डा. ऋषिराज बराल
मार्क्सवाद सङ्र्घष्ाद्वारामात्र विकसित हुनसक्छ, र यो कुरा विगतमा मात्र नभई वर्तमानको हकमा र भविष्यको हकमा पनि त्यत्तिकै सा“चो हो । जे कुरा सही छ त्यो सधै“ नै गलत कुरास“गको सङ्र्घष्ाबाट विकसित हुन्छ । सत्य, शिव र सुन्दर सधै“ नै असत्य, अशिव र कुरूपको विरोधमा विद्यमान हुन्छन् र तिनीहरूको सङ्र्घष्ाबाटै विकसित हुन्छन् । मानवजातिले कुनै गलत कुरालाई अस्वीकार गरेर कुनै सत्यविशेषलाई स्वीकार गर्नासाथ नया“ सत्यहरू नया“ असत्यहरूस“ग सङ्र्घष्ा गर्न थालिहाल्छन् । यस्तो सङ्र्घष्ा कहिल्यै नटुङ्गिने हुन्छ । यो सत्यको विकासको र, स्वभावैले मार्क्सवादको पनि नियम हो ।
माओत्से-तुङ
जनताबीचको अन्तर्विरोधको सही सञ्चालनबारे
०विषयप्रवेशः
विश्वर्सवहारा वर्गका महान् नेता कमरेड माओत्से-तुङले दर्शन, विचार र राजनीतिको क्षेत्रमा पुर्याएको योगदानका आधारमा हामीले माओको नामसित माओवाद जोडेका छौ“ । यो माओले विश्वकम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको संश्लेषण हो । मार्क्सवाद-लेनिनवादलाई नया“ विकास र मूल्य प्रदान गर्ने काममा माओले भित्र र बाहिर दुवै क्षेत्रमा निर्मम लडाइ“ लड्नुपर्यो । यथार्थतः माओवाद, मार्क्सवाद-लेनिनवादको विकास र समृद्धिको पक्षमा निरन्तर लडिएको लडाइ“को उपज हो । यस लडाइ“मा माओले प्रतिक्रयावादी-साम्राज्यवादी शक्तिसित मात्र नभई 'मार्क्सवादी'हरूसित पनि लड्नु पर्यो । यस लडाइ“मा, उपलब्ध सबै हतियारहरूको कुशलतापर्ूवक प्रयोग गर्नु माओको विशेषता रह्यो ।
साहित्य तथा कला वर्गसङ्र्घष्ाको महत्त्वपर्ूण्ा हतियार हुन् भन्ने कुरालाई माओले कुशलता र सशक्तताका साथ प्रयोगमात्र गरेनन्, अझ समृद्ध पनि पारे । कसरी साहित्य तथा कलाका रूपहरू सङ्र्घष्ाका हतियारहरू हुन सक्छन् र सांस्कृतिक आन्दोलन समाजरूपान्तरणको सशक्त मोर्चा कसरी हुनसक्छ भन्ने कुरालाई माओले व्यवहारद्वारा नै प्रमाणित गरे । त्यसैले सांस्कृतिक मोर्चा र माओले लडेको लडाइ“को लेखाजोखा गर्नु भनेको माओले लडेको लडाइ“को मूल्यपरक अभिरेखाङ्कन गर्नु हो । अधिरचनाको महत्त्वपर्ूण्ा अङ्ग रहेको साहित्य तथा कलालाई समग्रमा भन्दा सांस्कृतिक आन्दोलनलाई माओले वर्गसङ्र्घष्ामा कसरी प्रयोग गरे र यस क्रममा उनले के-कस्तो लडाइ“ लडे भन्ने कुराको सङ्क्षिप्तावलोकन यस लेखको उद्देश्य रहेको छ ।
० माओले लडेको सांस्कृतिक लडाइ“को बिशेषताः
चिनिया“ कम्युनिस्ट पार्टर्ीीे स्थापनादेखि 'चिनिया“ महान् र्सवहारा सांस्कृतिक क्रान्ति'सम्म अझ प्रस्ट भन्दा १९७३ सम्मको समग्र राजनीतिक र सांस्कृतिक नीति, योजना, सङ्र्घष्ा र आन्दोलनको चरित्र र दिशालाई हर्ेदा र बुझ्न खोज्दा माओले मूलतः पा“चवटा कुरामा जोड दिएको देखिन्छ≤ १.चिनिया“ समाजको विशिष्टता र मौलिकतामा मार्क्सवाद-लेनिनवादको प्रयोग, २.अन्धनक्कलवादबाट मुक्त राष्ट्रिय चरित्रको क्रान्तिकारी सांस्कृतिक आन्दोलनको विकास ३. आधार र अधिरचनाका सम्बन्धमा वैज्ञानिक र व्यावहारिक नीति र योजनाको सम्पादन, ४.सांस्कृतिक आन्दोलनलाई जनमत सिर्जनाको महत्त्वपर्ूण्ा माध्यम बनाउनमा जोड र ५. राजनीतिक आन्दोलन र सांस्कृतिक आन्दोलनलाई एकअर्काका सहयोगी र पूरक आन्दोलनका रूपमा विकास र विस्तार गर्नमा जोड, अर्थात् सङ्गठित सांस्कृतिक शक्तिको निर्माण । यी सबै कुराहरू पूरा गर्नका लागि माओले मूलतः तीन किसिमका लडाइ“ लड्नु परेको देखिन्छः क. प्रतिक्रियावादी सामन्ती तथा साम्राज्यवादी संस्कृतिका विरुद्ध, ख.ट्रटस्कीवादी-अराजकतावादी र विर्सजवादीहरूविरुद्ध र ग. दक्षिणपन्थी पलायनवादका विरुद्ध ।
सांस्कृतिक आन्दोलनमार्फ लक्ष्य प्राप्त गर्ने कुरामा माओले हरेक मञ्च र रूपको प्रयोग गरेका छन् । आवश्यकताअनुसार दार्शनिक र राजनीतिक प्रवचन र प्रशिक्षणहरू, सम्पादकीय टिप्पणी र लेखरचनाहरू, कृतिहरूको भूमिका, गीतसङ्गीत, कविता र उपन्यास आदिबारे व्यक्त धारणामार्फ माओले वैचारिक पक्षधरता, प्रतिबद्धता र प्रतिरोधात्मकतासम्बन्धी चिन्तनलाई अघि बढाएका छन् । सांस्कृतिक क्षेत्रको सङ्र्घष्ाकोे विशिष्टता र चरित्र पनि राजनीतिक सङ्र्घष्ाको चरित्र र विशिष्टताअनुरूप विकसित र विस्तारित भएको छ । चुनाई सम्मेलन -१९३५) सम्मको एउटा चरित्र रहेको देखिन्छ भने त्यसपछि मूलतः १९४०देखि १९४९सम्मको लडाइ“को चरित्र बेग्लै छ । यसका पछाडि तत्कालीन राष्ट्रिय-अन्तर्रर्ााट्रय अन्तर्विरोध र वगसङ्र्घष्ाको स्थितिले काम गरेको छ । १९५० यता भनौ“ समाजवादी निर्माणकालको पहिलो चरण, यसलाई उपचरणमा विभाजन गर्दा लुसान सम्मेलनसम्मको अवधि पनि भन्न सकिन्छ, यसको प्रवृत्ति अलि भिन्नै छ । त्यस्तै 'चिनिया महान् र्सवहारा सांस्कृतिक क्रान्ति' कालको लडाइ“को चरित्र झन् फरक किसिमको छ । लडाइ“को प्रकृति र चरित्रका जे-जस्ता विशिष्टता र मौलिकता रहे पनि माओले हरहमेसा क्रान्तिकारी विचार, क्रान्तिकारी राजनीति र जनसम्बन्ध र जनदिशालाई अगाडि राखेर अर्थात् पोलिटिक्स इन कमाण्डका आधारमा नै सांस्कृतिक समस्या र अन्तर्विरोधहरूको हल खोजेका छन् । यही नै माओको लडाइ“को प्रमुख विशेषता हो । तलको विश्लेषणबाट पनि यस यथार्थलाई अवगत गर्न सकिन्छ ।
० चिनिया“ कम्युनिस्ट पार्टर्ीीे स्थापना, माओ र सांस्कृतिक आन्दोलनः
'कम्युनिस्ट अन्तर्रर्ााट्रय'को सहयोगमा चीनको शाङ्र्घाईमा सन् १९२१मा चिनिया“ कम्युनिस्ट पार्टर्ीीे पहिलो राष्ट्रिय भेला भएको थियो । ५७ जना पार्टर्ीीदस्यहरूको प्रतिनिधित्व गर्दै सो भेलामा माओत्से-तुङ, छन तू-स्यूलगायत १२ जनाको उपस्थिति थियो । यसै भेलाबाट विधिवत रूपमा चिनिया“ कम्युनिस्ट पार्टर्ीीन्द्रको स्थापना भएको थियो ।१ - चीनी नवजनवादी क्रान्तिका इतिहास, -दिल्लीः प्रोग्रेसिव पब्लिकेशन्स, १९९१) पृ.२६। १९२१ देखि चर्ुनई सम्मेलनसम्म चिनिया“ कम्युनिस्ट आन्दोलनमा माओले खेलेको भूमिका महत्त्वपर्ूण्ा भए पनि पार्टर्ीीह र नेतृत्वका सर्न्दर्भमा भने उनलाई खासै भूमिका दिएको देखि“दैन । यसबीच माओले 'चिनिया“ समाजमा वर्गविश्लेषण'- १९२६), 'पार्टर्ीी्गठनको प्रश्न'-१९२८), 'पार्टर्ीीत्रका गलत विचारहरूको सुधार गर्ने सम्बन्धमा' -१९२९) जस्ता महत्त्वपर्ूण्ा राजनीतिक-सङ्गठनात्मक रचनाहरू लेखे पनि साहित्यकलाका विषयमा भने खासै चर्चापरिचर्चा गरेको पाइ“दैन ।
यसबीचको चिनिया“ सांस्कृतिक आन्दोलन मूल रूपमा लु सुनको वरिपरि केन्द्रित रहेको देखिन्छ । १९३० पछि वैचारिक पक्षधरता र कार्यदिशाका सर्न्दर्भमा लु सुन र माओलाई जोडेर हर्ेन सकिन्छ तापनि चुनाई सम्मेलन अझ भन्दा 'नौलो जनवादको संस्कृति' भन्दा अघिको चिनिया“ सांस्कृतिक आन्दोलन लु सुनको वरिपरि केन्द्रित रहेको देखिन्छ । प्रतिक्रयावादी धारका साथै आफूलाई जनपक्षीय धारका भन्नेहरू पनि तीन किसिमका प्रवृत्तिहरूमा विभाजित रहेका थिए-रूसी सांस्कृतिक आन्दोलनमा चर्चाको विषय बनेको प्रोलेत्कुल्तद्वारा प्रभावित समूह, ट्रटस्कीको प्रभावमा रहेको समूह र चिनिया“ विशिष्टताको प्रगतिशील समूह । यी तीन समूहबीच तीव्र द्वन्द्व थियो, यी एकले अर्कालाई निषेध गर्न चाहन्थे । तर बौद्धिकता, प्रतिभा र प्रभावका कारण सबै लु सुनलाई आफ्नो अनुकूलतामा प्रयोग गर्न चाहन्थे ।
रूसमा राजनीतिक गुटबाट प्रभावित कलाक्षेत्रका गुटउपगुटहरूबीच विवाद तीव्र थियो र यता चीनमा पनि मारामारको स्थिति थियो । १८ जुन, १९२५ मा बसेको रूसी बोल्सेभिक पार्टर्ीीमटीको बैठकले सांस्कृतिक क्षेत्रको विवादका विषयमा एउटा विशेष निर्ण्र्ाागर्यो । 'साहित्यका बारेमा पार्टर्ीीतिबारे' सो प्रस्तावको एउटा अंश यस्तो रहेको छ-"जसरी यहा“ वर्गसर्ङर््घष सामान्यतया समाप्त भएको छैन, त्यसै गरी साहित्यिक मोर्चामा पनि वर्गङ्र्घष्ा समाप्त भएको छैन । वर्गसमाजमा कुनै तटस्थ कला हु“दैन र हुन पनि सक्तैन, जब कि कलाक्षेत्र त्यसमा पनि खास गरेर साहित्यको वर्गस्वरूपले आफूलाई यस्तो रूपमा व्यक्त गर्दछ, जुनचाहि“ उदाहरणका रूपमा राजनीतिको वर्गस्वरूपभन्दा असीम रूपमा विविधतापर्ूण्ा हुन्छ ।"।२ यु सुराव्त्सेव, अ करागानोव र अरूहरू, समाजवाद और संस्कृति, -मास्कोः प्रगति प्रकाशन, १९७५), पृ.८६, । रूसी साहित्यिक आन्दोलनमा त्यतिबेला देखापरेको समस्या हल गर्ने सम्बन्धमा मात्र नभई कृतिमूल्याङ्कन र सौर्न्दर्यशास्त्रीय दृष्टिले पनि उपर्युक्त भनाइ निकै महत्त्वपर्ूण्ा रहेको छ । यसैको निरन्तरतामा पछि १९३२ को पार्टर्ीीर्ण्र्ााे केही समूहहरूको विघटन गर्यो र एउटै छातामा ल्यायो । त्यसको प्रभाव यता चिनिया“ आन्दोलनमा पनि पर्यो । चाङ काइ-सेकले षड्यन्त्रपर्ूवक सत्ता कब्जा गर्नु र जापानी आक्रमणको खतरा बढ्दै जानुले पनि चिनिया“ बौद्धिक-सांस्कृतिक कर्मीहरू एकताबद्ध हुनु आवश्यक भएको थियो ।
त्यतिबेर चिनिया“ कम्युनिस्ट पार्टर्ीी मूलतः दर्ुइ धार भएपनि स्टालिनकै वर्चस्व थियो र त्यहा“को नेता र नेतृत्व कसले लिने भन्ने कुरा रूसबाटै तय हुन्थ्यो । त्यतिबेला चिनिया“ कम्युनिस्ट पार्टर्ीी लि लि सान, क्यु क्यु पाइ - छु छु पाइ) र वाङमिङको वर्चस्व थियो र यी रूस प्रशिक्षित कमरेडहरू थिए । चिनिया“ सांस्कृतिक आन्दोलनको विवाद साम्य पार्न त्यतिबेलाका पार्टर्ीीेक्रेटरी तथा प्रचार विभागका इञ्चार्ज लि लि सानले जिम्मा लिए र प्रचार विभागका सचिव पान हानियानको संयोजकत्वमा एउटा आयोग बनाए । यसैले दिएको प्रतिवेदनका आधारमा लु सुनका विरुद्धको अभियान बन्द गर्ने र सांस्कृतिक कर्मीहरू एकताबद्ध भएर जाने पार्टर्ीीनर्ण्र्ााो घोषणा लि लि सानले गरे । त्यतिबेलाका नाम चलेका र स्थापित लु सुन र माओ तुनलगायतका लेखकहरूको एउटा टिम थियो । चीनमा त्यतिबेर ट्रटस्कीको पनि राम्रै प्रभाव थियो । ट्रटस्की समूहमा केही समालोचक र रूसमा शिक्षा प्राप्त गरेका केही बुद्धिजीवीहरू थिए । पार्टर्ीीे शक्ति र सत्ताको प्रयोग गर्नेमा चाहि“ सौर्न्दर्यशास्त्रीय अध्ययनचिन्तनको कमी रहेका र पाठकहरूमा परिचित नभइसकेका तर, युवा जोस र जा“गरले भरिएका युवा साहित्यकारहरू थिए । पार्टर्ीीनर्ण्र्ााे चिनिया“ सांस्कृतिक आन्दोलनमा रहेका केही समस्याहरूको हल गर्यो । यसमा साहित्य तथा कलामा विशेष रुचि रहेका छु छु पाइको भूमिका पनि महत्त्वपर्ूण्ा रह्यो । यस निर्ण्र्ााे लु सुनको बुझाइ र सोचाइलाई अगाडि ल्याउन निकै सघाउ पुर्यायो । । १९३० मा गठित 'वामपन्थी लेखक सङ्घ' यसैको मर्ूत रूप थियो ।
चाङ काइ-सेक नया“ साम्राज्यवादी योजनाका साथ आएको थियो । यता पार्टर्ीी सांस्कृतिक मोर्चामा बढदो विभाजन खास गरेर 'वामपन्थी' भडकाउ राष्ट्रिय एकता र प्रतिरोधी संस्कृतिको निर्माणमा बाधक बनेकोे थियो । यस्तो बेला सबै प्रततिशील र वामपन्थी सांस्कृतिक कर्मीहरूले व्यापक एकताका लागि आह्वान गरे । त्यतिबेर बहसमा आएका दर्ुइवटा नारामध्ये लु सुनले 'राष्ट्रिय क्रान्तिकारी युद्धमा जनताको साहित्य'को पक्ष्यमा आफूलाई उभ्याए । यस नाराले लु सुनलाई माओको पङ्क्तिमा उभ्यायो । चीनको विशिष्टतामा जनताको साहित्यलाई अगाडि बढाउने कुरामा माओ र लु सुनबीच समानता रहेका कारण पनि प्रत्यक्ष रूपमा दर्ुइजनालाई एउटै मोर्चामा उपस्थिति गराएको थियो । एक अर्थमा यो रूसी प्रभावमा रहेको चिनिया“ राजनीति र सांस्कृतिक आन्दोलनबाट चिनिया“ मौलिकतातर्फचिनिया“ राजनीति र सांस्कृतिक आन्दोलनले दिशा लिन थालेको सङ्केत पनि थियो । यही दिशाले चुनाई सम्मेलनपछि मर्ूत रूप लिने वातावरण बनेको थियो ।
लु सुन र उनको वरिपरिको वृत्तलाई छाडिदिने हो भने त्यतिबेरको सांस्कृतिक आन्दोलन रूसी प्रभावकै सेरोफेरोमा रुमलिएको देखिन्छ । सन् १९३० पछि नै मार्क्सवादी सौर्न्दर्यशास्त्रका बारेमा महत्त्वपर्ूण्ा कृतिहरूको अनुवाद र प्रकाशन भएको भन्ने आइ सियाओमिङको भनाइले पनि यसै सत्यको पुष्टि गर्दछ । उनको भनाइमा-"१९३०सम्म मार्क्स-एङ्गेल्सका साहित्य तथा कलासम्बन्धी रचनाहरूको चीनमा व्यवस्थित प्रकाशन तथा अध्ययन थिएन र लेनिनलाई समेत खारेज गरेर प्लेखानोभ, फिचे, बोग्दानोभ, मेहरिङ र लुनाचार्स्र्कीहरूका कृतिहरू र प्रोलेत्कुल्तका भनाइलाई आधिकारिकता दिइन्थ्यो ।३ - आइ सियाओमिङ, 'पोलिमिक्स अन लिटिरेचर एन्ड आर्ट इन सोभियत रसिया ड्युरिङ द नाइन्टिन ट्वान्टिज एन्ड द डिबेट अन 'रिभोलुसनरी लिटिरेचर' इन चाएना,' सोसियल साइन्सेज इन चाइना, -सम्पा),सु जोङ्मियान भोलम १ - मार्च १९८९), पृ.१५५। वास्तवमा चीनको मौलिकता र विशिष्टतामा मार्क्सवाद-लेनिनवादको प्रयोग, विकास र संमृद्धि गर्ने या रूसी नक्कलको रूपमा चिनिया“ राजनीतिलाई लैजाने भन्ने बहस र विवादको प्रतिबिम्बन त्यतिबेरको सांस्कृतिक आन्दोलनमा परेको थियो । चुनाइ सम्मेलनमा माओ नेतृत्व तहमा आएपछि मूलतः १९४० मा माओले नया“ जनवादको राजनीति र नया“ जनवादको संस्कृतिको अवधारणा प्रकाशमा ल्याएपछि यो समस्या हल भएको थियो । यो कार्यदिशा पार्टर्ीीत्रको 'वामपन्थी' विचलनका विरुद्ध माओको सङ्र्घष्ाको परिणाम थियो ।
० नया“ जनवादको राजनीति र नया“ जनवादको संस्कृति
माओले १९४०मा प्रकाशमा ल्याएको नया“ जनवादको राजनीतिले चीनको वर्गसंरचानात्कम स्थिति, अन्तर्विरोध, शत्रु र मित्र र संयुक्त मोर्चालगायत चिनिया“ क्रान्तिको स्वरूप र दिशालाई प्रस्ट पार्यो । चिनिया“ क्रान्तिको बाटो रूसको भन्दा फरक हुने हुनाले यहा“ सांस्कृतिक आन्दोलनले पनि त्यसै दिशालाई पछ्याउ“छ भनेर माओले चीनको विशेषतालाई प्रस्ट पारेर अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकले लिने क्रान्तिको बाटोलाई प्रस्ट पारे । माओको विशेष ध्यान मार्क्सवाद-लेनिनवादलाई चिनिया“ परिस्थितिको विशेषता र मौलिकतामा कसरी लागू गर्ने र यसलाई कसरी थप समृद्ध तुल्याउनेमा नै रह्यो । यसका लागि माओले राजनीति र सांस्कृतिक हरेक क्षेत्रमा अन्धनक्कल प्रवृत्तिका विरुद्ध लड्नुपर्यो । कुन नीति, कुन दिशा र को नेता हुने भन्ने कुराका साथै बाह्य मुलुकसितको स्वतन्त्र सम्बन्धको विकासमा समेत र सासाना कुरामा समेत रूसी निर्देशन र आदेशमा चलेको चिनिया“ कम्युनिस्ट पार्टर्ीी लिएको संस्कृतिकै विरुद्ध पनि माओले सबैभन्दा पहिले सङ्र्घष्ा गर्नुपर्यो । यो कुरा हामी नया“ जनवादको दस्तावेजबाट सहजै अनुभूत गर्नसक्छौ“ र 'एनान प्रवचन'बाट त सबैभन्दा बढी अनुभूत गर्नसक्छौ“ । यथार्थतः नया“ जनवादको दस्तावेज चिनिया“ समाज र चिनिया“ कम्युनिस्ट आन्दोलनको विगत र वर्तमानको समीक्षा र भावी कार्यदिशाको रूपरेखा थियो ।
चुनाई सम्मेलनपछि आफ्नो भूमिका विस्तारित भएपछि माओले समग्र पक्षको विश्लेषण र संश्लेषण गरे । उनको एउटा जोड मौलिकतामा र अर्को जोड व्यापकतामा थियो । मौलिकता र व्यापकता अर्न्तर्सम्बन्धित थिए । यसको केन्द्रमा नया“ जनवादी राजनीतिक उद्देश्य प्राप्तिका विभिन्न आधार र सर्न्दर्भहरू थिए । यसको एउटा महत्त्वपर्ूण्ा पक्ष सांस्कृतिक मोर्चा थियो । सांस्कृतिक क्षेत्रस“गस“गै छापामार युद्ध, आधारइलाकाको निर्माण र प्रत्याक्रमणलगायत माओले अघि सारेको एउटा महत्त्वपर्ूण्ा पक्ष जनसम्बन्ध विस्तार र जनदिशाा लागू गर्नु थियो । प्रमुख दुश्मनका विरुद्ध बढीभन्दा बढी जनतालाई गोलबद्ध गर-यही नै हो माओको लडाइ“को विशिष्ट चरित्र । मूल उद्देश्य प्राप्तिका लागि जनमत सिर्जना र प्रतिरोध-यसको पछाडि यही उद्देश्य रहेको छ । विशाल जनसङख्या भएको चीनमा बाहिरी सहयोग र र्समर्थन मात्र पुग्दो छैन मूल कुरा मुलुककै आधारभूत वर्ग, तह र समुदायलाई समेटेर मात्र यो लडाइ“ पूरा गर्न सकिन्छ भन्नेे युद्धयोजना माओले १९३८ मै प्रस्टताका साथ उल्लेख गरेका छन् । 'सम्पर्ूण्ा स्थितिलाई ध्यानमा राख, बहुसङख्यकलाई ध्यानमा राखेर सोच र हाम्रा सहयोगीहरूस“ग मिलेर काम गर' दस्तावेज यसैको प्रमाण हो । १९३९मा गएर चिनिया“ क्रान्तिका आधारभूत शक्तिहरूको उल्लेख गर्दै माओले श्रमजीवी वर्ग, किसान, बौद्धिकजगत् र वर्ुर्जुवा वर्गको प्रगतिशील हिस्साको नाम लिएर यसलाई प्रस्ट पारेका छन् ।४ माओत्से-तुङ, अन लिटिरेचर एन्ड आर्ट, तेसं, -पेकिङ,ःफर्हेन लङ्वेज प्रेस, १९६७) पृ. ५३ । माओले र्सवहारावर्गले लड्ने लडाइ“मा बौद्धिक-सांस्कृतिक मोर्चाको भूमिकालाई उच्च महत्त्व दिएको र यसको कुशलतापर्ूवक प्रयोग गरेको कुरा पछिल्ला दिनहरूमा अझ प्रस्टिएको छ । यो कुरा हामी नया“ जनवाद मा उल्लेखित 'नया“ जनवादको संस्कृति' र 'एनान प्रवचन'बाट थप अवगत गर्न सक्तछौ“ ।
'नया“ जनवादको संस्कृति' चिनिया“ सांस्कृतिक आन्दोलनको दार्शनिक, वैचारिक र व्यावहारिक तीनवटै क्षेत्रको कार्यदिशा र कार्यनिर्देशिका हो । सांस्कृतिक क्षेत्रका कार्यनीति, योजना र कार्यक्रमहरू, लडाइ“का सारा मोर्चागत तयारी र तारतम्य यसैको सेरोफेरोमा केन्द्रित र विकसित छन् । माओले माथि भनेझै“ मोलिकता, व्यापकता र प्रतिरोधात्मकताको व्यापक आयामभित्र नया“ जनवादको संस्कृतिको मूल्य निरूपण गरेका छन् । माओले पहिले दार्शनिक तथा सैद्धान्तिक तहमा मार्क्स-एङ्गेल्स र लेनिनलाई अगाडि राखेका छन् र चिनिया“ क्रान्तिको चरित्र, विशेषता र दिशाको आलेाकमा चिनिया“ सांस्कृतिक आन्दोलनको विगत, वर्तमान र भविष्यको अभिरेखाङ्कन गरेका छन् ।
चिनिया“ सांस्कृतिक आन्दोलनको आधारभूत प्रस्थापना र भावी दिशालाई अभिव्यक्त गर्ने केही उद्धरणहरू प्रस्तुत गर्नु आवश्यक देखिएको छ,
१.कुनै विशेष संस्कृति कुनै समाज विशेषको राजनीति र अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो ।
२.नया“ संस्कृतिको हकमा यो नया“ राजनीति र नया“ अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो, यसले त्यसैको हितमा काम गर्छ ।
३.यस नया“ सांस्कृतिक शक्तिको सबैभन्दा ठूला र आ“टिला अगुवा लु सुन हुनुहुन्थ्यो । उहा“ चिनिया“ सांस्कृतिक क्रान्तिका महारथी हुनुहुन्थ्यो । उहा“ ठूलो साहित्यिक मात्र होइन एकजना ठूला विचारक र क्रान्तिकारी पनि हुनुहुन्थ्यो ।
४. नया“ जनवादी संस्कृति र्सवहारावर्गको नेतृत्वमा चल्ने विशाल जनसमूहको साम्राज्यवाद-सामन्तवाद विरोधी संस्कृति हो ।
५. वर्तमान चिनिया“ क्रान्ति विश्वर्सवहारा समाजवादी क्रान्तिको अङ्ग भएकोले चीनको वर्तमान नया“ संस्कृति पनि विश्वर्सवहारा समाजवादी नया“ संस्कृतिको अङग हो र यसको ठूलो सहयोगी पनि हो । यस अंशमा समाजवादी संस्कृतिका प्रमुख तत्त्वहरू रहे पनि समग्र रूपबाट हर्ेदा राष्ट्रिय संस्कृति विश्वर्सवहारा समाजवादी नया“ संस्कृतिको धारामा सम्पर्ूण्ा रूपबाट समाजवादी संस्कृतिको हैसियतले होइन, बरु व्यापक जनसमूहको सामन्तवाद-साम्राज्यवाद विरोधी नया“ जनवादी संस्कृतिको रूपमा सामेल भएको छ ।
६.चीनको संस्कृतिको आफ्नै स्वरूप हुनर्ुपर्दछ, यसको आफ्नै राष्ट्रिय स्वरूप हुनु पर्दछ । विषयवस्तुमा नया“ जनवादी र शैलीमा राष्ट्रिय, यही हो हाम्रो आजको नया“ संस्कृति ।
७.क्रान्तिकारी संस्कृति व्यापक जनसमूहका लागि एक शक्तिशाली क्रान्तिकारी हतियार हो । क्रान्ति सुरु हुनुभन्दा अगाडि यसले क्रान्तिकारी विचारधारा फैलाएर क्रान्तिको निम्ति सैद्धान्तिक बाटो तयार पार्छ । क्रान्तिताक स्वभावतः क्रान्तिकारी मोर्चामा यो एउटा महत्त्वपर्ूण्ा एकदमै महत्त्वपर्ूण्ा जुझारु मोर्चा हो । यस सांस्कृतिक मोर्चामा लागेका क्रान्तिकारी सांस्कृतिक कर्मीहरू विभिन्न दर्जाका कमाण्डरहरू हुन् ।
८.सबै प्रगतिशील सांस्कृतिक कार्यकर्ताहरूले जापान विरोधी लडाइ“मा आफ्नै निजी सांस्कृतिक सेना राख्नै पर्दछ र यो सेना भनेको व्यापक जनसमूह हो । जनतासित नभिज्ने क्रान्तिकारी सांस्कृतिक कार्यकर्ता सेना नभएको एउटा कमाण्डरझै“ हो, जसको गोलीगट्ठाले बैरीलाई परास्त गर्न सकि“दैन ।५ माओत्से-तुङ, अन लिटिरेचर एन्ड आर्ट, पृ.५८-७९।
माथि लामो उद्धरण लिनुको अर्थ र सर्न्दर्भ माओले प्रतिपादन गरेको सांस्कृतिक आन्दोलनको दिशालाई प्रस्ट पार्नु हो । यथार्थतः यो माओले लडेको लडाइ“को मोर्चाको मानचित्र हो । र प्रस्ट कुरा के हो भने माओको सांस्कृतिक चिन्तनको महत्त्वपर्ूण्ा दस्तावेज एनान प्रवचन यसै प्रस्थापनाको सैद्धान्तिक तथा व्यावहारिक प्रस्तुति हो ।
माओको एनान प्रवचन नौलो जनवादको राजनीति र संस्कृतिको घोषणाको दर्ुइ वर्षछि अर्थात् १९४२ मा आएको थियो । सांस्कृतिक सेना, प्रतिबद्धता, साहित्य र राजनीतिको अर्न्तर्सम्बन्ध, रूप र सार, यथार्थ र प्रतिबिम्बन, पक्षधरता र उपयोगिता र संयुक्त मोर्चाजस्ता विषयमा केन्द्रित यो प्रवचनलाई मार्क्सवादी सौर्न्दर्यशास्त्रको क्षेत्रमा महत्त्वपर्ूण्ा दस्तावेजको रूपमा लिइन्छ । यसको र्सार्वभौम र विशिष्ट दुवै महत्त्व रहेको छ । दार्शनिक र वैचारिक र्सार्वभौमिकतामा रहेर माओले त्यस समयको चिनिया“ जनसांस्कृतिक आन्दोलनको आवश्यकता र औचित्यलाई प्रस्ट पारेका छन् । नया“ जनवादको सैद्धान्तिक प्रस्थापनामा उठाएका मान्यताहरू-मूलतः मौलिकता, व्यापकता, जनसम्बन्ध र प्रतिरोधात्मकताको समग्रताको जगमा 'एनान प्रवचन' केन्द्रित छ । त्यतिबेला प्रतिक्रियावादीहरूसितको सङ्र्घष्ामात्र नभई पार्टर्ीीत्रकै दर्ुइलाइन सङ्र्घष्ाको रोचक तर निर्मम लडाइ“को चित्र पनि यसमा पाउन सकिन्छ । यो प्रवचन र्सार्वभौम र गहन छ । तत्कालीन चिनिया“ पार्टर्ीी सांस्कृतिक आन्दोलनमा देखिएको वैचारिक सङ्र्घष्ासित जोडेर यसको अध्ययन गर्दा यो एकदमै रोचक पनि अनुभूत हुन्छ । खास गरेर अराजकतावादीहरू, अन्धनक्कलवादीहरू र ट्रटस्कीवादीहरूसितको माओको लडाइ“को गम्भीर र रोचक पक्ष यस प्रवचनमा अभिव्यक्त भएको छ । त्यसैले पनि यसको र्सार्वभौम सौर्न्दर्यशास्त्रीय अर्थ र सर्न्दर्भ रहेको छ ।
रूसमा ट्रटस्कीवादीहरू र जिओनेभ र कोमेनोभ विरुद्धको आन्दोलनलाई अगाडि बढाइरहेका स्टालिनको ध्यान चीनमा पनि उत्तिकै रूपमा थियो । रूसमा आफूले विदेशी दलालहरूका विरुद्ध चलाएको अभियानको नकारात्मक प्रभाव चीनमा नपरोस् भन्ने उनी चाहन्थे । रूसमा ट्रटस्कीवादीहरूको प्रभाव घट्तै गएको भएपनि चीनमा बौद्धिक र सांस्कृतिक क्षेत्रमा ट्रटस्कीवादीहरूको भूमिका भने निकै सक्रिय देखिन थालेको थियो । जङ्गली फूलका लेखक वाङ सि वेइ ले यसको नेतृत्व गरेका थिए । एनान गोष्ठीमा माओले नाम नलिइकन प“ुजीपतिवर्गबाट आएका लेखकहरू.. भनेर सि वेइ मार्काका लेखकहरूको भण्डाफोर गरेका छन् । एनान आधारइलाकाबाट प्रकाशित हुने लिबरेशन डेली नामक पत्रिकामार्फ मात्र नभई ट्रटस्कीको पक्ष र माओको विरुद्धमा पर्चा र पोस्टरहरूसमेत प्रकाशित हुनुका साथै आधारइलाकाकै विरुद्धमा पनि लेखहरू छापिन थालेपछि माओले राजनीतिक र सांस्कृतिक क्षेत्रमा यस किसिमका प्रवृत्तिका विरुद्ध अभियान नै चलाएका थिए । ट्रटस्कीको जीवनी चिनिया“ भाषामा उल्था गरेर ट्रटस्कीलाई महान् भन्ने र स्टालिनको विरोध गर्ने वाङ सि वेइले पछि आफू कोमिन्ताङको जागिरे भएको कुरा स्वीकारेका थिए ।६ चाउ याङ, अ ग्रेट डिबेट अन द लिटरेरी थ्योरी, तेस., बेजिङः फर्हेन लङ्वेज प्रेस, १९६५ । -यस पुस्तकमा चाउ याङले त्यतिबेलाको अन्तर्विरोध र विवादका बारेमा कुरा उठाए पनि पछिल्ला दिन खास गरेर सांस्कृतिक क्रान्तिकालमा भने उनकै भूमिका ठीक नभएका कारण उनीमाथि पनि कार्वाही गरिएको थियो )।
माओले पार्टर्ीीई नया“ दिशा र गति दिन खोजे पनि सांस्कृतिक क्षेत्रमा हिजो लु सुुनकै पालादेखिका ट्रटस्कीवादीहरू, कलावादी र अराजकतावादीहरूले अड्डा जमाएका थिए । दिङ लिङ, चेन सि सिया, फेङ सु फेङ, चियाङ फेङ, सियाओ चुवान, वाङ सि वेइ जस्ता लेखकहरू अभिव्यक्ति स्वतन्त्रताका नाममा आधारइलाकामा बसेर ट्रटस्कीवाद र अराजकतावादको पर्ुपक्ष गरिरहेका थिए । माओको एनान प्रवचनको सूक्ष्म रूपले अध्ययन गर्दा यी सबै विरुद्धको लडाइ“ प्रस्ट रूपमा बोध गर्न सकिन्छ । सांस्कृतिक क्षेत्रमा माओको सन् १९४९ सम्मको मूल लडाइ“ एनान गोष्ठीको महत्त्व र र्सार्थकतालाई अगाडि बढाउने र यसको विरोध गर्नेहरूबीचको सङ्र्घष्ाका साथ विस्तारित र विकसित भयो । १९४२मा माओले 'रूढ्रि्रस्त लेखनको विरोध गरौ“'मार्फ विचारनिर्माणको पक्षमा जोडदार आवाज उठाए र १९४४मा गएर 'सांस्कृतिक मोर्चामा संयुक्त मोर्चा'मार्फत फुटेर र विभाजित भएर होइन, एकताबद्ध भएर जापानी अतिक्रमणका विरुद्ध लड्न आह्वान गरे । सांस्कृतिक रूपबाट सुसंस्कृत नभएको कुनै पनि सिपाहीले युद्ध जित्न सक्तैन र भुत्ते चक्कुले दुश्मनमाथि प्रत्याक्रमण गर्न सक्तैन भनेर माओले सशक्त, सङ्गठित, योजनाबद्ध र आक्रामक र प्रतिरोधात्मक सांस्कृतिक आन्दोलनमा जोड दिए ।
० समाजवादी निर्माणप्रक्रिया र सांस्कृतिक आन्दोलन
समाजवादी निर्माण अभियानस“गै माओका सामु दर्ुइवटा कार्यभार थिए-पहिलो र प्रमुख कार्यभार समाजवादी निर्माणअभियानमा साहित्यकलाको भूमिकाको उच्च उपयोगमार्फ समाजरूपान्तरणको कार्यलाई तीव्र बनाउनु र दोस्रो इतिहासबाट शिक्षा लिएर सबै किसिमका विचलनविरुद्ध सङ्र्घष्ालाई तीव्र बनाउ“दै रूपान्तरणको अभियानलाई निरन्तरता दिनु । यसबीच माओले दर्ुइवटा कुरा प्रस्ट पारेका थिए-एउटा हो बन्दुकधारी दुश्मन समाप्त भएपछि पनि सांस्कृतिक दुश्मन भनौ“ दिमागी दुश्मन बा“की नै रहन्छन् र तिनको विरुद्ध निरन्तर सङ्र्घष्ा चलाइरहनु पर्दछ भन्ने कुरा र अर्को हो-पोलिटिक्स इन कमाण्डलाई अगाडि राखेर आधार निर्माणमा अधिरचनाका सबै अङ्गहरूको प्रयोग । यसका लागि माओले पुराना सम्बन्धहरूलाई विस्थापन गर्दै नया“ सम्बन्धहरूको निर्माण, खोज र स्थापना गर्ने कुरामा जोड दिए । समाजवादका आधारभूत नीति, सिद्धान्त, र मूल्यमान्यतालाई अलिकति पनि निषेध नगरी माओले स्वतन्त्रता र प्रतिबद्धताका आधारभूत मान्यतालाई साहित्य तथा कलाको क्षेत्रमा अझ भनौ“ सांस्कृतिक क्षेत्रमा लागू गर्न खोजे । यसको मूल उद्देश्य नया“ समाजको निर्माणमा सबै मोर्चा, तह र तप्काको व्यापक जनसहभागिता गराउनु र जुटाउनु थियो । जडसूत्रवादी यान्त्रिकताभन्दा दक्षिणपन्थी संशोधनवादको खतरा प्रबल छ भन्ने कुरा बुझेर पनि शुद्धीकरण र सुदृढीकरणको अभियानलाई नया“ प्रयोगका साथ अघि बढाउन र झारपातपतिङ्गरलाई सतहमा आउन दिन माओले सांस्कृतिक क्षेत्रमा केही समयका लागि अभिव्यक्ति स्वतन्त्रतालाई छुट दिने नीति अबलम्बन गरे । परन्तु व्यवहारमा यसले सकारात्मक परिणाम दिन सकेन । स्टालिनको मुत्यु र रूसी वीसौ“ पार्टर्ीीाङ्ग्रेसले लिएको नीति, युरोकम्युनिज्मको हौवा र अमेरिकी बढ्दो दादागिरिका कारण माओका लागि समाजवादी निर्माणप्रक्रिया निकै जटिल बनेको थियो र सबैभन्दा खतरा अराजकतावाद र दक्षिणपन्थी संशोधनबाट नै थियो । यथार्थतः समाजवादी निर्माणअभियानको गतिस“गै माओको मूल लडाइ“ दक्षिणपन्थी अवसरवादका विरुद्ध नै रह्यो । १९५१देखि १९५८ अर्थात् लुसान सम्मेलनसम्म पार्टर्ीी चलेको लडाइ“को स्थितिबाट पनि यो कुरा प्रस्ट हुन आउ“छ ।
यसबीच माओले सांस्कृतिक क्षेत्रमा लडेको लडाइ“का तीनवटा पक्षहरू छन्-क. प्रतिबद्धता र स्वतन्त्रताका बारेमा, ख. कृतिको मूल्याङ्कनका बारेमा र ग.रूपान्तरणका बारेमा । सम्पादकीय टिप्पणी र लेखादिहरू तथा राजनीतिक तथा प्रचारकार्यसित सम्बद्ध कार्यक्रममा माओले व्यक्त गरेका भनाइ र अभिमतबाट त्यस बेलाको सांस्कृतिक क्षेत्रको लडाइ“, वर्गसङ्र्घष्ाको स्वरूप र चरित्रलाई राम्रोसित बुझ्न सकिन्छ । यसबीच राजनीतिक क्षेत्रमा भएका विवाद र बहसलाई छाडिदिने हो भने साहित्यिक र सांस्कृतिक विषयमा केन्द्रित भएर माओले ऊ स्युनको जीवनी का सम्बन्धमा भएको गलत विचारको भण्डाफोर गरेर जनदैनिकमा लेखिएको सम्पादकीय - १९५१), रातो दरवारको सपनाको अध्ययनबारे पत्र -१९५४), 'जनताबीचको अन्तर्विरोधको सही सन्चालनबारे' भित्रको आठौ“ शर्ीष्ाक- 'सयौ“ फूलहरूलाई फुल्न देऊ, विचारका सयौ“ धारहरूलाई प्रतिस्पर्धा गर्न देऊ' तथा 'दर्ीघकालीन सहअस्तित्व र आपसी सुपरिवेक्षणबारे'- १९५७) र ' चिनिया“ कम्युनिस्ट पार्टर्ीीे राष्ट्रिय सम्मेलनमा प्रचार कार्यसम्बन्धमा भाषण' -१९५७) मा सांस्कृतिक स्थिति र अन्तर्विरोधका बारेमा बोलेको पाइन्छ । यथार्थ यी भनाइहरू त्यतिबेलाकेा राजनीतिक र वैचारिक सङ्र्घष्ाका महत्त्वपर्ूण्ा आधार हुन् । यहा“सम्म आइपुग्दा माओले केही उदार, केही नरम र सहनशील बन्दै केही खुकुलोपन दिएर मान्छेको विवेक, चेतना, इमानदारी, विचार र समाजप्रतिको जिम्मवारीबोधप्रतिको गम्भीरताको परीक्षण लिएजस्तो देखिन्छ । रूसको इतिहासबाट पनि माओले शिक्षा लिन खोजेको देखिन्छ । लेनिनसितै कुरा नमिलेर गोर्कीको इटाली गमन, थुपै रूसी लेखकहरूले गरेको आत्महत्या र कतिपय लेखकहरूप्रति गरिएको नकारात्मक व्यवहारबाट पनि माओलाई गम्भीर तुल्याएको हुनसक्छ । तर चिनिया“ स्थिति लेखकीय स्वतन्त्रताको नाममा यसको दुरुपयोगको स्थिति हो, राज्य नियन्त्रित स्थिति होइन ।
कसलाई स्थापित गर्ने र कसलाई विस्थापित गर्ने भन्ने कुरा मूल्यबोधको कुरा हो । माओले यसलाई वैज्ञानिक किसिमले हल गरेका छन् । लु सुनका सम्बन्धमा उनले गरेको मूल्याङ्कन यसै अर्थमा ऐतिहासिक बनेको छ । समाजवादी चरण झन् जटिल र संवेदनशील चरण भएकाले यसमा केको प्रशंसा र केको भण्डाफोर गर्ने कुराले अहम् महत्त्व राख्नु स्वाभाविक थियो । समाजवादी निर्माण भभियान भर्खरै आरम्भ भएको अवस्थामा सामन्तको प्रशंसा र गुनगान केन्द्रित कृतिले जनतामा भ्रम उत्पन्न गर्नु स्वाभाविक थियो । विषालु झारपातको भण्डाफोर आवश्यक थियो । उ सुनको जीवनी, लाला बैठकको सपना र छिङ दरवारको अर्न्तर्कथाप्रति माओको प्रतिक्रिया यसैकेा उपज थियो । यी सबै टिप्पणीहरू सांस्कृतिक रूपान्तरणविरोधी चिन्तनविरुद्धका प्रतिक्रिया र प्रहार थिए । समाजवादी निर्माणको अभियानस“गस“गै माओले के-कस्ता चुनौतीहरूसित लड्नुपर्यो भन्ने कुरा 'तीन खराबीहरू' र 'पा“च खराबीहरू' -१९५१,१९५२) सम्बन्धी लेखबाट पनि अवगत गर्न सकिन्छ ।
पचासको दशकमा राजनीतिक क्षेत्रबाहेक सांस्कृतिक क्षेत्रमा माओले लड्नुपरेको भीषण लडाइ“ हु फेङ गुटका विरुद्ध थियो । बाहिरी रूपमा यो साहित्यिक-सांस्कृतिक थियो, तर भित्री रूपमा यो ट्रटस्कीवादी अराजकतावाद र संशोधनवादका विरुद्धको लडाइ“ थियो । वीसको दशक भनौ“ लु सुुनकालीन समयदेखि नै एकएकवटा बबण्डर मच्चाउ“दै आएको र बारम्बार आत्मालोचित हु“दै आएको हु फेङ गुट यस कालमा निकै सङ्गठित र योजनाबद्धताका साथ आएपछि माओले यसविरुद्धको आभियानलाई तीव्र बनाउनु परेको थियो । यसैक्रममा माओले सन् १९५५मा यसका विरुद्ध निर्मम वेचारिक सङ्र्घष्ा चलाएर स्थितिलाई यसरी प्रस्तुत गरे-"हु फेङरूपी तत्त्वहरू त्यस्ता प्रतिक्रान्तिकारीहरू हुन्, जसले मुकुण्डो लगाएर आफ्नो सक्कली अनुहार लुकाई गलत किसिमको प्रभाव पार्दछन् । तर तिनले क्रान्तिको विरोध गर्ने हुनाले आफ्नो सक्कली रूप पूरापूर लुकाउन चाहि“ असम्भव छ । जहा“सम्म हु फेङ गुटको नेतुत्वदायी भावनाको कुरा छ, मुक्तिअघि र पछि अनेकौ“ अवसरहरूमा तिनले हामीस“ग वादविवाद गरेका थिए । तिनीहरू आफ्ना बचन र कर्ममा कम्युनिस्टहरू भन्दा मात्र फरक नभई गैरपार्टर्ीीmान्तिकारीहरू र जनवादीहरूको ठूलो सङ्ख्याभन्दा फरक छन् ।"७.माओत्से-तुङ, माओत्से-तुङका सङ्कलित रचनाहरू, भाग ५, दोसं, अनु. खगेन्द्र सङ्ग्रौला, - काठमाण्डौ“ः विश्व नेपाली पुस्तक सदन, २०६३) पृ.१३८ । माओले यहा“ ऐतिहासिक सर्न्दर्भसहित हु फेङ मण्डलीको चर्चा गरेर त्यसका पछाडि राजनीतिक रूपमै सङगठित प्रतिक्रान्तिकारी चिन्तनले काम गरेको कुरा उठाएका छन् ।
माओको उद्देश्य फरक मत र विचारलाई निषेध गर्ने थिएन । तर फरक मतका नाममा जनताको विरुद्ध जाने र भर्खरै शिशु अवस्थामा रहेको समाजवादी अभियानको घा“टी निमोठ्ने प्रतिक्रान्तिकारी व्यवहार गर्ने कुरामा भने उनी निर्मम थिए । जनवाद र केन्द्रीयता, सामूहिकता र प्रतिस्पर्धात्मता, प्रतिभाहरूको खोजी, विकास र उन्नयनप्रति उनी एकदमै सकारात्मक थिए । प्रतिभाको प्रस्तुति, शैली विविधता र प्रतिस्पर्धात्मकतामा नभएर उनको आपत्ति अराजकता र विध्वंशप्रति थियो । १९५७ मा 'जनताबीचका अन्तर्विरोधहरूको सही सञ्चालनबारे' दस्तावेजमा उनले अघि सारेका सयौ“ फूलहरूसम्बन्धी मान्यताबाट पनि यो कुरा अवगत गर्न सकिन्छ । त्यहा“ उनले एकातिर क्षमता र प्रतिभाहरूका लागि फैलिने र फुल्ने वातावरणको कुरा उठाएका छन् भने अर्कोतिर अराजकतावादी र क्रान्तिविरोधी तत्त्वहरूका विरुद्ध वर्गसङ्र्घष्ा तीव्र पार्नुपर्ने कुरामा पनि जोड दिएका छन् । उनको भनाइमा लेखकीय प्रतिबद्धता र स्वतन्त्रताबीच द्वन्द्वात्मक सम्बन्ध छ । एउटा कृतिको मूल्याङ्कन कसरी गर्ने र सौर्न्दर्यशास्त्रीय समस्याहरूको हल कसरी गर्ने भन्ने कुरालाई माओले ऐतिहासिक, ज्ञानमिमांसिय र सौर्न्दर्यशास्त्रीय ढङ्गले हल गर्न जोड दिएका छन् । एनान प्रवचनपछि सौर्न्दर्यशास्त्रीय दृष्टिले यो महत्त्वपर्ूण्ा दस्तावेज हो । यससित सम्बद्ध दर्ुइवटा उद्धरणहरू यहा“ प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ≤
१.सयौ“ फूलहरूलाई फुल्न दिने र विचारका सयौ“ धारहरूलाई प्रतिस्पर्धा गर्न दिने नीति भनेको कला र विज्ञानका क्षेत्रहरूको प्रगतिलाई पर््रबर्द्धन गर्ने र हाम्रो देशमा समाजवादी संस्कृतिलाई फस्टाउन दिने नीति हो । कलाका विभिन्न रूप र शैलीहरूले स्वतन्त्र रूपले विकसित हुन पाउनु पर्दछ र विज्ञानका विभिन्न धारहरूले स्वतन्त्रतापर्ूवक प्रतिस्पर्धा गर्न पाउनु पर्दछ । कलाको शैलीविशेषमाथि वा विचारको खास धारमाथि प्रशासनिक उपायहरू थोपर्ने गरियो भने यो कुरा कला र विज्ञानको विकासका लागि हानिकारक हुनेछ भन्ने हामीलाई लाग्छ । कला र विज्ञान क्षेत्रका सही र गलतसम्बन्धी प्रश्नहरूलाई कला र विज्ञानसित सम्बद्ध मण्डलीहरूबीचको स्वतन्त्र छलफलद्वारा र यिनै क्षेत्रहरूका व्यावहारिक कार्यद्वारा हल गरिनु पर्दछ । अति सरलीकृत ढङ्गबाट तिनको हल गर्नु हु“दैन । ...कला र विज्ञानका क्षेत्रका सही र गलतसम्बन्धी प्रश्नहरूबारे सावधान रहनु, स्वतन्त्र छलफललाई प्रोत्साहित गर्नु र झटपट निष्कर्षनिकाल्ने कुराबाट जोगिनु आवश्यक छ ।
२र्.वर्गसङ्र्घष्ा कुनै पनि हालतमा समाप्त भएको छैन । र्सवहारा वर्ग र पु“जीपति वर्गबीचको वर्गसङ्र्घष्ा, विभिन्न राजनीतिक शक्तिहरूबीचको वर्गसङ्र्घष्ा अनि र्सवहारावर्ग र पु“जीपतिवर्गबीचको विचारधारात्मक क्षेत्रको वर्गसङ्र्घष्ा अझ पनि दर्ीघकालीन हुनेछन् र ती बाङ्गोटिङ्गो बाटो भई अभिव्यक्त हुनेछन् र कहिलेकाही“ त ज्यादै तीव्र पनि हुनेछन् । र्सवहारावर्गले विश्वलाई आफ्नै विश्वदृष्टिकोणअनुसार रूपान्तरण गर्न खोज्छ र पु“जीपति वर्गले पनि त्यसै गर्न खोज्छ । यस सर्न्दर्भमा समाजवाद र पु“जीवादमध्ये कसले जित्ने हो भन्ने कुरा अझै सा“च्चिकै हल भइसकेको छैन ।८. माओत्से-तुङ्, अन आर्ट एन्ड लिटिरेचर, पृ.१३४-१३६।
माथिका दर्ुइ उद्धरणले स्वतन्त्रता र प्रतिबद्धताको मार्क्सवादी-लेनिनवादी मान्यता र पद्धतिको पक्षमा जोड दिएका छन् । लेनिनले पार्टर्ीीाहित्यका बारेमा भनेका कुराहरू, रूसी १९२५को निर्ण्र्ाार स्टालिनले गोर्कीसहितका लेखकहरूको जमघटमा सन् १९३३मा निकालेका निष्कर्षरूकै निरन्तरतामा आधारित र विकसित मान्यताहरूको प्रतिनिधित्व माओका भनाइले गर्दछन् । स्वतन्त्रता र प्रतिबद्धताप्रतिको माओको गम्भीरता यहा“ राम्रेासित व्यक्तिएको छ । यही कुरा 'चिनिया“ कम्युनिस्ट पार्टर्ीीे राष्ट्रिय सम्मेलनमा प्रचारकार्य सम्बन्धमा भाषण'मा पनि व्यक्त गरेर माओले यसको गम्भीरताप्रति सबैको ध्यानाकर्षा गराएका छन् । प्रतिबद्धता र स्वतन्त्रताको केन्द्रमा पक्षधरता र वर्गसङ्र्घष्ालाई राखेको कुरा पनि त्यत्तिकै महत्त्वपर्ूण्ा छ ।
० सांस्कृतिक रूपान्तरणको महाअभियानः 'चिनिया“ महान् र्सवहारा सांस्कृतिक क्रान्ति'
स्टालिनको मुत्युपछि क्रुश्चेभ सत्तामा आएदेखि नै रूसी राजनीतिमा परिवर्तन आउन थालेको थियो । स्टालिनलाई विस्थापित गर्ने मात्र नभएर क्रमिक रूपमा समाजवादी मूल्यकै विरुद्ध पनि जाने कामहरूको आरम्भ हुन थालेको थियो । त्यहा“ स्टालिनविरोधीहरू सलबलाउन थालेका थिए भने चीनमा पनि दक्षिणपन्थीहरूको गठजोड र सक्रियता पनि बढ्दै गएको थियो । यो कुरा माओले नजिकैबाट अध्ययन गरिरहेका थिए । माओका १९५७ का दस्तावेजहरूको सूक्ष्म र गम्भीर अध्ययनबाट यो कुरा प्रस्ट हुन्छ । लुसान सम्मेलनको भाषण र त्यसको सेरोफेरोका माओका अभिव्यक्तिका साथै माओले गरेका पार्टर्ीीनर्ण्र्ाारूबाट यो कुरा अवगत गर्न सकिन्छ । पेङ् ते हुइ प्रकरणसित हाईजुइ प्रकरण जोडिएर आएको छ । पेङ ते हुइ र लिउ साओ चिसितको लडाइ“ सामान्य लडाइ“ नभएर दर्ुइ हेडक्वाटरबीचको लडाइ“ थियो भनेर माओले बराबर जोड दिनुले पनि स्थितिको गम्भीरतालाई दर्शाउ“छ ।
रूसको वीसौ“ पार्टर्ीीाङ्ग्रेसले लिएको नीतिपछि रूसप्रतिको हेराइ र बुझाइमा भिन्नता आउनु स्वाभाविक बनेको थियो । 'महाविवाद' पछि क्रुश्चेभ माओलाई विस्थापित गरेर आफ्नो अनुकूलको व्यक्ति र स्थितिको निर्माण गर्न चाहन्थ्यो । चीनमा दक्षिणपन्थीहरूको गठजोड अझ तीव्र बन्दै गयो । सांस्कृतिक रूपान्तरण उल्टो दिशातिर जान थाल्यो । सांस्कृतिक विचलन र आर्थिक भ्रष्टाचारका डरलाग्दा घटनाहरू व्यवहारमा देखिन थाले । पार्टर्ीी जनताबीचको सम्बन्ध पनि बिग्रिदै जा“दै थियो । 'दुश्मनको गोलीले समाप्त हुन नसकेका कमरेडहरू गुलियोमा मिसिएको गोलीले समाप्त भए, हाम्रा कमरेडहरूलाई कसैले केटीको प्रस्ताव राख्नु पर्दैन, एक खिली सिगरेटमा बिक्छन्',९. माओत्से तुङ, ' लिन प्याओका बारेमा', माओका दर्ुलभ रचनाहरू, सम्पा, भोगीराज चामलिङ - काठमाण्डौ“ ःखोजी प्रकाशन गृह, २०६४), पृ.१४०-१५२ । यो लेख माओका सङ्कलित रचना भाग, ९ अङ्ग्रेजी संस्करणमा' विभिन्न प्रान्तीय कमिटीका प्रतिनिधि कमरेडसितको कुराकानीका नाममा प्रकाशित छ । भनेर माओले पीडा व्यक्त गर्नुका पछाडि हरेक क्षेत्रमा देखिन थालेको विचलन नै प्रमुख कारण थियो । यी सबै कुरालाई नजिकैबाट अध्ययन गरिरहेका माओले रूपान्तरणका लागि शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउनु आवश्यक ठाने । 'दक्षिणपन्थी हेडक्वाटरमाथि बम बर्सर्ाा'को आह्वानका साथ 'चिनिया“ महान् र्सवहारा सांस्कृतिक क्रान्ति'को उद्घोष् गरिनु यसैको उपज थियो ।
एकहिसाबले भन्ने हो भने लुसान सम्मेलनदेखि १९६५ सम्मका रचनाहरू यसैको पर्ूव तयारीका लागि आएका थिए, जनमत सिर्जनाका लागि निर्माण गरिएका आधारहरू थिए । यिनमा माओले राजनीतिलाई केन्द्रमा राखेर सत्ता र संस्कृति, जनसम्बन्ध र रूपान्तरणका साथै निरन्तर क्रान्तिको दिशामा अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् । उनले सांस्कृतिक कर्मीहरूलाई आआफ्ना हतियारका साथ जनताको बीचमा जान आह्वान गरेका छन् । यसबीच प्रकाशित उनका रचनाहरूमध्ये 'समाजवादी निर्माणका कठिनाइ र त्यसका शिक्षाहरू' -१९५९), 'जनवादी केन्द्रीयताबारे' -१९६२), 'गल्ती सच्याउने र संशोधनवाद विरुद्धको सङ्र्घष्ाबारे' - १९६२),र्'दर्शनका बारेमा' -१९६४), र्'दर्शन र चिनिया“ जनवादी शिक्षा -१९६५) जस्ता रचनाहरूले विशेष महत्त्व राख्दछन् । यिनमा पनि' जनवादी केन्द्रीयताबारे', 'गल्ती सच्याउने र संशोधनवाद विरुद्धको सङ्र्घष्ाबार' र र्'दर्शनका बारेमा' जस्ता रचनाहरूको विशेष महत्त्व रहेको छ । माओले भन्ने गरेझै“ यी रचनाहरू जनमत सिर्जनामार्फ सांस्कृतिक क्रान्तिको पर्ूव तयारीका आधारहरू नै थिए ।
चीनमा क्रान्तिकारीहरू र संशोधनवादीहरूबीचको अन्तर्विरोध बढदै गएपछि प्रतिक्रान्तिको विरुद्ध र क्रान्तिको हितमा माओको नेतृत्वमा १९६६मा 'महान् चिनिया“ र्सवहारा सांस्कृतिक क्रान्ति'को आरम्भ भयो । यो आफ्नै टाउकामा आफै“ले आगो लगाउने अभियान थियो । यो निरन्तर क्रान्तिको वैचारिक मूल्यद्वारा निर्देशित महान् रूपान्तरणको अभियान थियो । चीनको सर्न्दर्भमा मात्र नभएर संशोधनवादी प्रदूषणबाट विश्व कम्युनिस्ट आन्दोलनलाई बचाउ“दै मालेमालाई अघि बढाउन गरिएको यो क्रान्ति, क्रान्तिकारी अभियानको क्षेत्रमा महान् फड्को थियो । संशोधावादविरुद्धको वैचारिक सङ्र्घष्ा, शुद्धीकरण र रूपान्तरणको यस अभियानसित जमेको पोखरी होइन, बगिरहने याङ्त्सेजस्ता कथनहरू पनि गा“सिएर आए । कार्यदिशा सही हुनु र नहुनुसितले सबै कुराको निर्ण्र्ाागर्छ भन्ने महत्त्वपर्ूण्ा कथन पनि गा“सिएर आए । सांस्कृतिक क्रान्ति नाम दिइएको यो अभियान रूपान्तरणका लागि समग्र आन्दोलन थियो भन्ने कुरा सोह्बु“दे र्सर्कुलरबाट अवगत गर्न सकिन्छ । यस र्सर्कुलरको पहिलो बु“दामै प्रस्टताका साथ यसो भनिएको छ,
यद्यपि बर्ुर्जुवा वर्ग सत्ताबाट मिल्किसकेको छ तापनि शोषक वर्गले अझै आफ्ना पुराना विचार, संस्कृति, रीतिरिवाज, चालचलन र आदतहरूको प्रयोग गरी जनतालाई भ्रमित पार्ने, उनीहरूको मस्तिष्कलाई नियन्त्रण गर्ने र सत्ता हत्याई पुरानै अवस्थामा फर्काउने हर प्रयास गरिरहेको छ । त्यसैले र्सवहारा वर्गले यसको ठीक उल्टो गनर्ुृ पर्दछ । बर्ुर्जुवाहरूबाट वैचारिक क्षेत्रमा आइपर्ने हरेक चुनौतीहरूलाई र्सवहारावर्गले डटेर प्रतिवाद गनर्ुर्ृृ पर्दछ र साथै र्सवहारा वर्गको नया“ विचार, संस्कृति,नया“ चलन र आदतहरूको प्रयोग गरेर सिङ्गो समाजको मानसिक दृष्टिकोण बदल्नु पर्दछ । वर्तमान समयमा हाम्रो लक्ष्य ती अधिकारसम्पन्न व्यक्तिहरू जसले पु“जीवादी बाटो समातेका छन्-उनीहरूका विरुद्ध सङ्र्घष्ा गर्नु, उनीहरूलाई सत्ताच्यूत गर्नु, तिरस्कार गर्नु र समाजवादी आधारसित मेल नखाने शिक्षा, साहित्य र कला तथा उपरिसंरचनाका अन्य अङ्गहरूमा फेरबदल ल्याइदिनु हो, जसबाट समाजवादी व्यवस्थाको सुदृढीकरण एवम् विकासमा सघाउ पुगोस् ।१० ), 'महान् र्सवहारा सांस्कृतिक क्रान्तिका सोह्रबु“दे निर्ण्र्ाा, मार्क्सवादी, लेनिनवादी,माओवादी सङ्गठनात्मक सिद्धान्त- सङ्कलन) , - - जनदिशा प्रकाशन, २०६२,पृ.१९२।
माथिको भनाइबाट सांस्कृतिक क्रान्तिको उद्देश्य प्रस्ट हुन्छ । मार्क्सवादको महत्त्वपर्ूण्ा पक्ष 'व्रि्रोह गर्नु अधिकार हो' भन्ने कुरालाई माओले बराबर जोड दिएका छन् । 'चिनिया“ महान् र्सवहारा सांस्कृतिक क्रान्ति' यही महान् व्रि्रोह थियो । संशोधनवाद र विर्सजनवादका विरुद्ध माओले लडेको यो जटिल र महान् युद्ध नै थियो । राजीतिलाई केन्द्रमा राखेर लडेको यो युद्धको मूल उद्देश्य सांस्कृतिक रूपान्तरण नै थियो । यसमा जनसमूह, पार्टर्ीीर्यकर्ता, जनसेना र सांस्कृतिक-बौद्धिक सबै सेनाको प्रयोग गरिएको थियो । बुद्धिजीवीहरूलाई जनताका बीचमा जान र श्रम कार्यमा सहभागी हुन भनिएको थियो, साहित्यकारहरूलाई मजदुर र किसानका बीच गएर कथा, कविता र उपन्यास सिर्जना गर्न आह्वान गरिएको थियो र कलाकारलाई गीतसङ्गीत र अपेरामार्फ प्रतिक्रान्तिकारी चिन्तनको भण्डाफोर र समाजवादका पक्षमा जनमत सिर्जना गर्न आह्वान गरिएको थियो ।
१९७१ पुग्दानपुग्दै सांस्कृतिक क्रान्तिको आवरणमा लिनप्याओका गलत प्रवृत्तिहरू सतहमा आउन थाले । सांस्कृतिक क्रान्तिका बारेमा विभिन्न प्रान्तका कमरेडहरूसितको भेटघाट र छलफलबाट माओको चिन्ता र चिन्तनको उच्च धरातल बोध गर्न सकिन्छ ।११ माओत्से तुङ, 'लिन प्याओका बारेमा', माओका दर्ुलभ रचनाहरू, पृ.१४०-१५२ । माओले त्यतिबेला पार्टर्ीी देखापरेको विचलनगत स्थिति र लिन प्याओ प्रवृत्तिबारे बडो चिन्ताका साथ खुलस्त ढङ्गले प्रकाश पारेका छन् । यसै अभियानका बीच देखापरेको लिनप्याओवादी प्रवृत्तिसमेतलाई परास्त गर्दै माओको मुत्यु हुनुअघिसम्म चलेको थियो यो अभियान । चिनिया“ कम्युनिस्ट पार्टर्ीीे दशौ“ राष्ट्रिय काङ्ग्रेसमा प्रस्तुत दस्तावेजले, लिन प्याओको चरित्र र कार्यलाई बर्ुर्जुवा क्यारियरिस्ट, षड्यन्त्रकारी, द्वैधचरित्रयुक्त, प्रतिक्रान्तिकारी, ट्रटस्कीवादी र शत्रुपक्षस“ग मिलेमतो गरेको भन्ने निर्ण्र्ाागर्दै यसरी संश्लेषण गरेको थियो-"हामीले मार्क्सवाद-लेनिनवाद-माओत्से-तुङ विचारधाराको अध्ययन गर्नुपर्दछ, साथै संशोधनवाद र बर्ुर्जुवा विश्वदृष्टिकोणको आलोचना गर्नुपर्दछ । हामीले उपरिसंरचनामा र संस्कृतिका सबै क्षेत्रहरूमा सङ्र्घष्ा-आलोचना-रूपान्तरणलाई राम्रोस“ग निरन्तरता दिनर्ुपर्दछ । क्रान्तिलाई पकड्न र उत्पादन बढाउन कडा परिश्रम गरौ“, युद्धविरुद्ध तयारी गरौ“ र अन्य क्षेत्रका कामहरू पनि दृढतापर्ूवक पूरा गरौ“"। चिनिया“ कम्युनिस्ट पार्टर्ीीे दशौ“ राष्ट्रिय काङ्ग्रेसद्वारा प्रेषित प्रेस वक्तव्य, चिनिया“ कम्युनिस्ट पार्टर्ीी दर्ुइलाइन सङ्र्घष्ाको इतिहास, अनु. देवेन्द्र तिम्ला, - काठमाडौ“ः प्रगति पुस्तक सदन, २०५७), पृ.११२ । यहा“ युद्धका विरुद्ध तयारी गरौ“ भन्ने भनाइले एकदमै गहन र गम्भीर अर्थबोध गराएको छ ।
० माओले लडेको लडाइ“को चारित्रिक विश्लेषण
१.माओले हरेक मोर्चामा लडाइ“ लडे र यस लडाइ“मा बौद्धिक-सांस्कृतिक मोर्चाको असाध्यै कुशलताका साथ प्रयोग गरे । माओले आरम्भदेखि नै दार्शनिक-वैचारिक पक्षको जग निर्माण गरे र जनसम्बन्धलाई अगाडि राखेर लडाइ“को मोर्चाको तयारी गरे । तीसको दशकका माओका 'व्यवहारका विषयमा', 'अन्तर्विरोधबारे' जस्ता रचनाहरूको महत्त्व दर्शन र राजनीतिसित मात्र सीमित छैन, यिनको सम्बन्ध आधार र अधिरचनासित पनि छ । त्यसै गरी 'सही विचार कहा“बाट आउ“छ -' भन्ने लेखको तात्कालिक सम्बन्ध र सर्न्दर्भ लिउ साओ चिका गलत चिन्तनको भण्डाफोरमा मात्र सीमित छैन, यसको दार्शनिक सम्बन्ध पदार्थ र चेतना, यथार्थ र प्रतिबिम्बनसित छ । मार्क्सले स्थापित गरेको र लेनिनले विकसित गरेको यथार्थ र प्रतिबिम्बनसम्बन्धी धारणालाई यस लेखले थप समृद्ध पारेको छ । समग्रमा हर्ेदा माओले दर्शन र राजनीतिको केन्द्रीयतामा सांस्कृतिक आन्दोलनलाई डोर्याएका छन् र सांस्कृतिक आन्दोलनलाई दर्शन र राजनीतिलाई समृद्ध पार्न एउटा सशक्त माध्यमको रूपमा प्रयोग गरेका छन् । आधार र अधिरचनाबीचको द्वन्द्वात्मकताको सबल प्रयोग र उपयोग माओको विशेषता हो । यो विभिन्न रूपमा मर्ूर्तिकृत भएको छ ।
२.माओको सांस्कृतिक आन्दोलनसम्बन्धी अवधारणमा मौलिकता, व्यापकता र प्रतिरोधात्मक पक्षको केन्द्रीय महत्त्व रहेको छ । चिनिया“ राजनीतिक क्रान्तिको सर्न्दर्भमा होस् या सांस्कृतिक आन्दोलनका सर्न्दर्भमा होस् चिनिया“ विशेषतायुक्त मोलिकतामा उनको जोड रह्यो । तीसको दशकमा यो कुरा प्रस्टताका साथ आएको छ भने 'नौलो जनवादको संस्कृति' र 'एनान प्रवचन' मा उनी झन खुलेर आएका छन् । त्यतिमात्र नभएर पछिका रचनामा पनि उनले यस कुरामा जोड दिएको कुरा 'सङ्गीतकर्मीहरूसितको कुराकानी' -१९५६) बाट अवगत गर्न सकिन्छ । यसै गरी जनसम्बन्ध र जनदिशाका बारेमा पनि उनको विशेष जोड रहेको छ । एनान प्रवचनदेखि लिएर 'चिनिया“ महान् र्सवहारा सांस्कृतिक क्रान्ति'कालका हरेक रचनामा माओको जोड, सांस्कृतिक कर्मीहरू जनताको बीचमा जाने र सिक्ने, रूपान्तरित हुने र समाजवादको पक्षमा जनमत सिर्जना गर्नुपर्ने कुरामा रहेको छ । चीनको दक्षिणी भाग चेन्दुमा भएको कार्यकर्ता भेटघाटमा होस् या प्रान्तीय कमरेडहरूसितको भेटघाटमा होस् माओले बुद्धिजीवी र लेखकहरूलाई कारखाना र मजदुरहरूका बीचमा जान र उपन्यास लेख्न आह्वान गरेका छन् ।
३. आफ्ना दार्शनिक र राजनीतिक दस्तावेजमा साहित्यकला, गीत, कविता, चित्रकला, निबन्ध र उपन्यासहरूको प्रयोग र लेखकहरूको सर्न्दर्भ जोडेर वैचारिक र व्यावहारिक प्रस्टता प्रदान गर्नु सांस्कृतिक आन्दोलनका सर्न्दर्भमा माओको अर्को महत्त्वपर्ूण्ा पक्ष हो । यथार्थतः माओले साहित्यिक कलाकृतिको वर्गसङ्र्घष्ामा असाध्यै कुशल प्रयोग गरेका छन् । उ सुनको जीवनी र जल किनारा जस्ता उपन्यासहरू साहित्यिक सर्न्दर्भमा मात्र आएका छैनन्, यी तत्कालीन वर्गसङ्र्घष्ाको सशक्त उपज बनेका छन् र यिनले मार्क्सवादी सौ“र्न्दर्यशास्त्रलाई समृद्ध पार्न असाध्यै महत्त्वपर्ूण्ा भूमिका खेलेका छन् ।
४.स्वतन्त्रता र प्रतिबद्धताका सर्न्दर्भमा माओले निर्दिष्ट गरेको दिशाले पनि सांस्कृतिक आन्दोलनमा महत्त्वपर्ूण्ा प्रकास पारेको छ । केलाई स्थापित गर्ने र केलाई विस्थापित गर्ने, केको प्रशंसा गर्ने र केकेा भण्डाफोर गर्नेदेखि लिएर माओले स्वतन्त्रता र प्रतिबद्धतालाई पनि नया“ किसिमले परिभाषित गरेका छन् । साहित्यकलाका आफ्नै नियमसङगतिहरू हुन्छन् र र्सर्ाार्यशास्त्रका आभारभूत मान्यताहरू स्वतन्त्र हुन्छन् भन्ने कुरामा एकातिर माओको जोड छ भने अर्कोतिर यी नियमहरू समाजविकास र वर्गसङ्र्घष्ाको नियमभन्दा नितान्त फरक र निरपेक्ष हु“दैनन् भनेर माओले स्वतन्त्रताको अर्थ निरपेक्ष स्वतन्त्रता, अराजकता र पु“जीवादी स्वतन्त्रता होइन भन्ने कुराप्रति पनि सचेत गराएका छन् । माओले जनप्रतिबद्धताबिनाको स्वतन्त्रताको कुनै अर्थ छैन भन्ने कुरामा जोड दिएका छन् । साथै माओले व्यक्तिको क्षमता, प्रतिभा र कुशलताका लागि व्यापक आयाम र परिवेश दिनुपर्ने कुरामा पनि जोड दिएका छन् । यसै मूल्य र मान्यताका आधारमा स्रष्टाको वर्गचेतना र पक्षधरताको निक्र्यौल गर्नुका साथै प्रशासनिक वा प्राविधिक आदेश र निर्देशद्वारा नभई व्यापक र्सर्ाार्यशास्त्रीय बहस र छफलमार्फ कुनै पनि कृतिको पक्षधरताको किटान गर्नु पर्ने कुरामा उनले जोड दिएका छन् । माओले लडेको लडाइ“मध्ये यो पनि एउटा महत्त्वपर्ूण्ा लडाइ“ हो ।
५. क्रान्तिकारी विचार र राजनीतिको केन्द्रीयतामा विचारले सुसज्जित, प्रतिरोधात्मक क्ष्ँमतावान्, सङगठित र योजनाबद्धतामा गतिशील र क्रियाशील र विधागत दक्षताले भरिपर्ूण्ा मोर्चाबद्ध शक्तिका रूपमा सांस्कृतिक मोर्चाको भूमिकालाई स्थापित गर्ने कुरामा नै माओको लडाइ“ केन्द्रित रह्यो । यस क्रममा उनी अन्धनक्कलवाद, वामपन्थी सङ्कर्ीण्ातावाद, ट्रटस्कीवाद र अराजकतावाद सबैसित लडे, तर सबैभन्दा बढी उनी दक्षिणपन्थी संशोधनवाद र विर्सजनवादका विरुद्ध लडे । प्रतिक्रियावाद र सबैखाले अवसरवादका विरुद्धको लडाइ“मा सांस्कृतिक मोर्चाको आवश्यकता र औचित्यलाई स्थापित गर्नु र यसको कुशलतापर्ूवक प्रयोग गर्नु माओको विशेषता रह्यो । मार्क्सवादी सौर्न्दर्यशास्त्र भीषण वर्गसङ्र्घष्ाका वीचबाट जन्म्यो र वर्गसङ्र्घष्ाकै बीचबाट समृद्ध बन्दै आयो भन्ने कुरा माओले लडेको लडाइ“बाट अवगत गर्न सकिन्छ ।
० माओ र हामीले लड्दै गरेको लडाइ“
प्रारम्भिक कालमा माओले निर्दिष्ट गरेको दिशालाई दृढतापर्ूवक लागू गरियो गरियन वा यसमा के-कस्ता बुझाइगत समस्याहरू रहे, यो बेग्लै छलफलको कुरा हो तापनि नेपाली कम्युनिस्ट राजनीतिले आरम्भदेखि नै नया“ जनवादी राजनीतिको महत्त्वमा जोड दिएको र सांस्कृतिक आन्दोलनले पनि त्यसैलाई पछ्याएको यथार्थको भरपर्दा आधारहरू छन् । त्यसपछि पनि मार्क्सवाद, लेनिनवाद र माओविचारधारा, वर्गसङ्र्घष्ा र परिवर्तनका कुरा धेरै भए र गरिए । २०४० सालपछि नेपाल कम्युनिस्ट पार्टर्ीीमशाल) ले संशोधनवादसितको सम्बन्ध विच्छेद गर्दै माओवादलाई सैद्धान्तिक प्रस्थापनाको रूपमा स्थापित गरेर राजनीतिलाई नया“ किसिमले गति दिन थालेपछि नै नेपाली कम्युनिस्ट आन्दोलनले नया“ मोड लिएको हो । यसको ठोस र योजनाबद्धताको आरम्भ नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) को निर्माणस“गस“गै भयो । नेपाली कम्युनिस्ट आन्दोलनमा मालेमाको मूल्यको कार्यान्वयनको प्रतिबद्धताका दृष्टिले यो ऐतिहासिक मोड थियो ।
संसदीय गोलचक्करबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई मुक्त पारेर आमूल परिवर्तनको महान् दिशामा मोर्चाबद्ध भएर अघि बढ्न हामीले २०५२ सालमा महान् जनयुद्धको थालनी गर्यौ“ । यो रहर या करकापको कुरा थिएन, बरु महान् उद्देश्य प्राप्तिका लागि रोजिएको बलिदानको महाअभियान थियो । हामीले रूसी शिक्षा र अनुभव लियौ“ । चिनिया“ शिक्षा र अनुभव पनि लियौ“ । हामीले सबैभन्दा बढी चिनिया“ अनुभव, शिक्षा र प्रयोगहरू लियौ“ र तिनको नेपाली विशेषता र मौलिकतामा प्रयोग गर्यौ“ । हाम्रो सफलताको विशेषता पनि यसैमा सन्निहित थियो । हामीले हामीसित भएका सबै साधन, श्रोत, उपाय र मोर्चाहरूको कलात्मक प्रयोग गर्यौ“ । सबैथरी प्रतिक्रियावादी वर्ग-साम्राज्यवाद र विस्तारवादका साथै संसोधनवादका बहुरूपसित पनि हामी लड्यौ“ र आवश्यक पर्दा आफै“भित्र पनि लड्यौ“ ।
मार्क्सवाद, लेनिनवाद र माओवादको आलोकमा लडिएको दशबर्सर्ेेहान् जनयुद्ध समग्र युद्ध थियो । ध्वंस र निर्माणको यसै महान् अभियानमा जनसेनाको गठन, आधारइलाकाको निर्माण र जनसत्ताको निर्माण गर्दै हामी सांस्कृतिक रूपान्तरणको नया“ दिशामा अघि बढ्यौ“ । राजनीतिक र सैनिक मोर्चास“गै हामी सांस्कृतिक कर्मीले पनि बलिदानको महान् इतिहास निर्माण गर्यौ“ । सांस्कृतिक मोर्चाको हाम्रो इतिहास रूस र चीनको भन्दा पृथक, उच्च र साच्चिकै उदाहरण्ीय रह्यो । राजनीतिक मोर्चाको अभिन्न अङ्ग बनेर सांस्कृतिक मोर्चाले आफ्नो भूमिका पूरा गर्यो । एनान प्रवचनको महत्त्व र मूल्यलाई न्यूनीकरण गर्ने प्रवृत्तिका विरुद्ध र माओले प्रस्तुत गरेको सांस्कृतिक सेना र पल्टनसम्बन्धी धारणालाई बुझ्ने कुरामा रहेका केही यान्त्रिक र विकृत सोचाइविरुद्ध पनि मोर्चाका क्रान्तिकारीहरूले दरिलै लडाइ“ लड्यौ“ ।
हाम्रो सांस्कृतिक आन्दोलनमा मोर्चाको नेतृत्वमा रहेकाहरूमध्ये एकाधले आत्मर्समर्पण र पलायनताको बाटो लिए पनि सारमा प्रतिरोध अभियानमा सांस्कृतिक मोर्चाले खेलेको भूमिका ऐतिहासिक रह्यो । आम्रो आन्दोलनको मूल चरित्र क्रान्तिकारी आशावाद र उर्त्र्सगबोधको अनुभावले भरिपर्ूण्ा नै रह्यो । यसबीच स्वतन्त्रता र प्रतिबद्धताको द्वन्द्वात्मकतालाई बुझ्ने र व्यहारमा लागू गर्ने, कुनै पनि कलाकृतिको पक्षधरता र प्रतिबद्धताको समग्रताको किटान गर्ने र कृतिमूल्याङ्कनको मार्क्सवादी सौर्न्दर्यशास्त्रीय मूल्यबोध गर्ने कुरामा कतिपयमा मनोगतवादी र आदर्शवादी सोचाइहरू रहे । लेनिन र माओकै अवधारणालाई निषेध गर्ने काम भयो । १९२५ को रूसी अनुभव र माओले निर्देशित गरेको र हामीले प्रतिबद्धता जनाएका कतिपय मूल्यहरूको बुझाइमा र व्यवहारमा, आन्दोलनमा लागेका केही कमरेडहरूमा अनुभववादी र क्षेत्रीयतावादी सङ्कर्ीण्ाता र यान्त्रिकताजस्ता कमजोरी रहेपनि महान् जनयुद्धको एउटा अंश बनेर आन्दोलनरत रहने कुरामा सांस्कृतिक मोर्चाको इमानदारी र प्रतिबद्धतामा भने कमी रहेन । यो हाम्रो इतिहास हो र यसलाई हामीले मालेमा र प्रचण्डपथको आलोकमा आर्जन गरेका थियौ“ । यो पनि हामीले भोगेको र आर्जन गरेको यथार्थ हो ।
त्याग, बलिदान र उर्त्र्सगको महान् विरासत र प्रारूपीयसित सम्बद्ध यथार्थ यस्तो हु“दाहु“दै पनि पछिल्ला दिनहरूमा खास गरेर पार्टर्ीीशान्तिप्रक्रिया' मा आएपछिका दिनमा राजनीतिक र सांस्कृतिक क्षेत्रमा जे-जस्ता परिदृश्यहरू देखिए र देखापरिरहेका छन्, यी असाध्यै दुखदायी र पीडादायी छन् । यस्ता विसङ्गति र विकृतिहरू कहा“कहा“ के र कसरी देखापरे यी सबैको सूचीकृत वर्ण्र्ाार विवरण यहा“ सम्भव छैन । तर स्थिति असाध्यै गम्भीर र चिन्ताजनक चाहि“ छ ।
हिजो हामीले जनयुद्धका क्रममा आर्जन गरेका सबै आदर्श, मूल्य र प्राप्तिहरू अहिले इतिहासको विषय बनाइन थालिएको छ । वैचारिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा विचलन तीव्र छ र उपयोगितावाद र उपभोक्तवादको चौतर्फी अतिक्रमण छ । 'हामी' हराएको छ र 'म' अगाडि छ । 'हाम्रो' हराएको छ र 'मेरो'ले ठाउ“ ओगटेको छ । कार्यकर्ता र जनसमूह हराएको छ र मेरो परिवार र मेरा नातागोता प्रधान बनेको छ । आर्थिक भ्रष्टाचार र मूल्यहरूको स्खलन एकदमै तीव्र बनेको छ । जनयुद्धकालमै देखापरेका कतिपय विसङ्गतिका विरुद्ध पार्टर्ीी चुनवाङ बैठकमार्फ धावा बोलेको थियो ।१२ हर्ेर्नुहोस् नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) का ऐतिहासिक दस्तावेजहरू, दोसं.- पश्चिम कमाण्डः नेकपा -माओवादी ),२०६३) , पृ २९२-३०९ । अहिले त महाविचलनको स्थिति देखापरेको छ । माओले 'चिनिया“ र्सवहारा सांस्कृतिक क्रान्ति'का बेला देखेका र औ“ल्याएका सबै विकृति र विसङ्गतिहरू हामी हाम्रो वरिपरि देखिरहेका छौ“ र भोगिरहेका छौ“ । कुरा त हामीले आफ्नै टाउकामा आफै“ले आगो लगाउने गरेका हौ“ । हामीले क्रान्तिभित्र क्रान्ति गर्ने प्रतिबद्धता पनि जनाएका हौ“ । आचारसंहिता र शुद्धीकरणका कुरा पनि उठाएका हौ“ र केके प्रतिबद्धता पनि जनाएका हौ“ । तर स्थिति एकदमै नकारात्मक र पीडादायी छ । त्यसैले यतिबेर पार्टर्ीीत्र निर्मम वैचारिक सङ्र्घष्ा र क्रान्तिको चरणअनुरूपको नेपाली मौलिकताको सांस्कृतिक क्रान्तिको आवश्यकताबोध भएको छ ।
माओ विचारधाराको नाम लिएर संशोधनवादको अभ्यास गर्ने प्रवृत्तिका विरुद्ध धावा बोल्दै हामीले माओवादको औचित्य स्थापित गर्यौ“ । अब माओवादलाई पुच्छर भन्दै यसलाई छाड्नुपर्ने कुरा उठाउन थालिएको छ । राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्नेजस्ता खतरनाक कुराहरू गर्न थालिएको छ । त्यतिले नपुगेर ट्रटस्कीको फेर समातेर क्रान्तिलाई कहिल्यै सम्पन्न नहुने कार्यमा परिभाषित गर्न थालिएको छ । र्सार्वभौम र प्रधान पक्ष वर्गीयता हराएको छ र विशिष्ट पक्ष प्रधान बनेको छ । वर्गसङ्र्घष्ाको ठाउ“ समावेसीको वर्गसमन्वयवादी योजनाबद्धताले लिन थालेको छ र वर्गीयताभन्दा र जातीयतावाद, लिङ्गवाद र क्षेत्रीयतावाद केन्द्रित चिन्तन प्रधान हुन थालेको छ । मार्क्स हराएका छन् र स्यामुअल हटिङ्टनहरूको चौतर्फी जगजगी छ । यस्ता विसङ्गतिहरूबाट मुक्त हुन वैचारिक शुद्धीकरण र सुदृढीकरणको अभियानलाई दृढताका साथ व्यवहारमा लैजानुको विकल्प छैन
वास्तवमा हामी मार्क्सवाद-लेनिनवाद र माओवादप्रति प्रतिबद्ध छौ“ भने, हामी सही अर्थमा माओलाई सम्भिmरहेका र माओको शिक्षालाई आत्मसात गरिरहेका छौ“ भने, हामी हाम्रो जनयुद्धको त्यो महान् इतिहास, त्यो गरिमामय गाथा, अभूतपर्ूव शौर्य र सौर्न्दर्यमूल्यप्रति गम्भीर छौ“ भने, हामीले एकपल्ट फर्केर हर्ेर्नैपर्छ र आत्मसमीक्षा गर्नेपर्छ । हामी सा“च्चिकै 'चिनिया“ महान् र्सवहारा सांस्कृतिक क्रान्ति'प्रति प्रतिबद्ध छौ“ भने हामी जमेको पोखरी होइन गतिवान् कर्ण्ााली बन्नर्ैपर्छ र आफ्नै टाउकामा आफै“ले आगो झोस्न तमतयार हुनर्ैपर्छ । एकपल्ट फेरि हामी सांसकृतिक कर्मीहरूले पनि जनयुद्ध सुरु हुनुअघिझै“ शुद्धीकरण र सांस्कृतिक क्रान्तिको अभियान लिएर गाउ“गाउ“मा जनताका बीच जानर्ैपर्छ र जनमत सिर्जनाका लागि हाम्रा समग्र विधारूपहरूको सशक्त र मोर्चाबद्ध प्रयोग गर्नैपर्ने हुन्छ । यसका लागि सांस्कृतिक मोर्चाभित्रै पहिले सङ्र्घष्ाको मोर्चा खोल्नर्ुपर्दछ । लडाइ“ यही“बाट सुरु गनुर्ृपर्छ । विचलनविरुद्धको अभियान यही“बाट थालनी गनुर्ृपर्छ । 'व्रि्रोह गर्नु अधिकार हो' भन्ने यथार्थलाई यही“बाट लागू गर्नुपर्छ । माओ र सांस्कृतिक क्रान्तिलाई सही अर्थमा बुझ्ने कुरा यही“बाट आरम्भ हुन्छ । माओको नजिक बसेर माओकै हत्या गर्न र क्रान्तिको घा“टी निमोठ्ने लिन प्याओ र चेन पो-ताहरूले केके गरे भन्ने कुरालाई पनि हामीले गम्भीरतापर्ूवक लिनर्ैपर्छ ।
सा“चो कुरा के हो भने हामी अहिले लडाइ“को यस मोर्चालाई नया“ किसिमले क्रियाशील बनाउने अभियानमा छौ“ । यहा“ फेरि हामीले माओलाई सम्भिmनु आवश्यक छ-"हाम्रो पार्टर्ीीट चलाइने अखबारहरू र हाम्रो पार्टर्ीीे प्रचारकार्य सजीव प्रस्ट र तिख्खर हुनर्ुपर्छ र तिनले मसिनो स्वरमा गुनगुनाउने र कुरा चपाउने गनर्ुृहु“दैन । हामीले जनतालाई सत्य चिन्ने शिक्षा दिन र तिनको आफ्नै मुक्तिका लागि लड्न, तिनलाई ब्यूझाउन चाहेका हुनाले हामीलाई लडाकू शैलीको खा“चो पर्छ । भुत्ते चक्कुले रगत आउ“दैन ।" माओका यी भनाइहरूलाई हामी जनमत सिर्जना र प्रचारकार्यमा लागेकाहरूले व्यवहारमा आत्मसात गर्नैपर्छ । गलत कुरासित कहिल्यै सम्झौता नगर्ने माओको दृढता र इच्छाशक्तिलाई आत्मसात गर्दै दृढताका साथ क्रियाशील हुनर्ुपर्छ ।
सत्य कुरा के हो भने, लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा-'मीठो लाग्छ मलाई त प्रिय कथा प्राचीन संसारको' भनेझै“ अतीतमा नै रमाइरहने रुमानीपनको पनि काम छैन र वर्तमानको रङ्गीचङ्गी दुनिया“ नै समग्र हो भनेर उत्तरआधुनिकतावादी-उपभोक्तावादी रमझम र मायाजालमा रमाउनुको पनि अर्थ छैन । यतिबेर दृढ इच्छाशक्तिमा आधारित क्रान्तिकारी आशावादिता र नया“ किसिमको त्याग र बलिदानको आवश्यकता छ । माओ शब्द होइनन्, कर्म हुन्, माओवाद शब्दखेल होइन, मूल्यबोध र जीवनव्यवहार हो । को लि साउ चि, तेङ् र लिन प्याओ बन्ने हो र को सही अर्थमा माओले देखाएको बाटोमा दृढताका साथ अघि बढ्ने हो, प्रश्न यही“नेर छ । लडाइ“ यसैमा केन्द्रित छ । र समय यसैलाई गम्भीरतापर्ूवक नियालिरहेको छ ।
मङ्सिर, २१, २०६६
0 comments:
Post a Comment