Wednesday, February 3, 2010

कमरेड माओ र नेपाली क्रान्ति

Posted by COMMUNIST OUTLOOK On 2:44 PM No comments


· किरण

प्रस्तावना ः
कमरेड माओ विश्वर्-र्सवहारावर्गका महान् नेता, शिक्षक र रणनीति विशारद हुनुहुन्थ्यो । अहिले माओको निधन भएको तेत्तीस वर्षपूरा भैसकेको छ र यो वर्षहामीले माओको ११६औंं जयन्ती मनाईसकेकाछौं । यो बेला माओका योगदानहरुको संस्मरण गर्नु हाम्रा लागि सैद्धान्तिक तथा व्यावहारिक दुवै दृष्टिले विशेष ऐतिहासिक महत्वको विषय बन्न गएको छ ।
माओले मार्क्सवाद-लेनिनवादलाई चीनको भूमिमा सिर्जनात्मक प्रयोग गरेर त्यसलाई मार्क्सव्ााद-लेनिनवाद-माओवाद/विचारको नया“ उ“चाइमा विकसित तुल्याउनु भयो । हाम्रो पार्टर्ीीे नामाङ्कन ने.क.पा.-माओवादी) का रुपमा गरियो र पार्टर्ीी मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथपर््रदर्शक सिद्धान्त मान्दै नेपालमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध नया“ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हु“दै साम्यवादको महान् आदर्श प्राप्तिका खातिर महान् जनयुद्धको प्रक्रियालाई अगाडि बढायो । अहिले हामी शान्तिको प्रक्रियामा खडा छौं र नेपाली क्रान्तिलाई सफलतापर्ूवक अगाडि बढाउनका लागि मालेमाको सिद्धान्तलाई अझ दह्रोसंग पकड्न अनिवार्य रुपमा आवश्यक बन्न गएको छ । क्रान्तिलाई अगाडि बढाउने प्रक्रियामा विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा अनेकौं प्रकारका विचलनहरु पैदा हु“दै आएका छन् र यी विचलनहरुमध्ये दंक्षिणपन्थी संशोधनवाद नै वर्तमान सर्न्दर्भमा नेपाली क्रान्तिका लागि प्रमुख खतरा रहेको छ । क्रान्तिलाई विजयको दिशामा अगाडि बढाउनका लागि यस प्रकारका विचलनहरुका विरुद्ध कसरी संर्घष्ा चलाउने भन्ने प्रश्न अहिले हाम्रा लागि अत्यन्तै विचारणीय प्रश्न बन्न गएको छ ।
यिनै विषय र सर्न्दर्भहरुलाई केन्द्रबिन्दुमा राखी माओका सैद्धान्तिक योगदानहरु र नेपाली क्रान्तिको सर्न्दर्भबारे संक्षिप्तमा चर्चा गर्नु प्रस्तुत लेखको मूल अभीष्ट रहेको छ ।
सिद्धान्तका तीन संघटक अंगबारे
मार्क्सवाद-लेनिनवाद-माओवादका तीन संघटक अंग छन् । ती हुन्र्-दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । यी तीन ओटै क्षेत्रमा माओको के कस्तो योगदान रह्यो, त्यसलाई मूलतः यसरी प्रस्तुत गर्न सकिन्छ ः
-क) दर्शनको क्षेत्रः
माओको विचारमा दर्शन भनेको ज्ञानको सिद्धान्त हो र त्यो वर्गसंर्घष्ासंग अभिन्न रुपमा गा“सिएको छ । माओले दर्शनलाई प्रवचन कक्षबाट बाहिर निकालेर जनसमुदायका बीचमा पुर्‍याउनु पर्ने आवश्यकता माथि विशेष जोड दिनु भएको थियो । मार्क्सवादी दर्शनको सारतत्व भनेको दुनिया“ बुझ्ने र मुख्यतः दुनिया“ बदल्ने हो । माओले दर्शनको यस प्रकारको सारतत्वलाई दृढतापर्ूवक अवलम्वन गर्नु भयो । दर्शनको फा“टमा माओका मूल योगदान यी हुन्ः
· अन्तर्विरोधको नियम ः
द्वन्द्ववादको क्षेत्रमा माओको विशिष्ट योगदानका रुपमा अन्तर्विरोधको नियमलाई लिइन्छ । माओले प्रकृति, समाज र चिन्तनमा विद्यमान अन्तर्विरोधका विविध पक्षहरुबारे विशद चर्चा गर्नु भएको छ र विपरीतहरुको एकत्वको नियमलाई द्वन्द्ववादको आधारभूत नियमका रुपमा विकसित तुल्याउनु भएको छ । यो प्रक्रियामा वहा“ले वर्गसमन्वयवाद र संझौतावादका विरुद्ध एकको दर्ुइमा विभाजन तथा विश्लेषण र संश्लेषणको मान्यतालाई नया“ उ“चाइ प्रदान गर्नु भएको छ ।
· ज्ञानको दर्ुइ छलाङ्गको सिद्धान्त ः
ज्ञानसिद्धान्तको क्षेत्रमा माओले द्वन्द्वात्मक भौतिकवादलाई दृढतापर्ूवक अवलम्बन गर्दै इन्द्रियजन्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा फड्को हान्ने र बुद्धिसंगत ज्ञानलाई व्यवहारमा प्रयोग गर्नेबारे राम्रो प्रकाश पार्नु भएको छ । माओद्वारा विकसित ज्ञानको दर्ुइ छलाङ्गको सिद्धान्त भनेको पदार्थबाट चेतना र चेतनाबाट पदार्थमा जाने प्रक्रियाको विवेचना हो ।
· ऐतिहासिक भौतिकवादः
सामाजिक सत्ता र सामाजिक चेतना, इतिहास निर्माणमा जनताको भूमिका, वर्ग तथा वर्गसंर्घष्ा, समाजमा विद्यमान अन्तर्विरोधहरुको अध्ययन तथा तिनको समाधान गर्ने तरिका, उत्पादक शक्तिको सिद्धान्तको विरोध र सचेतन पक्षको भूमिका आदि विषयलाई ऐतिहासिक भौतिकवादको क्षेत्रमा माओको योगदानका रुपमा लिइन्छ । माओले विश्व-क्रान्तिको विकासको दिशालाई ठम्याउने सर्न्दर्भमा सबैखाले प्रतिक्रियावाद र साम्राज्यवादलाई रणनीतिक रुपमा कागजी बाघ र कार्यनीतिक रुपमा सा“च्चैको बाघ बताउनु भएको थियो । माओको यो सोंच ऐतिहासिक भौतिकवादका दृष्टिले वैज्ञानिक तथा दूरगामी महत्वको र साथै क्रान्तिकारी आशावादी समेत रहेको छ । ऐतिहासिक भौतिकवाद राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादसंग जोडिएको छ ।
-ख) राजनीतिक अर्थशास्त्रको क्षेत्र
माओको भनाइमा राजनीतिक अर्थशास्त्रको उद्देश्य भनेको उत्पादन सम्बन्धको अध्ययन गर्नु हो । राजनीतिक अर्थशास्त्रमा उत्पादक शक्ति र उत्पादनसम्बन्ध, आधार र उपरिसंरचना तथा उत्पीडित वर्ग र उत्पीडक वर्गका बीचको संर्घष्ाबारे विस्तृत रुपमा विश्लेषण र संश्लेषण गर्ने काम हुन्छ । अर्थशास्त्रको क्षेत्रमा माओका प्रमुख योगदान यी हुन्ः
· चिनिया समाजको वर्गविश्लेषण
माओले अर्द्धऔपनिवेशिक तथा अर्द्धसामन्ती अवस्थामा रहेको चिनिया समाजको वैज्ञानिक वर्गविश्लेषण गर्नु भयो । यस सर्न्दर्भमा वहा“ले सामन्त, नोकरशाह र दलाल पु“जीपति वर्गलाई क्रान्तिको दुश्मनका रुपमा प्रस्तुत गर्नु भयो । वहा“ले क्रान्तिको नेतृत्वकारी शक्तिका रुपमा औद्योगिक र्सवहारावर्ग र क्रान्तिका अत्यन्तै नजिकका मित्रहरुमा अर्द्धर्सवहारावर्ग तथा निम्नपु“जीपति वर्गलाई लिनु भएको छ । समाजवादी क्रान्तिकालमा वहा“ले पु“जीपति वर्गलाई मुख्य दुश्मन मान्दै त्यसका विरुद्ध संर्घष्ा गर्नुपर्ने कुरामा जोडदिनु भएको छ ।
· नोकरशाही पु“जीवादको अवधारणा
माओले अर्द्धऔपनिवेशिक तथा अर्द्धसामन्ती अवस्थामा रहेको देशका सर्न्दर्भमा नोकरशाही पु“जीवादको अवधारणालाई विकसित तुल्याउने काम गर्नुभयो ।
· समाजवादी अर्थतन्त्रबारे योगदान
माओले समाजवादी समाजमा राजनीति तथा विचारधाराको कमाण्डमा क्रान्तिमा जोडदिंदै उत्पादन कार्यलाई बढाउने र योजनाबद्ध रुपमा अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । माओले एकातिर कृषि तथा उद्योग, साना तथा ठूला उद्योग र स्थानीय तथा केन्द्रीय उद्योगका बीचको सन्तुलन र असन्तुलनको द्वन्द्ववादमाथि राम्रो प्रकाश पार्नु भयो भने अर्कोतिर कृषिलाई आधारभूत र उद्योगलाई मुख्य मान्दै प्रतिस्पर्धा र अराजकता दुवैका विरुद्ध योजनाबद्ध ढंगले समाजवादी अर्थतन्त्रको निर्माणमा जोडदिनु भयो ।
-ग) वैज्ञानिक समाजवादबारे
माओको विचारमा समाजवाद अर्न्तर्गत वर्गसंर्घष्ा तथा राज्यसत्ताका सिद्धान्तहरु र क्रान्ति तथा पार्टर्ीी सिद्धान्तहरुका साथै सैन्य रणनीति तथा कार्यनीतिहरु पनि पर्दछन् ।
वैज्ञानिक समाजवादको क्षेत्रमा माओका योगदान मूलतः यी हुन् ः
· नया“ जनवाद
माओले चीन जस्तो अर्द्धसामन्ती तथा अर्द्धऔपनिवेशिक मुलुकका लागि र्सवहारावर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध नया“ जनवादी राज्यसत्ताको स्थापना गर्ने सिद्धान्त प्रतिपादन गर्नु भयो ।
· दर्ीघकालीन जनयुद्धको सिद्धान्त
माओले चीन जस्तो अर्द्धसामन्ती तथा अर्द्धऔपनिवेशिक देशमा सम्पन्न गरिने सशस्त्र संर्घष्ाको प्रकृति दर्ीघकालीन हुने कुरा बताउनु भयो । वहा“का अनुसार यसप्रकारको दर्ीघकालीन जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणका तीन चरण पार गर्दै अगाडि बढ्दछ ।
·र् र्सवहारा अधिनायकत्व अर्न्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त
माओले रुसी क्रान्तिका अनुभव र चीनको जटिल स्थितिमाथि ध्यानदिंदै समाजवादी मुलुकका लागि र्सवहारा अधिनायकत्व अर्न्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादित गर्नुभयो । त्यसै अनुरुप चीनमा महान् र्सवहारा क्रान्ति सञ्चालन गरियो ।
· युद्ध र शान्तिसम्बन्धी मान्यता
कुनै पनि मुलुकमा क्रान्ति सम्पन्न गर्नका लागि युद्ध र शान्तिका सर्न्दर्भमा स्पष्ट हुन जरुरी हुन्छ । सोभियत रुसमा खु्रश्चोभद्वारा पेश गरिएको शान्तिपर्ूण्ा संक्रमणको सिद्धान्तको विरोधमा माओले सशस्त्र संर्घष्ाको सिद्धान्तको दृढ पक्षपोषण गर्नुभयो । माओले सशस्त्र संर्घष्ा र्सवहारा क्रान्तिको र्सार्वभौम नियम हो भन्ने मान्यतालाई पुनःस्थापित गर्नुभयो ।
· क्रान्तिको कार्यदिशा
कार्यदिशा भनेको क्रान्तिको उद्देश्य, नीति, कार्यक्रम र योजनाको समग्रता हो । माओले क्रान्तिकारी विचारधाराको आलोक र ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा पार्टर्ीीे कार्यक्रम, नीति र योजनाको निर्माण तथा विकास गर्नुपर्ने कुरामा विशेष जोड दिनु भयो ।
· तीन जादुगरी हतियारको प्रश्न
माओले क्रान्तिका लागि तीन जादुगरी हतियार अनिवार्य रुपमा आवश्यक हुने कुरा बताउनु भयो । ती तीन जादुगरी हतियार हुन्- नया“ ढंगको कम्युनिष्ट पार्टर्ीीजनमुक्ति सेना तथा संयुक्त मोर्चा । साथै वहा“ले मजदुर, किसान लगायतका विभिन्न जनवर्गीय मोर्चाहरुको महत्व र निर्माणमा पनि जोडदिनु भएको छ । र्
दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा माओले गरेका योगदानहरुलाई माओवाद/माओविचार भनिन्छ । माओका योगदानहरुबारे लामो सूची तयार पार्न तथा व्याख्या गर्न सकिन्छ र यो त संक्षिप्त टिपोट मात्र हो । हामीले माओका यसप्रकारका योगदानहरुलाई गम्भीरतापर्ूवक आत्मसात् गर्नु जरुरी छ । यसको वास्तविक अर्थ माओवाद/माओविचारलाई र्सार्वभौम सिद्धान्तका रुपमा अंगीकार गर्नु नै हो ।
नेपाली क्रान्तिको सर्न्दर्भ
मार्क्सवाद-लेनिनवाद-माओवादको रक्षा, प्रयोग र विकास गर्ने काम अत्यन्तै महान् परन्तु कष्टसाध्य काम हो । यस प्रकारको सिद्धान्तलाई नेपाली धर्तीमा सिर्जनात्मक ढंगले प्रयोग गरेर नै त्यसको रक्षा र विकास हुन सक्तछ । यी सबै कामका लागि वर्तमान सर्न्दर्भमा ध्यान दिनुपर्ने विषयहरु मूलतः निम्नअनुसार रहेका छन् ः
-क) पथपर््रदर्शक सिद्धान्तको प्रश्न ः
माओले क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीी लागि मार्क्सवाद-लेनिनवादको सैद्धान्तिक पथपर््रदर्शन अनिवार्य रुपमा आवश्यक हुने कुरा बताउनु भएको छ । माओले मार्क्सवाद-लेनिनवादको रक्षा, चीनको विशिष्टतामा त्यसको प्रयोग र विश्व क्रान्तिकै सर्न्दर्भमा त्यसको विकास गर्नुभयो । यस सर्न्दर्भमा वहा“ले एकातिर क्रान्तिकारी सिद्धान्तकै परित्याग गर्ने व्यवहारवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण युद्ध छेड्नु भयो भने अर्कोतिर सिद्धान्तलाई धर्मसूत्रका रुपमा ग्रहण गर्ने र त्यसको प्रयोगमा जान नचाहने वा गलत ढंगले गर्न खोज्ने जडसूत्रवाद तथा वामपन्थी दुस्साहसवादका विरुद्ध पनि कडा वैचारिक संर्घष्ा चलाउनु भयो । यसै प्रक्रियामा माओले मार्क्सवाद-लेनिनवादलाई मार्क्सवाद-लेनिनवाद-माओवादका रुपमा विकसित तुल्याउने भयो ।
माओका यसप्रकारका योगदानहरुलाई गम्भीरतापर्ूवक आत्मसात् गर्दै नेपाली क्रान्तिलाई सही ढंगले अगाडि बढाउनका लागि सिद्धान्तको रक्षा, प्रयोग र विकासको प्रश्नमा हामीले विशेष ध्यान दिनुपर्ने आवश्यकता हुन्छ । तर यसो गर्दा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वर्गसंर्घष्ा, बलप्रयोगको भूमिका, र्सवहारावर्गको अधिनायकत्व र साम्यवादको स्थापना जस्ता मार्क्सवादका आधारभूत सैद्धान्तिक प्रस्थापनाको रक्षाको प्रश्नमा गम्भीर बन्नर्ुपर्दछ । यस सर्न्दर्भमा दर्शनको क्षेत्रमा व्यवहारवाद तथा जडसूत्रवाद र राजनीतिको क्षेत्रमा दंक्षिणपन्थी संशोधनवाद तथा उग्रवादप्रति र्सतर्क रहन जरुरी हुन्छ । व्यवहारवादले सिद्धान्तको सिर्जनात्मक विकासका नाममा सिद्धान्तकै परित्याग गर्दछ भने जडसूत्रवादले सिद्धान्तको रक्षाका नाममा सिद्धान्तको विकासमा अवरोध खडा गर्दछ । व्यवहारवादको सम्बन्ध दंक्षिणपन्थी संशोधनवाद र जडसूत्रवादको सम्बन्ध उग्रवादसंग रहेको हुन्छ । आज क्रान्तिका लागि व्यवहारवाद र दंक्षिणपन्थी संशोधनवादबाट विशेष खतरा छ । त्यसैले ती दुवैका विरुद्ध दृढतापर्ूवक संर्घष्ा चलाउ“दै जडसूत्रवाद तथा उग्रवादप्रति र्सतर्क रहन आवश्यक छ ।
पार्टर्ीीकताको प्रक्रियामा हामीले एकातिर माओवाद/माओविचार दुवै पदावलीको प्रयोगलाई अंगीकार गर्दै आएका छौं भने अर्कोतिर प्रचण्डपथलाई आन्तरिक छलफलको विषय बनाएका छौं । यसप्रकारका पदावलीको प्रयोगबारे आगामी महाधिवेशनमा टुंगो लगाउने हाम्रो सोंच रहेको छ । पार्टर्ीीे पथपर््रदर्शक सिद्धान्त जस्तो र्सवाधिक महत्वको विषयमा यस प्रकारको स्थिति पैदा हुनु त्यति सन्तोषप्रद विषय त होइन । तर पनि माओका सैद्धान्तिक योगदानहरुलाई र्सार्वभौम सिद्धान्तका रुपमा ग्रहण गर्ने हामी सबैको सोंच भएकोले यसबारे सकारात्मक रुपमा निष्कर्षनिकालिने कुरामा हामी विश्वस्त छौं ।
-ख) देशको परिस्थिति र प्रधान अन्तर्विरोधको प्रश्न ः
माओले अन्तर्विरोधबारे शर्ीष्ाक आफ्नो प्रसिद्ध रचनामा कुनै अर्धसामन्ती तथा अर्द्धऔपनिवेशिक मुलुकमा बेग्लाबेग्लै प्रकारका विशिष्ट सर्न्दर्भमा तीन प्रकारका अन्तर्विरोधहरु प्रधान बन्न सक्ने कुरा बताउनु भएको छ । त्यसप्रकारका अन्तर्विरोधहरु यी हुन्-राष्ट्रियतासंग सम्बन्धित अन्तर्विरोध, जनवादसंग सम्बन्धित अन्तर्विरोध र दुवैसंग सम्बन्धित अन्तर्विरोध । राष्ट्रियतासंग सम्बन्धित अन्तर्विरोध भनेको सम्बन्धित मुलुक र साम्राज्यवादका बीचको अन्तर्विरोध हो । जनवादसंग सम्बन्धित अन्तर्विरोध भनेको सम्बन्धित देशका जनसमुदाय र सामन्तवादका बीचको अन्तर्विरोध हो । उक्त दुवै प्रकारका अन्तर्विरोधहरु एकै ठाउ“मा घुलमिल हुन गएमा तेस्रो प्रकारको अन्तर्विरोध बन्दछ । हामी सैद्धान्तिक रुपमा यसप्रकारका तीन ओटै प्रधान अन्तर्विरोधबारे स्पष्ट हुन जरुरी छ ।
नेपालमा राजतन्त्रको अन्त्य भै गणतन्त्रको स्थापना भएको स्थितिमा हामीले दलाल, नोकरशाह र सामन्तवर्गसितको राजनीतिक अन्तर्विरोध प्रधान हुन गएको कुरा बताउ“दै आएका छौं । साथै, हामीले के कुरा पनि बताउ“दै आएका छौं भने नेपालको अहिलेको प्रधान अन्तर्विरोध नेपाली जनताको दलाल, नोकरशाह र सामन्तवर्गसित नै छ र कुनै पनि बेला राष्ट्रियतासंग सम्बन्धित अन्तर्विरोध प्रधान अन्तर्विरोध बन्न सक्छ । यो बेला नेपालमा एकातिर विस्तारवादी हस्तक्षेप तीब्र रुपमा बढ्दै गएको छ भने अर्कोतिर नेपाली जनताको सामन्तवादसितको अन्तर्विरोध पनि अझैं समाधान हुन सकेको छैन । तर्सथ, यो बेला जनवाद र राष्ट्रियतासंग सम्बन्धित दुवै प्रकारका अन्तर्विरोधहरु मिलेर प्रधान अन्तर्विरोध बन्न सक्ने स्थिति प्रबल हुन गएको देखिन्छ ।
विस्तारवाद तथा त्यसका नेपाली दलालहरुले माओवादीको विरोधमा विभिन्न प्रकारका दुस्प्रचार गर्दै गइरहेका छन् र उनीहरु नया“ संविधानको निर्माण सहित समग्र परिवर्तनको प्रक्रियालाई तुहाउने पक्षमा देखिन्छन् । परन्तु नेपाली जनताको विशाल बहुमत हिस्सा क्रान्ति र रुपान्तरणको पक्षमा छ । हाम्रो पार्टर्ीी राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान, मजदूर तथा किसान सहित उत्पीडित वर्ग, जनजाति, क्षेत्र, महिला तथा दलित समुदायका समस्याहरुको संबोधन र राज्यको नय“ा ढंगले पुनःसंरचना गर्नेबारे सशक्त आवाज उठाउ“दै आएको छ । त्यसैले नेपाली जनता माओवादीको साथमा छ । यो कुरालाई हामीले राम्रोसंग बुझ्न जरुरी छ ।
-ग) क्रान्तिकारी कार्यदिशाको प्रश्न ः
माओले क्रान्तिका लागि क्रान्तिकारी कार्यदिशाको महत्वमाथि विशेष जोड दिनुभएको छ । माओको भनाइ छ-विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ ।
क्रान्तिका लागि क्रान्तिकारी कार्यदिशाको आवश्यकता पर्दछ । कार्यदिशा मूलतः दर्ुइप्रकारका हुन्छन्-क्रान्तिकारी र अवसरवादी । क्रान्तिकारी कार्यदिशा क्रान्तिको उद्देश्य, रणनीति र कार्यनीतिमा आधारित हुन्छ । यसको विपरीत अवसरवादी कार्यदिशा रहेको हुन्छ । अवसरवादी कार्यदिशा तीन प्रकारका हुन्छन्- दंक्षिणपन्थी, मध्यपन्थी र उग्रपन्थी । माओले नया“ जनवादी र समाजवादी क्रान्ति कालमा सबै खाले अवसरवादी कार्यदिशा मुख्यतः दंक्षिणपन्थी संशोधनवादी कार्यदिशाको विरोध र क्रान्तिकारी कार्यदिशाको पक्षमा सशक्त संर्घष्ा चलाउ“दै आउनु भएको छ । कार्यदिशाको प्रश्नमा हामी यी कुराप्रति सचेत छौं, परन्तु व्यवहारमा जा“दा हाम्रा सामु अनेकौं चुनँैतीहरु पैदा हुन गएका छन् र हामीले तिनको सैद्धान्तिक स्पष्टीकरण दिन अनिवार्य हुन गएको छ ।
हाम्रो उद्देश्य वा अधिकतम लक्ष्य नेपालमा सबैखाले प्रतिक्रियावादका विरुद्ध समाजवाद र साम्यवादको स्थापना गर्नु हो । अर्द्धसामन्ती तथा अर्द्धऔपनिवेशिक अवस्थामा रहेको नेपालमा र्सवहारावर्गको नेतृत्वमा सामन्तवाद, साम्राज्यवाद र विस्तारवादका विरुद्ध नया“ जनवादी गणतन्त्रको स्थापना गर्नु हाम्रो आम कार्यदिशा र मूल रणनीति हो । यिनै उद्देश्य र आधारभूत कार्यदिशामाथि ध्यान दिंदै हामीले दश वर्षम्म महान् जनयुद्धको प्रक्रिया अगाडि बढायौं र त्यसै प्रक्रियामा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा धर्म निरपेक्ष राज्यको घोषणा हुन पुगेको छ । तरपनि क्रान्तिको त्यसप्रकारको उद्देश्य अझैं हासिल हुन सकेको छैन । तर्सथ, अहिले हाम्रो मूल राजनीतिक कार्यनीति जनताको संघीय गणतन्त्रको स्थापना बन्न गएको छ । साथै, अहिले राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नलाई पनि हाम्रो मूल राजनीतिक कार्यनीतिका रुपमा लिन आवश्यक भएको छ । हामी शान्ति र नया“ संविधान निर्माणप्रति प्रतिबद्ध छौं । परन्तु देश र जनताको पक्षमा शान्ति र नया“ संविधान निर्माणका काम अगाडि बढ्न नसकेमा अर्को जुझारु आन्दोलन वा जनव्रि्रोह मार्फ् उपर्युक्त प्रकारका लक्ष्य हासिल गर्ने दिशामा अगाडि बढ्न पनि हामी त्यत्तिकै प्रतिबद्ध छौं ।
हामी भीषण वर्गसंर्घष्ा र राष्ट्रिय स्वाधीनताको संर्घष्ाको आ“धीबेहरीका बीचमा खडा छौं । यो बेला हामीले देशभित्र र बाहिरका वर्ग दुश्मनसंग एकैसाथ जुझ्न परिरहेको छ । यसप्रकारको संगीन र जटिल स्थितिमा हामी दर्ुइको एकमा संयोजन अनुरुप वर्गसमन्वयवाद, संझौतावाद, राष्ट्रिय आत्मर्समर्पणवादको भासमा फ“स्नेतिर होइन एकको दर्ुइमा विभाजन अनुरुप क्रान्तिको दिशामा दृढतापर्ूवक अगाडि बढ्नर्ुपर्दछ । साथै, हामीले यो बेला विश्लेषण र संश्लेषणको द्वन्द्ववादलाई पनि राम्रोसंग आत्मसात् गर्न जरुरी छ । वर्गसंर्घष्ा र वर्गयुद्धका बीचमा यात विजय या पराजय यी दर्ुइ मध्ये कुनै पनि परिघटना घट्न सक्तछ । दर्ुइ विपरीत वर्ग मध्ये कसले कसलाई पचाउने भन्ने प्रश्न नै विश्लेषण र संश्लेषणको मूल प्रश्न हो । यसबारे हामी र्सतर्क रहन जरुरी छ र जस्तोसुकै आपत् विपदको स्थितिमा पनि क्रान्ति तथा व्रि्रोहको झण्डालाई निरन्तर उ“चो बनाइ राख्नका लागि हामी तम्तयार रहनु पर्दछ । माओले भन्नुभएको थियो-प्रतिक्रियावादीहरुका विरुद्ध व्रि्रोह गर्नु जनताको अधिकार हो । हामीले प्रतिक्रियावाद र अवसरवादका विरुद्धको व्रि्रोहको अधिकारलाई सदैव सुरक्षित राख्नु आवश्यक छ ।
आज कतिपय मानिसहरु के भन्दछन् भने यो साम्राज्यवादी भूमण्डलीकरणको युग हो र अहिले कुनै पनि देशमा र्सवहारावर्गका लागि क्रान्ति सम्पन्न गर्न तथा त्यसलाई टिकाउन कठिन छ । यो वस्तुतः राष्ट्रिय आत्मर्समर्पणवादी विचार हो । आज एकातिर साम्राज्यवादका गढहरु वित्तीय संकटको भुमरीमा फ“स्तै गएका छन् भने अर्कोतिर विद्युतीय सूचना प्रविधिमा भएको अपर्ूव क्रान्तिको कारण उत्पादक शक्तिमा विकास हुन गएको छ र त्यसबाट समाजवादी भूमण्डलीकरणका लागि राम्रो आधार तयार हु“दै गएको देखिन्छ । ठीक यो बेला हामीले माओद्वारा प्रस्तुत सबैखाले प्रतिक्रियावाद र साम्राज्यवाद कागजी बाघ हुन् भन्ने भनाइको मर्मलाई राम्रोसंग आत्मसात् गर्न जरुरी छ ।
-घ) क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीम्बन्धी प्रश्न ः
माओवादी मान्यताअनुसार कुनैपनि कम्युनिष्ट पार्टर्ीीmान्तिकारी कम्युनिष्ट पार्टर्ीीन्नका लागि क्रान्तिकारी पथपर््रदशक सिद्धान्त, क्रान्तिकारी कार्यदिशा, दर्ुइलाइन संर्घष्ाको सही सञ्चालन, जनवादी केन्द्रीयताको सही अभ्यास, क्रान्तिकारी कार्यशैली जस्ता कुराहरु अनिवार्य रुपले आवश्यक हुन्छन् । क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी कार्यदिशाबारे माथि चर्चा गरिइसकेको छ । यहा“ मुख्यतः जनवादी केन्द्रीयता, चिन्तनशैली तथा कार्यशैली र दर्ुइलाइन संर्घष्ाबारे छोटो चर्चा गर्न जरुरी देखिन्छ ।
माओले चिन्तनशैलीबारे चर्चा गर्दा अनुभववाद, जडसूत्रवाद, एकलकाटेपना, टपरटुइया“ प्रवृत्ति, संकर्ीण्ा विभागवाद लगायतका गलत चिन्तनशैलीका विरुद्ध संर्घष्ा चलाउ“दै भौतिकवादी द्वन्द्ववादलाई दृढतापर्ूवक अबलम्वन गर्नुपर्ने कुरामा विशेष जोडदिनु भएको छ ।
कम्युनिष्ट पार्टर्ीीे संागठनिक सिद्धान्त जनवादी केन्द्रीयता हो । माओले जनवादी केन्द्रीयताको सिद्धान्तलाई नया“ ढंगले विकसित तुल्याउनु भएको छ । माओको विचारमा केन्द्रीयता जनवादको जगमा आधारित हुनर्ुपर्दछ । वहा“ले तानाशाही र अराजकतावादका विरुद्ध जनवादी केन्द्रीयताको सिद्धान्तलाई राम्रोसंग अवलम्वन गर्नुपर्ने कुरामा विशेष जोडदिनु भएको छ । यसै प्रक्रियामा वहा“ले नेतृत्वको कार्यशैलीका रुपमा जनदिशाको मान्यता विकसित गर्नुभएको छ । माओले गलत चिन्तनशैली र कार्यशैलीलाई सच्याउ“दै नया“ ढंगको पार्टर्ीीनर्माणको लागि आवश्यकता अनुसार शुद्धीकरण आन्दोलन सञ्चालन गर्दै जानुपर्ने कुरामाथि विशेष जोड दिनुभएको छ ।
माओले पार्टर्ीीई विपरीतहरुको एकत्व र पार्टर्ीी विद्यमान दर्ुइलाइन संर्घष्ालाई पार्टर्ीीे जीवन बताउनु भएको छ । पार्टर्ीी द-दशओटा ठूला दर्ुइलाइन संर्घष्ाहरुको सार खिच्तै माओले भन्नुभएको छ-मार्क्सवाद लागु गर संशोधनवाद होइन, एकजुट होऊ नफूट, स्पष्ट र खुला होऊ षडयन्त्र र छलछाम नगर । माओका यी भनाइहरु निकै सारगर्भित रहेका छन् र यिनलाई हामीले राम्रोसंग आत्मसात् गर्नुपर्दछ । माओले पार्टर्ीीत्रको दर्ुइलाइन संर्घष्ालाई कहिले तीब्र र कहिले मन्द रुपमा प्रकटहुने समुद्रको ज्वारभाटाका रुपमा प्रस्तुत गर्नुभएको छ र पार्टर्ीी अवसरवाद प्रभावी बन्न नपाओस् भन्नेबारे र्सतर्क हुनुपर्ने कुरामा विशेष जोड दिनुभएको छ । माओको विचारमा दर्ुइलाइन संर्घष्ाबारे प्रायशः तथा बारम्बार चर्चा गरिरहनु पर्दछ र त्यसबारे केही मानिसहरु मात्र होइन आम जनसमुदायलाई पनि जानकारी गराउनु पर्दछ ।
हामीले माओद्वारा विकसित क्रान्तिकारी कम्युनिष्ट पार्टर्ीीम्बन्धी अवधारणालाई राम्रोसंग आत्मसात् गर्न जरुरी छ । पार्टर्ीीत्र दर्ुइलाइन संर्घष्ा चाहे त्यो तीब्र गतिमा चलोस् या मन्द गतिमा हामीले अवसरवादप्रति उच्च प्रकारको र्सतर्कता अवलम्बन गर्नु आवश्यक हुन्छ । यो बेला हामीले सामान्यतः सबैखाले अवसरवाद र विशेषतः दंक्षिणपन्थी अवसरवादका विरुद्ध जोडदार संर्घष्ा चलाउन जरुरी छ । हाम्रो पार्टर्ीीहिले विस्तार र एकीकरणको प्रक्रियाका बीचबाट विशाल पार्टर्ीी रुपमा विकसित हु“दै गइरहेको छ । यो खुशीको कुरा हो । साथै, यो बेला हामीले पार्टर्ीीे सैद्धान्तिक, राजनीतिक र सांगठनिक रुपमा बन्ध्याकरण हुन नपाओस् भन्नेबारे उच्च प्रकारको र्सतर्कता अपनाउन जरुरी छ । यसका लागि सुदृढीकरण तथा शुद्धीकरणको प्रक्रियामा जानर्ुपर्दछ ।
-ङ) संयुक्त मोर्चाको प्रश्न ः
देशको ठोस राजनीतिक परिस्थिति र प्रधान अन्तर्विरोधमा आउने परिर्वतन अनुरुप संयुक्त मोर्चाको स्वरुपमा पनि परिवर्तन र विकास हु“दै जान्छ । देशको राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न गम्भीर बन्दै गएको वर्तमान सर्न्दर्भमा सच्चा वामपन्थी र लोकतान्त्रिक शक्तिहरुका साथै देशभक्तहरुसितको संयुक्त मोर्चाको प्रश्नमा विशेष ध्यान दिनुपर्ने आवश्यकता अत्यन्तै टड्कारो बनेको छ । देशभक्तहरुसितको संयुक्त मोर्चा निर्माणको प्रश्नमा हामी गम्भीर बन्न जरुरी छ ।
-च) क्रान्तिकारी सांस्कृतिक आन्दोलनको प्रश्न ः
साहित्य, कला, संस्कृति र सौर्न्दर्य चिन्तनको क्षेत्रमा आदर्शवाद, यान्त्रिक भौतिकवाद र अधिभूतवादका साथै आभिजात्यवाद, स्वच्छन्दतावाद र आधुनिकतावादका विरुद्ध मार्क्सवादी सौर्न्दर्य चिन्तन र समाजवादी यथार्थवादले आमूल क्रान्ति ल्याइदिएको छ । यो कार्यमा मार्क्स, एङ्गेल्स र लेनिनका साथै माओको पनि विशिष्ट योगदान रहेको छ । माओले जनवादी क्रान्तिकालमा सामन्तवाद-साम्राज्यवाद विरोधी र समाजवादी क्रान्तिकालमा पु“जीवाद विरोधी सांस्कृतिक आन्दोलनको सञ्चालन गर्ने कुरामाथि प्रकाश पार्दै सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलनको दिशा तर्फहा“किने कुरा बताउनु भएको छ । आज विश्वस्तरमा र साथै नेपालमा पनि सांस्कृतिक साम्राज्यवादको वर्चस्व बढ्दै गएको स्थितिमा हाम्रा लागि क्रान्तिकार सिांस्कृतिक आन्दोलन र चिन्तनमा विद्यमान माओका योगदानहरु विशेष स्मरणीय रहेका छन् । माओले आफ्नो प्रसिद्ध येनान वार्ताका साथै अन्य विभिन्न रचनाहरुमा साहित्य, कला, संस्कृति र सौर्न्दर्य चिन्तनबारे जुन विचार प्रस्तुत गर्नु भएको छ त्यसका मूल विशेषताहरु निम्न अनुसार रहेका छन् ः
· पक्षधरताको सिद्धान्त
मार्क्स-एंगेल्सले साहित्य र कलामा प्रवृत्तिमूलकताको मान्यतालाई अंगाल्नु भयो । लेनिनले यसलाई वर्गीय पक्षधरताको सिद्धान्तका रुपमा विकसित तुल्याउनु भयो । माओले यो मान्यतालाई अझै समृद्ध बनाउनु भएको छ । माओले कला कलाका लागि, वर्गभन्दा माथि र राजनीति इतर कला भन्ने कुराको जोडदार विरोध गर्दै कलामा वर्गीय पक्षधरता हुने कुरा बताउनु भएको छ । माओको विचारमा साहित्य र कला शोषित पीडित जनताका लागि हुनु पर्दछ ।
· यथार्थको कलात्मक प्रतिबिम्बिनको सिद्धान्त
माओले साहित्य र कलालाई सामाजिक जीवनको कलात्मक प्रतिबिम्बनका रुपमा लिनु भएको छ । माओका विचारमा साहित्य र कलामा प्रतिबिम्बित हुने मानव जीवन दैनिक वास्तविक जीवन भन्दा धेरै उच्चतर, सघन र आर्दशको सन्निकट हुने गर्दछ । वहा“ले साहित्य र कलालाई कस्तो छ मात्र होइन कस्तो हुनु पर्छ भन्ने कुरामा विशेष जोड दिनु भएको छ ।
· समालोचनाको मापदण्ड
माओले कुनै पनि कृतिको मूल्यांकन लागि राजनीतिक तथा कलात्मक दर्ुइ प्रकारका मापदण्डहरु प्रस्तुत गर्नु भएको छ र राजनीतिक मापदण्डलाई प्रधानता दिनु भएको छ । माओको विचारमा सुन्दर कलाकृतिका लागि राजनीति र कला, विषयवस्तु र रुप, क्रान्तिकारी राजनीतिक विषयवस्तु र यथासंभव पर्ूण्ा कलात्मक रुपका बीच द्वन्द्वात्मक एकरुपता हुनु अवश्यक छ ।
· सयौं फूल फुल्न दिने मान्यता
माओले समाजवादी क्रान्ति कालमा साहित्य, कला र सौर्न्दर्यचिन्तनको क्षेत्रमा सयौं फूल फुल्न दिने मान्यता प्रस्तुत गर्नु भएको छ । वहा“को मान्यता के छ भने साहित्य, कला र विचारधाराका क्षेत्रमा सत्य र असत्य, शिव र अशिव तथा सुन्दर र कुरुपका बीचको संर्घष्ाबाट सत्य, शिव र सुन्दरको विकास हुन्छ । माओको सयौं फूल फुल्न दिने मान्यता सौर्न्दर्यशास्त्रीय दृष्टिले विशेष महत्वको छ ।
· वैचारिक, भावनात्मक र सांस्कृतिक रुपान्तरणको सिद्धान्त
माओले येनान वार्तामा अन्य वर्गबाट आएका बुद्धिजीविहरुको पुनसंस्कार तथा एकवर्गबाट अर्को वर्गमा रुपान्तरणमा जोड दिनु भएको छ । यो प्रश्न खालि बुद्धिजीविका सर्न्दर्भमा मात्र नभै सबै क्रान्तिकारीहरुसंग पनि सम्बन्धित रहेको छ । माओको भावनात्मक रुपान्तरणको सिद्धान्तले साहित्य, कला र सोर्न्दर्य चिन्तनको क्षेत्रमा विशेष महत्व राख्तछ । महान् र्सवहारा संस्कृतिसम्म आउ“दा यो सिद्धान्त निकै समृद्ध बन्न गएको छ ।
हामीले नेपालमा माओद्वारा साहित्य, कला, संस्कृति र सौर्न्दर्य चिन्तनको क्षेत्रमा विकसित उक्त प्रकारका मान्यताहरुलाई दृढतापर्ूवक अबलम्वन तथा सिर्जनात्मक रुपमा कार्यान्वयन गर्दै सांस्कृतिक आन्दोलनलाई नया“ उ“चाइ प्रदान गर्न आवश्यक छ ।
उपसंहार ः
मार्क्सवाद-लेनिनवाद-माओवादको पथपर््रदर्शनमा हामीले एक्काइसौं शताब्दीको प्रारम्भमा नेपालमा नया“ जनवादी क्रान्ति सम्पन्न गर्न गइरहेका छौं । यो बेला क्रान्तिलाई विजयको दिशामा अगाडि बढाउनका लागि महान् सम्भावना र गम्भीर चुनौती दुवै छन् । यदि हामीले नीति तथा कार्यदिशाको क्षेत्रमा कुनै गल्ती गरेनांै, पार्टर्ीीई जुझारु तथा एकताबद्ध तुल्याउ“दै जान र्समर्थ बन्यौं र कामलाई योजनाबद्ध ढंगले बढाउने प्रक्रियामा सचेत बन्दै पहलकदमी आफ्नो हातमा लिन र्समर्थ भयौं भने विजयको सम्भावना प्रबल नै रहेको देखिन्छ । हामी त्यसै दिशामा दृढतापर्ूवक अगाडि बढ्न जरुरी छ । बाटो कठिन भएपनि भविष्य समुज्वल छ ।

मितिः ५ पौष २०६६

0 comments:

Post a Comment