Wednesday, February 3, 2010

माओत्से-तुङ्ग र क्रान्तिको दिशा

Posted by COMMUNIST OUTLOOK On 2:29 PM No comments


- नेत्रविक्रम चन्द 'विप्लव'
महान् नेता माओत्से-तुङ्गले वैज्ञानिक समाजवादको क्षेत्रमा दुइवटा र्सार्वभौम महत्वका खोज गर्नु भएको छ । -१) जनवादी राज्यसत्ताको सिद्धान्त र -२) निरन्तर क्रान्तिको सिद्धान्त । दुवै सिद्धान्तहरु कम्युनिष्ट आन्दोलनका ठुल-ठुला संर्घष्ाका विचवाट अनुसन्धान गरिएका हुन । यी सिद्धान्तहरुले आजको वैज्ञानिक समाजवादी आन्दोलन र नेपाली क्रान्तिकारी कम्युनिष्टहरुलाई दिशा निर्देश गरिरहेका छन् ।
माओले गर्नु भएको पहिलो अनुसन्धान अर्थात जनवादी राज्यसत्ताको सिद्धान्त तेस्रो मुलूकहरु या अर्ध पँूजिवादी देशहरुको क्रान्तिसँग सम्बन्धित अनुसन्धान हो । उहाँको यो सिद्धान्तले पँूजिवादवाट मात्र वैज्ञानिक समाजवादमा जान सकिन्छ या समाजवादी क्रान्तिको लागि पँूजिवादी आधारहरु विकसित भएको हुनु पर्दछ भन्ने मान्यतालाई विकास गरिदियो । यो सत्ताको सिद्धान्तले सावित गरिदियो कि अर्ध पँूजिवादी देशहरुको क्रान्तिको नेतृत्व कम्युनिष्ट पार्टर्ीी गर्न सम्भव छ, गर्नु पर्दछ । त्यस्तो क्रान्तिद्वारा राज्यसत्तालाई पँूजिवादी राज्यसत्तामा नभई समाजवादी राज्यसत्तामा संगठित गर्न सकिन्छ भन्ने सावित गरिदियो ।
माओले जनवादी राज्यसत्ताको सिद्धान्त अगाडि सारीरहदा कम्युनिष्ट पार्टर्ीीभत्रैवाट अनेकौं खालका आरोपहरु पनि लागईयो । तर माओले जनवादी राज्यसत्ताकोलागि जनयुद्धको कार्यदिशा समेत अगाडि सार्नु भयो । पार्टर्ीीसेना र संयुक्त मोर्चा जस्ता क्रान्तिका तिन जादुगरी हतियारको प्रयोगद्वारा अन्ततः जनवादी राज्यसत्ता प्रमाणित भईछाड्यो । यसले चिनलाई मात्र होइन अन्य देशहरुलाई पनि मार्ग निर्देश गर्‍यो र गरिरहेको छ ।
माओको दोस्रो सिद्धान्त अर्थात निरन्तर क्रान्तिको सिद्धान्त वैज्ञानिक समाजवादी राज्यसत्ताको संरक्षण, विकास र रुपान्तरण -अन्त्य)को लागि गरिएको अनुसन्धान हो । यसलाई कम्युनिष्टहरुको आत्मीय पक्षसँग जोडेर भन्ने हो भने कम्युनिष्ट पार्टर्ीीे रक्षा, विकास र रुपान्तरणको सिद्धान्त पनि भन्न सकिन्छ । यसको प्रमुख उद्देश्य भनेको कम्युनिष्ट पार्टर्ीी कम्युनिष्ट पार्टर्ीी नेतृत्व गरेको समाजवादी राज्यसत्ता भित्र बार-बार पैदा हुने हर्ुर्किने र मौलाउने फोहर मैला, खराव सोच विचार र शैलीवाट समाजवाद र कम्युनिष्ट पार्टर्ीीई संरक्षण गर्नेसँग छ । जव माओले सोभियत संघको समाजवादी राज्यसत्तामा असाध्य विचलन र खराव विचार देख्नु भयो जव पर्ूर्वी यूरोपका देशहरुमा संकटहरु पैदा भएको देख्नु भयो र माफ्नै पार्टर्ीी चिनमा पनि फोहर मैलाहरु चुलिएको भेट्नु भयो देख्नु भयो ति विचलन, समस्या र खराव विचारको विरुद्धमा लड्न, समाजवादको रक्षा गर्न र कम्युनिष्ट पार्टर्ीीई संरक्षण गर्न निरन्तर क्रान्तिको सिद्धान्त अगाडि सार्नु भयो । यो विचारले आज संसार भरिका क्रान्तिकारी कम्युनिष्टहरुलाई दिशावोध गर्राई रहेको छ । सार संक्षेपमा भन्दा माओले विकास गर्नु भएका सिद्धान्तहरु कम्युनिष्ट आन्दोलनमा देखिएका खराव विचार र विचलन विरुद्धको संर्घष्ामा अनुसन्धान गरिएका सिद्धान्तहरु हुन । आजको दुनियामा यी सिद्धान्तको महत्व धेरै गुणा बढेर गएको बुझ्नु पर्दछ ।
माओका सिद्धान्त र जनयुद्ध
हाम्रो माओवादी पार्टर्ीी हाम्रो देश माओत्से-तुङ्गले विकास गर्नु भएको जनवादी राज्यसत्ताको राजनैकि विचार र जनयुद्धको कार्यदिशालाई दश वर्षम्म प्रयोग गरेर यो स्थितिमा पुगेको छ । आज माओवादी पार्टर्ीी जुन सफलता प्राप्त गरेको छ र नेपालमा जुन राजनैतिक परिवर्तन देखिएको छ, यसको सम्बन्ध माओले अनुसन्धान गर्नु भएको जनवादी राज्यसत्ता र जनयुद्धको सिद्धान्तसँग नै जोडिएको छ । तर हाम्रो देशमा जनवादी राज्यसत्ता स्थापना भईसकेको छैन अर्थात नेपाली क्रान्तिले पर्ूण्ाता पाईसकेको छैन । बरु शान्ति प्रक्रियाले जनयुद्ध र राज्यसत्तावारे नयाँ वहस र संर्घष्ाहरु सिर्जना गरिदिएको छ ।
माओवादी नेतृत्वले जनयुद्धको 'अन्त्य' -स्थगन) र 'शान्ति प्रक्रिया'को थालनी गरे पश्चात तिन वर्षबितेको छ । यस अवधिमा अन्योलपर्ूण्ा, अमर्ूतता र दिशाहिनता काफीमात्रमा वढे । प्रतिक्रान्तिकारी प्रवृति सबैतिर फैलिएको महसुस क्रान्तिकारीलाई हुदैछ । नेपाल र कम्युनिष्टहरुमा फेरी क्रान्तिवारे ठूल-ठूला मतभेद र विवादहरु शुरु भईरहेका छन् । क्रान्ति सम्भव छ र छैन, क्रान्ति सम्भव त छ तर अहिले सम्भव छैन साथै क्रान्ति संर्घष्ावाट सम्भव छैन 'माथिवाट' -संसदवाट) सम्भव छ, हैन संर्घष्ावाट मात्र सम्भव छ जस्ता मत विमतमा क्रान्ति परेको छ । केही नेताहरु त आ-आफ्नो मतलाई झण्डा बनाएर दौडिन पनि थालिसकेका छन् ।
नेपाली क्रान्ति १५ वर्षअगाडिसम्म असाध्यै विवादमा थियो । क्रान्ति हुन सक्छ, हुन सक्दैन, क्रान्ति जनयुद्धवाट कि बहुदलीय जनवादवाट - क्रान्ति शान्तिपर्ूण्ा कि सशस्त्र - भएभरका गलत विवादहरुलाई भंग गर्दै जनयुद्धले नयाँ वहस दियो । आज जनयुद्धको 'अन्त्य' -स्थगन) र 'शान्ति प्रक्रिया' पछि पुनः यो विवाद देखिएको छ । यसो हर्ेदा यो अलि असहज र डरलाग्दो देखिए पनि यस्तो विवाद क्रान्तिको खास-खास चरणमा आउनु स्वभाविक हुन्छ । यस्तो विवाद र संर्घष्ा नछिचोलेर कुनै पनि क्रान्ति र क्रान्तिकारी विचार सफल भएको छैन । यो सच्चाई बुझ्न क्रान्तिको अन्तर्रर्ााट्रय र राष्ट्रिय सर्न्दर्भ माथि ध्यान पुगाउनु उपयुक्त हुन्छ ।
क्रान्तिको अन्तर्रर्ााट्रय पक्ष
विचारक कार्ल मार्क्सले बैज्ञानिक समाजवाद र समाजवादी राज्यसत्ताको अनुसन्धान नगर्दासम्म राज्यको विवाद राज्यसत्तामा मात्र थियो तर जव मार्क्सले वैज्ञानिक समाजवादी राज्यसत्ताको अनुसन्धान गर्नु भयो तव प्रयोगलाई लिएर ठूल-ठूला विवाद देखा परे । विवाद कम्युनिष्टभित्र दर्ुइ धारमा विभक्त भयो र निरन्तर चलिरहृयो । कार्ल मार्क्सले राज्यसत्तालाई केन्द्रमा राखेर सोच्न थाल्नु भयो भने प्रुधो र बाकुनिनहरुले सुधार र आन्दोलनवाट मात्र सोच्न थाले । मार्क्स र उहाँका अनुयायीहरुले बैज्ञानिक समाजवादी राज्यसत्तामा जोड दिनुभयो भने प्रुधोहरुले पँूजिवादी राज्यसत्ताकै वरिपरि रहेर सुधार गर्नतिर क्रियाशिल भए । मार्क्स पछि राज्यसत्ताको विवादले लेनिनहरुलाई समात्यो । जब लेनिनले राज्यसत्तालाई केन्द्रमा राखेर अघि बढ्नु भयो, क्रान्तिको विवाद भयंकर ढंगले चुलियो । लेनिनको पालामा यो विवादले क्रान्तिकारी धारा र संशोधनवादी धाराको रुप लियो । क्रान्तिकारी धाराको नेतृत्व लेनिन स्टालिनहरुले गर्नु भयो भने संशोधनवादी धाराको नेतृत्व प्लेखानोभ, मार्तोब, ट्रटस्की आदिले गरे । लेनिनले क्रान्ति र राज्यसत्तालाई जोड दिनु भयो भने प्लेखानोभ, मार्तोब, ट्रटस्कीले संसदवाद र शान्तिपर्ूण्ा संर्घष्ामा मात्र जोड दिए । यो विवाद स्टालिन र माओसम्म पनि पुग्ने नै भयो । बोल्सेविक क्रान्तिले राज्यसत्ताको मामिला हल गरेपछि पनि माओलाई क्रान्तिको विवादले छोडेन । जनवादी क्रान्तिको सिद्धान्त नै ठूलो विवादमा पर्‍यो । माओले जनवादी राज्यसत्तामा जोडदिंदा छन् तु स्यु, वाङ मिङ, लिलिसानहरुले या क्रान्ति असम्भव देख्दथे या वामपन्थी अवसरवादी तर्क गर्दथे । दुवैले जनवादी राज्यसत्ताको विरोध गर्दथे । माओले जनवादी क्रान्ति पुरा गरेपछि पनि क्रान्ति अगाडि बढाउने मुद्दामा विवादहरु भईनै राख्यो । एउटा महत्वपर्ूण्ा यथार्थ के छ भने मार्क्सदेखि माओसम्म आउदा क्रान्तिका विवादहरुमा निकै पटक पार्टर्ीी फुट्ने, फेरी जुट्ने र फेरी फुट्ने प्रक्रियाहरु पनि चलेका थिए । अझ रोचक त यो छ कि लेनिनको पार्टर्ीी यस्तो पार्टर्ीीनि हो जसले क्रान्ति गर्ने र नगर्ने, राज्यसत्तामा जोडदिने र नदिने विषयलाई लिएर एक समयमा दर्ुइ कार्यनीति समेत प्रयोग गर्दथ्यो । तर यी सवै विवादहरुलाई क्रान्तिको शुरुवात र समापनले बदलिदिने गर्‍यो । हाम्रो नेपाली क्रान्ति पनि अन्तर्रर्ााट्रय आन्दोलनकै एउटा कडी भएकोले वर्तमान विवादलाई स्वभाविकै ठान्नु पर्दछ ।
क्रान्तिको राष्ट्रिय पक्ष
हाम्रो देशको कम्युनिष्ट आन्दोलनले ६० वर्षपूरा गरेको छ । यहि इतिहासमा कम्युनिष्ट पार्टर्ीीत्र नेपाली क्रान्ति र राज्यसत्ताको विषयलाई लिएर विवाद र संर्घष्ा चलिआएको छ । क्रान्ति गर्नु पर्दछ र सम्भव छैन, लाइन क्रान्तिकारी हुने कि सुधारवादी हुने भन्नेमा संर्घष्ा निरन्तर चलिरहृयो । कमरेड पुष्पलालले क्रान्ति र राज्यसत्तामा जोड दिएको पाइन्छ भने मनमोहन र केशरजंग रायमाझीहरुले राज्यसत्तामा होइन, सुधार र सम्झौतामा जोड दिए । क्रान्ति सम्भव छैन, अझ सशस्त्र क्रान्ति त सम्भवै छैन भन्ने संशोधनवादी धारा रायमाझी, तुलसीलाल एमाले हुदै मदन भण्डारीको बहुदलीय जनवादमा संश्लेषण हुन पुग्यो । बहुदलीय जनवाद वास्तवमा संशोधनवादको पराकाष्ठा र पँूजिवादकै पुनः संस्करण मात्र रहृयो । अर्कोतर्फमाओवादी जनयुद्ध पुष्पलाल, झापा व्रि्रोह हुँदै संश्लेषित हुन आई पुुगेको हो । यसले पार्टर्ीीे फुटसम्मलाई स्वीकार गरेर पनि जनवादी राज्यसत्ता र क्रान्तिको सफलतामा ध्यान केन्द्रित गरेको छ । तर इतिहाससिद्ध सच्चाई यो छ कि जनयुद्धको शुरुवातले यस्ता विवादहरुलाई एकदमै नयाँ ठाउँमा पुगाई दिएको हो । परन्तुः यतिवेला शान्तिप्रक्रिया चलिरहेको छ । शान्तिप्रक्रियामा राष्ट्रको आवश्यकता र जनताको आकांक्षा पुरा हुन सकिरहेको छैन । क्रान्तिनै हो भने यो कसरी अगाडि वढ्ला धेरैमा प्रष्टता छैन । यो स्थितिमा नेपाली क्रान्तिवारे पैदा भएको विवाद र वहस स्वभाविक छ । यद्यपी क्रान्तिले निश्चित समयपछि अर्को मोड लिएरै छोड्ने छ र त्यसवाट पुन नयाँ स्थिति बन्नेछ । यसो भनेर के फेरी आजको गहन वहस र विवादहरुवाट मुख फर्काएर वा वेप्रवाह भएर बस्न सक्छौ त - के सही हो र के खराब हो भन्ने जिम्मेवारीवाट पन्छिन पाउँछौं त - अँह, त्यो हुन सक्दैन, सवैभन्दा खराबलाई खराब नै भन्नु पर्दछ र सहीलाई सही भन्न सक्नै पर्दछ ।
क्रान्ति विरोधी खराब प्रवृति
क्रान्तिको वहस भईरहदा अव नेपालमा क्रान्ति सम्भव छैन भन्ने विचार आउन थालेको छ । क्रान्ति सम्भव छैन भन्ने विचार सवैभन्दा खराब विचार हो । यो सिधारुपमा भन्दा दक्षिणपंथी संशोधनवाद नै हो । यसले क्रान्तिकारी पार्टर्ीीक्रान्तिकारी वर्ग र जनतालाई संसदवादी पँूजिवादीहरुको पुच्छरमा बदलिदिन्छ र क्रमशः क्रान्तिको धार भुत्याउदै विर्सजनवादमा पुर्‍याउँदछ । तर क्रान्ति सम्भव छैन भन्ने बुझेर मात्र सही भईहाल्दैन । यसभित्र पनि सम्भव छैन र अहिले सम्भव छैन भन्ने दर्ुइ पाटा छन् ।
क्रान्ति सम्भव छैन र अहिले सम्भव छैन भन्ने धार हर्ेदा नजिक जस्तो देखिन्छन् अन्ततः मिल्न पनि सक्छन् तर यी एकै छैनन् । क्रान्ति सम्भव छैन र अहिले सम्भव छैन भन्ने विचको अन्तर र क्रान्तिकारी आन्दोलनमा यसले पार्ने प्रभाववारेमा गहिरोगरी दृष्टि पुर्‍याउनु पर्दछ ।
विश्वभरीका क्रान्तिमा जस्तै नेपाली क्रान्तिले पनि यी दर्ुइ गलत प्रवृतिसँग लड्दै आफुलाई अगाडी बढाएको छ । जब क्रान्तिको कुरा चल्दछ, क्रान्तिको तयारीको वहस हुन्छ र क्रान्तिमा प्रवेश गर्ने वेला हुन्छ पार्टर्ीीाहिर र पार्टर्ीीभत्रवाट यी दर्ुइ प्रवृतिहरुले विवाद शुरु गर्दछन्, घेरा हाल्दछन् र पार्टर्ीीई फुटसम्म पुर्‍याउदछन् । एकथरी क्रान्तिको विरुद्धमा पुरै हमला गर्न थाल्दछन् "क्रान्ति सम्भव छैन, क्रान्तिमा जानै सकिदैन, जानु हुँदैन" "नेपालमा क्रान्ति गर्ने आधारहरु नै छैनन्" आदि-आदि । अर्काथरी पनि क्रान्तिको विरुद्धमा त ओर्लिन्छन् तर अलि फरक तरिकाले । पहिलो प्रवति भन्दा नरम र दर्ुइ धारे तर्कहरुको साथमा । यिनीहरु भन्न थाल्दछन्- 'क्रान्ति त गर्ने हो, गर्नु पनि पर्दछ तर अहिले नै वेला भएको छैन', 'अहिले नै परिस्थिति वनेको छैन', 'अहिले नै गर्दा हतारो र अपरिपक्व भईन्छ', 'अहिले हाम्रो तयारी र शक्ति पुगेको छैन' यस्तै-यस्तै । यिनीहरु जेमा पनि अहिले भन्ने शब्दको खुव मिठो संग प्रयोग गर्दछन् ।
हामीले झट्ट हर्ेदा क्रान्ति संभव छैन, क्रान्तिमा जानु हुदैन, पूँजिवादी राज्यसत्ता अन्तरगत नै क्रियाशिल हुनु पर्दछ भन्ने धारा प्रमुख समस्या र अहिले संभव छैन भन्नेवाला प्रवृति कम समस्या या सहायक समस्या जस्तो लाग्दछ । यथार्थमा क्रान्तिलाई अगाडि वढाउँने सवालमा क्रान्तिको ठोस तयारी र पहल गर्ने विषयमा सिधा 'क्रान्ति संभव' छैन भनेर आउने प्रवृति भन्दा 'अहिले वेला भएको छैन' भन्ने प्रवृति खतरनाक रहेको छ ।
क्रान्ति सम्भव छैन र क्रान्ति गर्नु हुदैन भन्ने प्रवृति समस्या त हो नै तर यो कुनै नयाँ खालको नबुझिएको र भ्रमदिन सक्ने समस्या होईन । यो मार्क्सको पाला देखि आज सम्म प्रत्यक्ष देखिएको समस्या हो । या प्रुडो देखि मिलेराँ, वर्नस्टीन, काउत्स्की, मार्तोभ, ख्रुश्चोभ, छन् तु स्यु, भारतको पश्चिम बंगाल हुदै नेपालको एमाले सम्म सवैले प्रष्ट देखेको समस्या हो । यो प्रुडोको समाजवाद देखि मदन भण्डारीको वहुदलीय जनवाद सम्म आउँदा उदा‹एिको प्रवृति हो । यो सिधा संशोधनवाद हो । तर्सथ यस प्रति त्यती भ्रम, अस्पष्टता र सहमति हुने देखिदैन । तर 'क्रान्ति अहिलेनै संभव छैन', 'अहिले नै वेला भएको छैन' भन्ने प्रवृति खुल्ला संशोधनवाद जस्तो न उदाङ्गएिको अझ यसो भनौ कि क्रान्तिकारी आन्दोलन भित्रै रहेर क्रान्तिकारीहरुसंग संगै उभिएर व्यक्त हुने समस्या हो । यो सवैले सजिलै वुझन सक्ने पनि हुदैन, यो वडो चलाखीपर्ूण्ा ढङ्गले अरुलाई चक्मा दिने हुन्छ । यसले मसिनो र मिठो स्वरमा तर्कहरु गर्दै भन्छ- क्रान्ति त नगरी हुदैन, तर के गर्ने तयारी पुगेको छैन, दुश्मन वलियो छ, परिस्थिति वनिसकेको छैन, त्यसैले अहिलेनै क्रान्ति संभव छैन, यो तर्क भित्र कयौर् इमान्दार मान्छेहरु पनि पर्दछन् र भ्रमित हुन पुग्दछन् । हो त यदि तयारी नै छैन भने क्रान्ति गर्न किन हतारो गर्ने - अनावश्यक क्षति किन वेहोर्ने -
'क्रान्ति अहिले संभव छैन' के यो प्रवृतिले परिस्थति तयार नभएकोले या क्रान्तिको वेला नभएकोले तयारी गर्न र तयारी पछि क्रान्ति गर्न यसो भन्दछत - उसको कुरा सुन्दा त यसो होकि भन्ने पर्दछ तर यो पुरै गलत भ्रामक कुरा हो । यो तर्क गर्नेले कहिले पनि क्रान्तिका अनिवार्य र्सत र आधारहरु तयारी गर्ने तिर लागेको छैन । यसले त भएको तयारी र संभावनाहरुलाई पनि अस्वीकार गर्नेतिर मै घुडा धस्दछ । त्यतिमात्र होईन अहिले संभव छैन भन्ने कुरा मात्र राख्दैन, उसले अहिलेको वाटो र समाधानमा तर्क गर्दछ, क्रान्तिको तयारी नपुगेकोले अर्को संभावना छोड्नु हुदैन, अर्को संभावना पनि हाम्रो विशेषतामा प्रवल छ । यो हाम्रो मौलिकता पनि हुन सक्छ त्यो हो 'क्रान्तिको तयारी' नहुदा सम्म सदन र सरकारवाट नेतृत्व गर्ने, माथिवाट हस्तक्षेप गर्ने, जनता र राष्ट्रको पक्षमा महत्वपर्ूण्ा योगदानहरु माथिवाट गर्ने शान्तिपर्ूण्ा क्रान्तिको पहल गर्ने, आर्थिक क्रान्तिमा जाने आदि आदि । यसले पनि सरदर चेतना भएका मान्छेहरुलाई रणभुल्लमा पार्दछ ।
क्रान्ति नयाँँ तरिकाले माथिवाट गर्नु पर्छ, अर्को खराव विचार र प्रवृति हो । माथि भनेको सदन र सरकार हो । सदन र सरकारवाट क्रान्ति गर्ने भन्नेलाई प्रतिकात्मक भाषामा माथिवाट गर्ने भनिन्छ । माथिवाट क्रान्ति गर्ने भन्नेहरुले आफनो भनाईलाई रोचक र आकर्ष वनाउन होला यसमा मौलिक र नया भन्ने शब्द राख्न रुचाउछन् । समाजवादी क्रान्तिका लागि यो प्रवृति कुनै नयाँ र मौलिक भने पटक्कै होईन । यो मार्क्सको पाला देखि वैज्ञानिक समाजवादी राज्यसत्ता विरोधीहरुले फलाक्दै आएको चिर परिचित संशोधनवाद नै हो ।
क्रान्ति माथिवाट गर्ने त्यो नयाँ र मौलिक तरिकाले गर्ने भन्ने प्रवृति भित्र पनि एउटै मात्र धार छैन । यस भित्र दर्ुइवटा धार छन् । एउटा जन्मजात क्रान्ति माथिवाटै गर्नु पर्दछ, सरकार र सदनको उपयोग गर्दै त्यहीवाट गर्नु पर्दछ भन्ने रैठाने माथिवाद, अर्को आफु कमजोर सानो र सत्ता वाहिर हुदा तलवाट क्रान्तिको नीति लागु गर्ने, वर्गसंर्घष्ा र युद्धको तरिकामा जोड दिने, माथि वाट क्रान्ति गर्नु पर्दछ भन्नेलाई संशोधनवादी र दक्षिणपंथी भन्ने तर आफु आन्दोलन र क्रान्तिको प्रक्रियामा वलियो हुदै जादा सत्ताको नजिक पुग्दै जाँदा अव त क्रान्ति नै यहीवाट भईहाल्छ भनेर तर्क गर्ने । प्राय तेस्रो मुलुकहरुमा देखा पर्ने समस्या पहिलो भन्दा दोस्रो खालको छ । हाम्रो देशमा पनि क्रान्तिकारी आन्दोलन कार्यकर्ता र जनताहरु दोस्रो खालको समस्यावाटनै वढी धोका खादै आएका छन् । नेपाली कांग्रेसले पहिले सशस्त्र संर्घष्ाको घोषणा गर्‍यो, दर्जनौले वलिदान गरे तर पछाडि गएर विस्तारवादी र सामन्तवादीहरुसंग संझौता गरेर शान्तिपर्ूण्ा क्रान्तिको नारा दिएर जनतालाई धोका दिन पुग्यो । कम्युनिष्ट पार्टर्ीी नेताहरुले त वारम्वार जनतालाई सशस्त्र संर्घष्ाको वाटोवाट प्रवेश गराएर संझौता, आत्मर्समपण र संशोधनवादको कोठाभित्र लगेर थुन्ने गरेका छन् । यसको ताजा उदाहरण एमाले नै हो । आज यो प्रवृति र समस्याले माओवादीलाई पनि घेरावन्दी गर्दैछ । फेरी तर्क शुरु भएको छ क्रान्ति माथिवाट नै संभव छ । अव क्रान्तिको वाटो आवश्यक छैन् । माथिवाट भन्दा अरु सोच्नु भनेको उग्रवादी सोचाई हो, आदि आदि । हामी नेपाली क्रान्तिकारीहरु जनक्रान्तिलाई जनवादी राज्यसत्ता स्थापना गर्ने लक्ष्य सम्म पुर्‍याउन चाहनेहरुलर्ेर् इतिहास देखिका अवसरवादी, संशोधनवादी खरावीहरुवाट शिक्षा लिदै गुलियोले वेरिएका 'अहिले संभव छैन', 'माथिवाट क्रान्ति गर्नु पर्दछ र मौलिक ढङ्गले गर्नु पर्छ' भन्ने प्रवृति जो सिधा संसदवाद, वहुदलवाद, दक्षिणपंथी अवसरवाद र वहुदलीय जनवाद सम्वन्धित छ, वाट र्सतर्क रहनु पर्दछ साथै त्यसवाट क्रान्तिलाई बचाउनु पर्दछ ।
नेपाली क्रान्तिको दिशा
नेपाली क्रान्ति जनवादी क्रान्तिकै प्रक्रियामा छ । जनवादी क्रान्तिको प्रमुख उद्धेश्य भनेको देशमा जनवादी राज्यसत्ताको स्थापना गर्नु हो । जनवादी क्रान्तिमा जनवादी राज्यसत्ताको लागि जनयुद्धको कार्यदिशा यसको प्रमुख दिशा हो । तर नेपाली क्रान्तिमा जनयुद्धको स्थगन -अन्त्य होईन) ले क्रान्तिको कार्यदिशानै वदलिदिएको जस्तो कयौलाई भान, कयौलाई साच्चै हो कि जस्तो लागिरहेको छ । वास्तविकता यस्तो होईन् ।
विश्व कम्युनिष्ट आन्दोलनमा धेरैतिर दर्ुइ कार्यदिशा प्रयोग भएका छन् । शान्तिपर्ूण्ा तरिकाले चुनावमा जाने संसदमा प्रतिस्पर्धा गर्ने, सरकार निर्माण गर्ने कार्यदिशा पनि प्रयोग भएको छ, सशस्त्र तरिकाले वर्गसंर्घष्ामा सहभागी हुने, युद्ध संचालन गर्ने, क्रान्तिको वलमा सत्ता स्थापना गर्ने, जनव्रि्रोह र जनयुद्धको कार्यदिशा पनि प्रयोग भएको छ । दुवै प्रयोगहरुलाई हर्ेदा आजसम्म विश्वको एकै पनि देशमा शान्तिपर्ूण्ा कार्यदिशावाट सत्ता प्राप्त भएको छैन, सामन्यत हुने सम्भावना पनि छैन । तर यो सच्चाई मान्नु पर्दछकी संसदीय र शान्तिपर्ूण्ा संर्घष्ाका कैयौं कार्यनीतिहरुले सशस्त्र संर्घष्ा संचालन गर्न या क्रान्तिलाई सफलतासम्म पुगाउन मद्दत गरेका छन् । मात्र राज्यसत्ता प्राप्तीको हिसावले सफल छैन तर व्यवहारतः पुष्टि भएको सच्चाई हो की जतिसुकै कठिनाई, क्षति, बलिदान र अप्ठ्यारो मानिए पनि सशस्त्र संर्घष्ा र जनयुद्ध विश्वका धेरै देशहरुमा विजयी भईसकेको छ । हलाकी जनयुद्ध र सशस्त्र व्रि्रोहवाट स्थापना गरिएका सत्ताहरु पनि लामो समय टिक्न सकेका छैनन् या असफल जस्ता देखिएका छन् । यसले राज्यसत्ता संरक्षण र विकासको पाटोमा भने हामी कम्युनिष्टहरु गम्भिर हुनै पर्ने भएको छ ।
हाम्रो देशको कम्युनिष्ट आन्दोलन धेरै लामो त छैन तर जति छ यसमा दर्ुइ कार्यदिशाको प्रयोग हुदै आएको छ । अझ हाम्रो देशमा खास-खास समयमा मुख्यत जनयुद्धको १०वर्षो कालबाहेक अरु सवै वेला र माओवादी बाहेक प्राय पार्टर्ीी क्रान्तिको शान्तिपर्ूण्ा बाटोमै छन् । तर हाल सम्मको शान्तिपर्ूण्ा संर्घष्ावाट कम्युनिष्टहरुले समान्त र दलालहरुको सत्तालाई उल्टाउन सकेनन् । बरु संसदवादीहरुलाई आवश्यता पर्दा साथ सत्ताका मालिकहरुले सजिलै गलहत्याई दिने, गिरफ्तार गर्ने र बन्दी वनाउने कार्य गरेका छन् । तर सशस्त्र संर्घष्ा र जनयुद्ध भने जति पटक शुरु भएका छन् ती कुनै पनि त्यतिकै टुङ्गएिका छैनन् । बरु तिनले छोटै समयमा लोकप्रियता लिएका छन् र जनताको विचमा स्थापित र विकास गरेका छन् । सामन्त र दलालहरुको सत्तालाई चोट पुगाएका छन् र सफल पनि भएका छन् । आज नेपाल गणतन्त्रको जुन स्थानमा छ इमान्दरीपर्ूवक भन्ने हो भने जनयुद्धको सफलताकै कारणले छ तर यतिवेला माओवादी पार्टर्ीी देश शान्तिप्रक्रियामा रहेका कारण नेपाली क्रान्तिको कार्यदिशा वारे पुनः वहस शुरु भएको छ । नेपाली क्रान्ति सरकार र सदनलाई मुख्य बनाएर होला या जनताको क्रान्तिकारी संर्घष्ालाई मुख्य बनाएर होला - क्रान्तिको बाटो शान्तिपर्ूण्ा होला कि व्रि्रोहयुक्त होला - दर्ुइमध्ये कुनै एक मात्र बाटो काफी होला कि एक मुख्य हुँदा-हँुदै अर्कोलाई जोडेर लानु पर्ला आदि ।
हामीले बुझ्नै पर्दछ कि क्रान्ति भनेको समग्र क्षेत्रमा चल्ने संर्घष्ा हो । कहिले काँही एउटा भागमा मात्र पनि देखा पर्ने कुरा फरक हो । अन्ततः राज्यसत्ताका समग्र क्षेत्रलाई पकड्नै पर्दछ । राज्यसत्ताका समग्र पक्षहरुवाट पुरानो सत्ताका संरचनाहरुलाई खाँदै नयाँ संरचनाहरु निर्माण गर्नेतिर जानु पर्दछ । परिणामा पुरानो राज्यसत्ताको स्थान नयाँ राज्यसत्ता, जनताको राज्यसत्ताले लिनु पर्दछ ।
क्रान्ति कस्तो होला या राज्यसत्ताको लागि हुने संर्घष्ा कस्तो होला यो केही मान्छे, नेता र पार्टर्ीीे इच्छामा मात्र भर पर्ने कुरा होइन, यो वर्ग, वर्गसत्ता र वर्ग शक्तिहरुको चरित्र, व्यवहारसँग सम्बन्धित हुन्छ । नेपालमा धेरै पटक असफल व्रि्रोहहरु भए भने पछिल्लो समयमा १०वर्षो जनयुद्ध भयो । यो त्यतिकै भएको होइन यसको प्रमुख कारण भनेको नेपालको सामन्ती दलाल पँूजिवादी वर्ग र उसको सत्ता थियो । उसले जनताका राजनैतिक, आर्थिक मागहरु पूरा गर्नु, सत्तामा जनताको भूमिका निर्माण गर्नुको सट्टा दमन गर्ने, हत्या गर्ने, निरङ्कुश शासन लाद्ने षड्यन्त्र गरेको थियो जसको प्रतिवादमा नै जनयुद्ध भएको थियो । या माओवादी पार्टर्ीी नेपाली क्रान्तिको बाटो जनयुद्धबाट तय गरेको थियो । आज पनि नेपाली सत्ताको चरित्र र सत्ता संचालक वर्गको प्रवृत्तिमा खासै परिवर्तन देखिएको छैन । हिजो जुन वर्ग सत्ताको मालिक थियो आज पनि मुख्य रुपले त्यही छ । हिजो सत्तामा बस्ने शासकहरुको चरित्र जनताप्रति जस्तो थियो आज पनि त्यस्तै छ । हिजो नेपाली जनता र सत्ताको बीचमा जस्तो अन्तरविरोध थियो आज पनि लगभग त्यस्तै नै छ । यसो भएपछि नेपाली क्रान्तिको कार्यदिशामा पनि खासै अन्तर आउने देखिंदैन ।
केही मान्छेहरु अबको क्रान्तिमा माथि र तल अर्थात सरकार, सदन र जनता मध्य कुन प्रमुख होला - माथिबाट गर्ने हस्तक्षेप र तलबाट संगठित गरिने सङ्र्घष्ामा कुन प्रमुख होला भन्ने प्रश्न गर्दछन् । यसको पनि प्रष्ट जवाफ हुन्छ सामान्यतः पुरानो सत्ताको चरित्र भनेको माथिबाछट तलतिर आउने या कारबाही गर्ने हुन्छ भने व्रि्रोहको चरित्र भनेको तलबाट माथितिर बढ्ने हुन्छ । उसले अधिनायकत्व लगाउँदा या कारबाही गर्दा जनताका सम्बन्धहरुलाई पनि प्रयोग त गर्दछ तर उसको त्यो प्रमुख हुदैन सहायक हुन्छ । व्रि्रोह या नयाँ सत्ताको सङ्र्घष्ाले पनि माथितिर बढ्दा सत्ताका सम्बन्धहरुलाई प्रयोग गर्दछ तर त्यो सहायक हुन्छ । सत्ताको लागि जनताबाट संचालन गर्ने सङ्र्घष्ा सहायक हुन्छ भने क्रान्तिको लागि माथिबाट गर्ने सङ्र्घष्ा सहायक हुन्छ । यसरी भन्दा क्रान्तिको लागि सरकार र सदन आवश्यकता हुन्छन् तर अनिवार्य हुँदैनन् अनिवार्य त व्रि्रोह नै हुन्छ । अर्थात क्रान्तिको लागि सरकार सदन अनिवार्य होइनन् तर जनता र जनताको सङ्र्घष्ा अनिवार्य हुन्छ ।
आजकाल केही-कोहिले क्रान्ति आवश्यक नभएकोे प्रचार गर्दछन् भने कोहिले माओवादी पार्टर्ीीदनमा सबैभन्दा ठुलो पार्टर्ीीएकोले क्रान्ति त्यहिवाट गर्नुपर्ने ठान्दछन् । तर यी तर्कहरु एकदमै हानिकारक, एकाङ्गी, अवस्तुवादी र गलत छन् । निश्चय नै माओवादी सदनमा सबभन्दा ठुलो पार्टर्ीी । त्यहाँबाट जनता र राष्ट्रको पक्षमा निभाउनुपर्ने भूमिका निभाउनै पर्दछ । तर माओवादी सदनमा भएकोले अब क्रान्ति त्यहींबाट मात्र हुन्छ या सरकार र सदनभन्दा बाहिर क्रान्तिको केन्द्र हुँदैन भन्ने सोच्नु पुरै गलत हुन्छ । संसारभर क्रान्तिकारीहरुले संसदलाई क्रान्तिको पक्षमा संगठित बनाएका छन् । हामी माओवादीले पनि बनाउँदै आएका छौं र बनाउनु नै पर्दछ । सम्भव भएसम्म त्यहिवाट क्रान्तिलाई सुदृढा पनि गर्नु पर्दछ तर यो मात्र क्रान्तिको केन्द्र या यो भन्दा बाहिर सोच्नु हुँदैन भनेर कहिल्यै भनिएको छैन र त्यो होइन पनि । बरु साँचो कुरा त के हो भने क्रान्तिकारीहरुलाई सदन र सरकारमा संकोचित बनाएर या कैद गरेर क्रान्तिको गला रेट्ने खेल अन्यत्र पनि चले र नेपालमा पनि यो षड्यन्त्र चल्दैछ । संविधानसभा देखि कटुवाल प्रकरण र भारतीय विस्तारवादी हस्तक्षेपसम्म पुग्दा त यो खुलस्तै भएको छ । तर्सथ हामी स्पष्ट हुनर्ुपर्दछ, नेपाली क्रान्तिको लागि सदन, सरकार सहयोगी हुन सक्दछन्, त्यसलाई ठिक तरिकाले सदुपयोग पनि गर्नुपर्दछ तर त्यहाँमात्र भर पर्नुहुँदैन । कसैले त्यहाँमात्र भर पर्ने वा आवश्यकता भन्दा बढी महत्व दिने वकालत गर्दछ भने त्यो सहि बुझाई होइन । त्यसले घुमाई फिर्राई पार्टर्ीीई संसदवादी कार्यदिशातिर ढकेल्नसक्छ र नेपाली क्रान्तिलाई बर्बाद गर्नसक्छ । त्यसवाट बच्न नेपाली क्रान्ति मुख्यतः जनता र जनताको क्रान्तिकारी सङ्र्घष्ामा भर पर्नु पर्दछ । सिधा भन्दा जनताको जनव्रि्रोह मुख्य हुने कार्यदिशामा भर पर्नु पर्दछ । अर्थात अहिले पनि नेपाली क्रान्तिको कायदिशा जनवादी राज्यसत्ताको लागि जनव्रि्रोहको कार्यदिशा नै सही छ । माओले अनुसन्धान गर्नु भएको जनवादी राज्यसत्ताको सिद्धान्तले गरेको निर्देश र नेपाली क्रान्तिको विशेषता र आवश्यकतालाई अभिन्न रुपले बुझ्ने वास्तवमै महत्वपर्ूण्ा कुरा हो । यसलाई सवै इमान्दार क्रान्तिकारीहरुले आत्मसात गर्नै पर्दछ । द्द

0 comments:

Post a Comment