सबक के हो भने राजनीतिक सवाल प्रधान हो या आर्थिक सुधार मुख्य हो भन्ने अन्यौलतामा पैदा भ्रमले आजका चिनियाँहरुले जसरी माओवादको मर्मलाई भेदन गर्न सकेनन् त्यही विरासतबाट उठ्नु र उठाउनु महत्वपर्ूण्ा सवाल बनेको छ । माओसँग जुन प्राधिकारपर्ूण्ा स्टेट्मेनसिप थियो । उहाँका उत्तराधिकारीको चेनको कडी टुट्नु पछिल्ला पुस्ताको दर्ुभाग्य बनेकोबाट नेपाल र नेपाली माओवादीहरुले र्सवहारा क्रान्तिको शिक्षा र निरन्तर क्रान्तिको मर्मलाई बुझ्नर्ुपर्दछ । कैयौं समस्या र अनुभूतिहरु नेपाली क्रान्तिका सर्न्दर्भमा पनि आफ्नै भित्र प्रयोगमा आउने गलत प्रवृत्ति र भडकावबाट बचाउनु, झण्डाको रक्षा र विकास गर्नु हो । उक्त नकारात्मक पाठको सकारात्मक पहलुमा बदल्नु नेपाली युवा कम्युनिष्टहरुको दायित्व हो । अन्यथा केही सामान्य बर्ुर्जुवा फेरबदलमा रम्ने हाम्रो जस्तो मुलुकको आत्मगत अवस्थाबाट नयाँ इच्छाशक्ति र निरन्तर साहस नगर्दा पुनः उही साँस्कृतिक क्रान्तिको नकारात्मक टिप्पणी गर्नेहरुकै स्वार्थ अनुकुलको ढाल बन्ने खतरा रहन्छ । त्यो साँस्कृतिक क्रान्तिको मर्मलाई आत्मसात गर्दा सत्ताको चेतनागत अभिव्यक्ति पार्टर्ीीे सँस्कृति हो । यो विचार र राजनीतिक निर्देशनको जगमा खडा हुने गर्दछ । र्सवहारा साँस्कृतिक क्रान्तिको निरन्तर क्रान्तिको राजनीतिक दिशा र्सवहारा पार्टर्ीीसत्ता र जनतासँग निरन्तर जोडिएको रणनीतिक विषय हो । यसलाई नभुल्ने चेतना र व्यवहारिक अभिव्यक्तिबाट निरन्तर वर्गसङ्र्घष्ामा र्सवहारा वर्गीय पक्षधरतासँग जोडेर बदल्नु माओवादको गुदी प्रश्न रहेको छ ।द्द

0 comments:

Post a Comment