- रेमण्ड लोट्टा
"माओइस्ट इकोनमिक्स एण्ड द रिभोल्यूशनरी रोड टू कम्युनिज्मः दि शांर्घाई टेक्स्टबुक अन सोशलिष्ट पोलिटिकल इकोनोमि"१ हरेक व्यक्तिलाई एउटा चाख लाग्दो कृति लाग्न सक्दछ जसले महसुस गरिरहेको छ कि वर्तमान सामाजिक ब्यवस्था क्रुर र अन्यायपर्ूण्ा छ र मौलिक र समग्र रुपले एक भिन्न सामाजिक व्यवस्थाको संभावनाको परिकल्पना गर्दै आइरहेको छ । यस पुस्तकले यही दिशामा एक मुक्तिदायी समाजवादको चर्चा गर्दछ, मुक्तिदायी अर्थशास्त्रको कुरा गर्दछ र माओवादको वारेमा वर्ण्र्ाागर्दछ ।
के समाजलाई एक यस्तो आधारमा संगठित गर्न सकिन्छ-जो शोषण, प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थको आधार भन्दा भिन्न होस् - के अलगाव सामाजिक विघटन र नोकरशाही प्रभुत्व, आर्थिक र प्राविधिक विकासको अपरिहार्य परिणाम होस् - तर क्रान्तिकारी चिनमा १९४९ देखि १९७६का बीच जुन कुराको खोजी गरियो र प्राप्त भयो ति सारा कुरा मानवीय क्षमताको बारेमा आजसम्म चल्दै आएको यस्ता मान्यताहरुलाई पर्ुवरुपमा चुनौती दिन्छन् । यो पुस्तक १९७० मा लेखिएको थियो, जसले संसारमा थाहा भएको आजसम्मको समाजवादी अर्थशास्त्रका सबभन्दा उन्नत अनुभव प्रस्तुत गरेको छ ।
चीनको समाजवादी क्रान्ति चिनियाँ कम्युनिष्ट पार्टर्ीीे नेतृत्वमा, मजदूरहरु र किसानहरु द्वारा १९४९ मा देशब्यापी रुपमा सत्ता कब्जा गरेपछि शुरु हुन्छ । यो क्रान्ति कैयौ महत्वपर्ूण्ा चरणहरु पार हुदै अगाडि बढ्यो जुन दौरानमा स्वामित्वको व्यवस्थामा परिवर्तन गरियो, नयाँ समाजवादी अर्थव्यवस्था संस्थागत रुपमा अस्तित्वमा आयो, यसले राजनीतिक जन-उभार र उथल-पुथलको लहर ल्यायो । तर चीनको समाजवादी क्रान्तिले अन्ततः पराजयको सामना गर्नु पर्यो १९७६ मा जबर्जस्त सत्ता कब्जा -ऋयगउ)का कारण र्सबहारा वर्गको सत्तालाई पञ्छाइए पछि यसको अबसान पनि हुन पुग्यो । त्यसो त २७ वर्ष एक ऐतिहासिक कालखण्डका दृष्टिले विद्युतीय पर्दामा क्षणभरका लागि प्रकट हुने एक मामूली बिन्दु समान हो । तैपनि १९४९-१९७६का बीच शासिल भएका जुन उपलब्धिहरुको हामी यहाँ चर्चा गर्न गइरहेका छौं त्यो निश्चय पनि युगान्तकारी रहेको छ । यस अबधिमा मानवजातिका एक-चौथाई आवादीले भविष्यको मार्ग निर्माण गर्नका लागि साहसपर्ूण्ा संर्घष्ा गरे तथा राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा वजोड परिवर्तन गरे । यो पुस्तक त्यही शौर्यपर्ूण्ा स्थायी परम्पराको अंश हो । तर आज त्यही पुस्तक चीनमा प्रतिबन्धित छ ।
एक मुक्तिदायी अर्थशास्त्र - यसलाई बर्ुर्जुवा अर्थशास्त्रमा खोज्नु बेकार छ । त्यसमा गरीबी, असमानता वा पर्यावरणीय ह्रास जस्ता थुप्रै सामाजिक समस्याहरुका समाधान खोज्नु त झनै बेकार छ, त्यसको दायरा त अझै बढी संकर्ीण्ा र आफैलाई उचित ठान्ने खालको छ । त्यसमा मूल्य निर्धारणका माध्यमवाट उत्पादनका साधनहरुको कसरी दक्षता पर्ूवक वितरण गरिन्छ भन्ने जस्ता विचार विमर्श त पाउन सकिन्छ परन्तु यो दक्षता कुन उद्देश्यकालागि र कसको हितमा - यो सवाल कहिल्यै उर्ठाईदैन । त्यसमा त बजारर्-अर्थ व्यवस्था अर्न्तगत निर्ण्र्ाालिने र 'पर्ूण्ा प्रतिस्पर्धा'को आदर्शीकृत नमूना -ःयमभ) िप्रस्तुत गर्ने मात्र गरिन्छ । जसले आर्थिक र राजनीतिक संज्ञाको वास्तविक संरचनालाई पाखा लगाउछ तथा पूँजिपति बिरुद्ध मजदूर, पूँजिपति बिरुद्ध पूँजिपति, साम्राज्यवादी प्रतिद्वन्दी बिरुद्ध -साम्राज्यवादी प्रतिद्वन्दीको) द्वन्द्वको दुनियाँमाथि पर्दा हाल्दछ । "सामान्य सन्तुलन"को मिथक सृजना गर्छ जबकी सच्चाई यो छ पूँजिवाद एक संकटग्रस्ट प्रणाली हो जो उत्पादनका साधनहरु र श्रमलाई पर्ूण्ा प्रयोग गर्ने सुनिश्चितता दिन सक्दैन । अन्तर्रर्ााट्रय व्यापार जस्ता प्रश्नहरुमा तिनको बाँझो गणितीय निष्कर्षा विश्व व्यापी भुमरीलाई कुनै पनि तरिकाले आफ्नो समीकरणहरुमा समाहित गर्न सक्दैन ।
बर्ुर्जुवा अर्थशास्त्रीहरु जब आफ्नो अमर्ूत सिद्धान्तद्वारा चित्रित संसार र जीवनलाई कुल्चिरहेको वास्तविकतामा ठुलो अन्तर छ भन्ने देख्दछन् तब तिनीहरु जाति भेद वा औद्योगिक प्रदुषण जस्ता समस्याहरु बजार अर्थ व्यवस्थामा संचालन सम्बन्धि 'अपर्ूण्ाताहरु' वा 'नकारात्मक वाहृय प्रभावहरु'को कारण हो - अर्थात यो दर्ुभाग्यपर्ूण्ा हुँदा-हँुदै पनि स्वतः ठिक छैन । व्यवस्थाको कार्य संचालनको केवल परिधिमत असफलताले भरिएको छ भन्ने सफाई दिन पछि पर्दैनन् ।
अर्थात यसमाथि चिन्ता गर्नु कुनै आवश्यकता नै छैन, किनकी बजारले त अन्तत आफ्नो कब्जा जमाउँछ । एडम स्मिथका 'अदृष्य हात'को प्रसिद्ध रुपकवाट शुरु भएको व्यक्ति अलग-अलग आफ्नो स्वार्थ सिद्ध गर्नमा नै संलग्न रहन्छ र स्वयम् अभिकर्ताहरुको जसरी कार्य गर्दै त्यस चिजमा आफ्नो योगदान गर्दछ, जुन युक्तिसंगत ढंगले प्रत्येक व्यक्तिका लागि सर्वोत्तम छ - यही नै पूँजिवादको केन्द्रीय धारणा हो ।
र् अर्थशास्त्रले समाजका सम्पन्न र विपन्न बीचको विभाजनलाई समाप्त पार्न सक्दछ, स्वतन्त्र रुपले साहचर्यबद्ध हुने मनुष्यहरुको समग्र विकासका अवस्था उपलब्ध गराउँन सक्दछ, यस कुरालाई यसको अर्थात बर्ुर्जुवा अर्थशास्त्रको, बर्ुर्जुवा व्यवहारकर्ता - असंगत भनेर मिल्काईदिन्छ र ....... पूँजिवादी आर्थिक नियमहरुको दृष्टिले उनिहरुले यस्तो गर्नु ठिकै नै हुन्छ । कारण कि बर्ुर्जुवा अर्थशास्त्र, बर्ुर्जुवा समाजको जस्तै केवल त्यही बस्तुप्रति चासो राख्दछ जुन खरीद बिक्री गर्न सकिन्छ । त्यसको चासो मात्र नाफा नोक्सानमा हुन्छ । पूँजिवाद एक यस्तो प्रणाली हो जसमा मानवीय आवश्यकताहरु मात्र मुनाफाको लक्ष्यको उत्पादन -द्यथ एचयमगअत)को तरिकाले लिन्छ र पुरा गरिन्छ । यही शोषण एवं उत्पीडनमा आधारित लाभलाई अधिकतम् सीमा सम्म बढाउदै जाने प्रक्रिया अर्न्तनीहित तर्क हो । यो भौगोलिक विस्तार देखि श्रम प्रक्रिया सम्म र अझै स्त्री-पुरुष सम्बन्ध सम्म प्रत्येक चिजको स्वरुप निर्धारित गर्छ र त्यसलाई आफ्नो अधिनमा लिन्छ ।
तर "शांर्घाई टेक्स्टबुक" -माथि उल्लेखित पुस्तक-अनु)मा ग्रहण गरिएको दृष्टिकोण आर्थिक सिद्धान्त र नयाँ समाज वनाउने अनुभवले एक भिन्न दिशालाई संकेत गर्दछ । समाजवादी क्रान्तिले एक नयाँ प्रकारको अर्थव्यवस्थालाई जन्म दिन्छ । यसमा उत्पादनको साधन समाजको एक सानो समूहको हिस्साको निजी सम्पत्ति नरहेर समाजको सामूहिक नियन्त्रणमा ल्याउँछ । आर्थिक संसाधनहरु अधिकाधिक मुनाफा कमाउनका लागि भन्दा व्यापक जनताका आधारभूत आवश्यकता र हितलाई पुरा गर्नका लागि प्रयोग गरिन्छ । अब सामाजिक उत्पादन विना योजना वा सामाजिक उद्देश्य विहिन नभई सचेत रुपले गरिएको लक्ष्य अनुसार निर्धारण गरिन्छ तथा त्यसलाई समग्र रुपले संयोजित-समन्वित गरिन्छ । पूँजिवादको कार्यविधान र प्रयोजनको स्थान नयाँ वस्तुले लिन्छ, जस्तो सामाजिक योजना, सामाजिक ग्रहण तथा आर्थिक र सामाजिक बिकासका सबै क्षेत्रमा जनताको सचेत सहभागिता, सामाजिक उत्पादक शक्तिहरुले विविध र र्सवतोमुखी मानवीय सक्रियताको जुन रहस्यपर्ूण्ा क्षमतालाई जानकारीको सीमामा ल्याइपुर्याउको हुन्छ त्यसलाई व्यवहारमा चरितार्थ गर्न शुरु गर्न सकछ । अर्थात पूँजिवाद अर्न्तगत चल्ने अमानवीकरण र असमानता अब चलिरहने कुनै ठाउँ रहदैन । धनी र गरीब बीचको गहिरो खाडल, वेरोजगारीको पीडा, महिलाहरुको उत्पीडन र अपमान सबै राष्ट्र र राष्ट्रियताहरुको अधीनिकरण र तिनका बीच भेदभाव, स्वास्थ्य सम्बन्धी समस्या, आवास सम्बन्धी समस्याहरु र शहरी पतनशीलता ....... सबका सब समस्याहरु एवं वर्ग समाजको अन्त्य, सारा विकृतिहरुको उन्मूलन र दूर गर्न सकिन्छ । अब वाच्नका लागि लुटपाट -छीनाझपतटी) गरी अगाडि वढ्नका लागि निराशात्मक परपिडक संर्घष्ा आवश्यक हुदैन । समाजको सबभन्दा तल्लो वर्गको "वेकार मान्छे"का सृजनशिलता, उर्जा र उत्कट आवेगलाई एक विशाल र परिवर्तनकारी साधनमा समावेश गर्न सकिन्छ । समस्याहरुलाई सामूहिक ढंगले समाधान गर्न लाखौं-लाख जनता समाजको आवश्यकता र दिशामा वहस गर्न सक्छ र संर्घष्ा एवं वहस-पैरवीको यस प्रक्रियाद्वारा मान्छेले यस्तो अत्कल्पनीय परिवर्तन ल्याउन सक्छ जुन वर्तमान व्यावस्थामा त्यसको कल्पना सम्म गर्न सकिदैन । समाजवादले यो सब थोक सम्भव वनाईदिन्छ ।
हामी यस्तो संसारमा बाँचीरहेका छौं जहाँ वहुसंख्यक श्रमजीवि जनताको जीवन प्रक्रिया अल्पसंख्यक वर्ग नियन्त्रित सत्ताको अधीनमा छ, जसको हित श्रमजीवि जनताको हित विपरीत छ । हामी अन्धो आर्थिक शक्तिले राज गरेको संसारमा बाँचीरहेका छौं जहाँ शेयर वा विक्री मूल्यको स्वतः स्फर्ूत गतिले राता-रात सारा संसारको लाखौं-लाख मानिसहरुको जिन्दगीमा फेरवदल ल्याउन सक्छ । तर एक सामाजिक रुपले सँगठित र निर्देशित उत्पादन प्रणाली शुरु गरिए पछि मानवले एक ऐतिहासिक फड्को पार गर्छ । तब समाजको संरचना र कार्यवाही कुनै रहस्यका आवरणमा हुदैन, बरु त्यसका निर्माण गर्ने व्यक्तिहरुको समुदाय द्वारा जान्न सकिन्छ । व्यापक जनता सम्पर्ूण्ा आर्थिक प्रणाली र सम्पर्ूण्ा समाजका लागि कुनै बाहृय ततव वा विजातीय रहदैन, न त त्यसको अधिनिकरणको शिकार हुन्छ । बरु अत्यन्त सचेत रुपमा स्वंय त्यसमा आफ्नो नियन्त्रण कायम गर्दछ, र यस नियन्त्रणमा प्रबढीता हासिल गर्दै त्यसलाई आफ्नो हितमा परिवर्तित गर्दैर् जान्छ । मूल रुपमा यो पुस्तक -शांघाइ टेक्स्टबुक-अनु.) यही विषयमा केन्द्रित छ ।
माओवाद यस कुरामा जोड दिन्छ कि आर्थिक विकास आफैमा पर्याप्त छैन, न त यो समाजवादको सार नै हो । विकास निश्चय नै वृहत्तर राजनीतिक सामाजिक उद्देश्यहरुको पर्ूर्तिका लागि समर्पित गराउनु पर्छ र त्यहीवाट निर्देशित पनि हुनु पर्दछ अर्थात मूल रुपमा विकासकपो दिशा र्सवहारा र श्रमजीवि जनता समाजको मालिक बन्ने दिशामा र अन्ततोगत्वा सम्पर्ूण्ा विश्ववाट वर्गको समाप्त गर्न सक्ने दिशामा अगाडि वढोस् । आर्थिक परिवर्तन र सामाजिक सम्पदाको सृजनका साथ साथै समाजको प्रत्येक क्षेत्रमा पनि परिवर्तन आवश्यक छ जस अर्न्तगत यो अति महत्वपर्ूण्ा परिवर्तन पनि समावेस हुनु पर्छ कि जनताका दृष्टिकोण र सोच्ने ढंगमा पनि परिवर्तन आओस् । माओवाद जोड दिएर भन्दछ "वस्तु"हैन जनता निर्ण्ाायक हुन्छ । पूँजिको भण्डार वा प्रविधिको स्तर आफैमा महत्वपर्ूण्ा हुदैन बरु यो त श्रमनीति, जनताका सक्रिय सहभागिता हो जुन आर्थिक र सामाजिक विकासको महत्वपर्ूण्ा कारक बन्दछ । श्रमजीवि जनताका लागि अन्त्य उद्देश्यभन्दा यही प्रविधिमा प्रविणता हासिल गर्न आवश्यक छ । समाजवादी योजनालाई निरन्तर उर्जाशिल गरिरहने अर्थात क्रान्ति निरन्तर जारी राख्ने कुरामा माओवादले जोड दिन्छ । निश्चय नै यो अर्थशास्त्र र समाजको विकासको बारेमा गुणात्मक रुपले भिन्न छ ।
"शांर्घाई टेक्स्टबुक" १९७५मा प्रकाशित हुदा चीन अझै महान् र्सवहारा साँस्कृतिक क्रान्तिको असाधारण संर्घष्ा र आँधिबीच गुज्रीरहेको थियो । शांघाइ र अन्य शहरहरुको उद्योगमा व्यवस्थापनमा मजदूरहरुका सहभागितालाई लिएर नयाँ-नयाँ रुप र तौर-तरिका प्रयोगमा ल्याउने कार्य जारी थियो । किसान ती तौर-तरिकाको वहस-पैरवीमा लागेका थिए जसलाई कनफ्यूशियसवादी पितृसत्तात्मक र र्सवाधिकारवादी मूल्यले अझै पनि तिनका जीवनलाई प्रभावित पारेका थियो । वैज्ञानिक आफ्नो प्रयोग 'व्यवहारिक अनुभव वाट समृद्ध' मजदूरहरुका बीच र तिनका समाझदारीलाई साथ लिइ रहेका थिए । जनतावाट अलग रहेका प्रशासकलाई दैनिक अंकुस लगाइदै थियो इन्जिनियर-मजदूर बनेका थिए, शिक्षक-छात्र बनेका थिए र राजनीतिक पदाधिकारी फोहोर जम्मा गर्ने काममा लागेको थिए र ठीक यसको विपरीत, मजदूर-इन्जिनियर बनिरहेका थिए, छात्र शिक्षक बनिरहेको थिए र फोहर जम्मा गर्ने राजनीतिक पदाधिकारी बनिरहेका थिए जो पूँजिवादमा चौतर्फी प्रहार गर्दै गईरहेको थियो । यस सच्चाईलाई मित्र र सत्रु कोही पनि इन्कार गर्न सायदै सक्ला ।
आर्थिक विकास र संगठनको कुनै पनि पहल जस्ताको तयस्तै स्वीकार गरिएको थिएन, चाहे त्यो "आधुनीकिकरण"र शहरीकरणको अपरिहार्य भनिने वाटो होस् -शहरी र औद्योगिक विकासको चल्दै आएको अराजक र एकांगी विकास, परम्परागत पश्चिमी र अपेक्षाकृत वर्तमानको तेस्रो संसारका ढाँचा सँग सम्बन्ध विच्छेद गर्न तथा उद्योगलाई कृषिका साथ एवं शहरलाई गाउँका साथ एकीकृत गर्नका लागि क्रान्तिकारी चीनले जबर्दस्त कदम उठायो । यो प्रविधिको मामला रहेको होस् -माओवादीहरुले यस कुरामा जोड दिएकी प्रविधिको डिजाईन, तिनको प्रयोग र प्रविधिको साथ जनताको सम्बन्ध केवल उत्पादक शक्तिहरुको विकासद्वारा मात्र निर्धारित हुँदैन, बरु आर्थिक प्रणालीका सामाजिक सम्बन्धहरुद्वारा पनि निर्धारित हुन्छ) अथवा आर्थिक दक्षता र उपयुक्तताको धारणाका मामला रहेको होस् त्यसलाई मूल्य प्रभावित -ऋयकत भााभअतष्खभकक)को संकर्ीण्ा घेरामा हर्ेर्नुको सट्टा व्यापकतर आर्थिक र सामाजिक पर्रि्रेक्ष्यहरुमा हेरियो । यो यस्तो समाजवाद थियो जसले मात्र नाफालाई नै सर्बोपरि मान्ने निर्मम हिसाव किताव र पूँजिवादी उत्पादन संगठनको विधिहरुको अध्ययनलाई जबर्दस्त चुनौती मात्र दिएन, बरु यसले "म नै र्सर्बेर्सबा रहुं"को सम्पर्ूण्ा मानसिकतालाई पनि चुनौती दियो । "जनताको सेवा गर" उद्योगहरु, स्कूलहरु, अस्पतालहरु र फुटकर बिक्रिको पसलहरुको द्वारमा लेखिने एक नारा मात्र थिएन, बरु यो एक विचारधारात्मक मानव थियो जसबाट लाखौ-लाख जनता आफ्नो र अर्कोको मूल्याङ्कन गर्दथे । यो एक क्रान्ति थियो जसले पहलकदमी व्यक्तिवादीताका लागि नभई सामूहिकताका लागि अगाडि वर्ढाई दियो ।
तर आज यो भन्नु आवश्यक छैन - चीनमा अब एक ज्यादै नै भिन्न समाज बनिसकेको छ । १९७६ मा माओ त्से तुङको मृत्यु पछाडि देङ-सियाओ-पिङको नेतृत्वमा दंक्षिणपंथी शक्तिले एक सैनिक वल मार्फ शासन कब्जा२ गर्यो र निकै सुनियोजित ढंगले समाजवादलाई विघटन गर्न, पूँजिवादको पुनस्थापन गर्न र चीनलाई पुनः साम्राज्यवादको गुलाम वनाउन शुरुआत गरिदियो ।
यति ठूलो परिवर्तन सबभन्दा स्पष्ट रुपले तब उजागर भयो जब यस नेतृत्वले १९८०को दशकको आरम्भमा यो नारा दियो ः "धनी बन्नु गौरवको कुरा हो ।" शांर्घाईमा एक शेयर बजार खुलिसकेको छ, घर जग्गा खरीद विक्रि कारोवारमा सट्टेवाजी अब एक कानुनी आर्थिक गतिविधिको मान्यता दिईएको छ र वहुराष्ट्रिय निगमको सेवाका लागि 'विशेष आर्थिक' क्षेत्र -क्उभअष्ब भ्िअयलomष्अ श्यलभक)को निर्माण गरिएको छ । चीनका नेताले देशलाई एक न्यून जयालाको "असेम्वली काम्प्लेक्स" -सभा भवन) मा परिणत गरिदिएका छन् तथा घरेलु र विदेशी पूँजीका उत्पादन आधार क्षेत्र वनाएका छन् । १९९२को आरम्भमा, प्रतिदिन औसत ४५ नयाँ विदेशी सहायता प्राप्त उद्योगहरु अनुबन्धित गरिए । मजदूरहरुलाई आफ्नो नाक मेशीनमा जोतिरहन र राजनीतिवाट टाढा रहन अर्ति दिईन्छ । ग्रामिण क्षेत्रमा, सुधारको झण्डामुनी कम्युन भङ्ग गरिएको छ र ग्रामिण सामुहिक सम्पत्ति ओहदावाला व्यक्तिको कब्जामा पुगेको छ । यसको फलस्वरुप जुन सामाजिक ध्रुविकरण भयो त्यसले लाखौ-लाख विपन्न किसानहरुलाई शहरी क्षेत्र तर्फपलायन हुन बाध्य गर्राईयो । सुबिधा सम्पन्न समुन्द्रतटीय क्षेत्र -जहाँ चीनको र्सबाधिक विकास भईरहेको छ) र देशको विशाल भित्री भागहरु -जहाँ कठिनाई र गरिबी नै मानक बनेको छ)का बीच आर्थिक र सामाजिक विषमताहरु द्रुत गतिले बढीरहेको छ ।
आज त्यहाँको अर्थव्यवस्थामा उतार-भढाव र मंदिपर्ूण्ा दुस्चक्रको विकासका सारा लक्ष्यण प्रकट भईरहेका छन् । परिस्थितिजन्य महाविनाशका खतरा पनि बढीरहेका छन् । विकास र मुनाफाको अल्पकालिक हितमा हिंडदा -अर्थात तात्कालिक मुनाफाको अदुरदर्शितापर्ूण्ा सोच) सिचाई र बाढी नियन्त्रणका उपायहरुको घोर उपेक्षा र वर्वादी भईरहेको छ, देशको अधिकांश पुरना जंगल फडानी गरिदैछ र विशाल औद्योगिक फोहरले स्वच्छ जलश्रोत प्रदुषित हुदै गईरहेको छ । बाहृय कर्जा र निर्भरता वढ्दै गईरहेको छ । पुरानो सामाजिक खरावी फेरी उठ्न लागेको छ, ग्रामीण क्षेत्रमा छोरीको हत्या वढ्दै छ -कारण कि पुरुष श्रमशक्तिलाई अब फेरी प्रत्येक परिवारको निजी अर्थव्यवस्थामा एक महत्वपर्ूण्ा सम्पदा मान्न थालिएको छ, कुटुम्ब हिंसा पनि वढ्दै छ, शहरमा रोजगारी, माग्ने प्रवृत्ति र वेश्यावृत्ति फैलिरहेको छ । "आधा आकास उठाउने" महिलाहरुको क्रान्तिकारी छवि, अब संस्कृतिको नाममा आज्ञाकारी गृहिणीहरुको पुरातन कढिमा फेरिएको छ, उनिहरुलाई "सफलताका लागि पहिरिएको" उपभोक्ता र यौन वस्तु बनाईएको छ । चीनमा हाल भ्रष्टाचार यति व्यापक भएको छ कि जुन आर्श्यर्च लाग्दो छ ।
यो हो चीनको गर्वपर्ूण्ा विकास पछाडिको आर्थिक सामाजिक यर्थार्थ । १९८९ मा तिएन-आनमेन-चोकमा मजदुर र विद्यार्थीको कत्लेआमले त राजनीतिक सच्चाईलाई पनि पर्ूण्ा रुपमा खोलिदियो । यो केवल नाममा मात्र समाजवादी छ । तर पश्चिममा यो कहानी प्रचारित छ कि देङ-सियाओ-पिङसंग जोडिएका व्यवहारवादी नेताहरुले चिनियाँ समाजलाई र्सबाधिकारवादी माओवादी पागलपनको पन्जावाट मुक्त गरी स्वस्थ बनाइको छ । स्पष्टतः केही खेद पर्ूवक यो पनि स्वीकार गर्दछ कि चीनमा कुनै अप्रिय राजनीतिक कार्वाहीहरु पनि जारी छ । फेरी पनि यो भनेर आफैलाई ढाढस -सान्त्वना) लिने गरेका छन् - त्यहाँको नेतृत्व गरिरहेका जर्जर बुढा पाका मरेपछि जनतनत्रीकरण -अर्थात पश्चिमी शैलीका संस्थावद्ध नियन्त्रण र छल प्रपंच) पर्ूण्ा रुपले फुल्न फल्न लाग्दछ । तर चीनमा मजदूर र किसानहरुको शासनलाई पर्ूण्ा रुपमा समाप्त गरिएको आजको सच्चाइ हो । सम्पत्त र भेदभावको फेरी शुरुवात भएको छ, र मुनाफा नै आर्थिक विकासका कानून बनेको छ । एक नयाँ शोषक वर्गले चिनियाँ समाजमा स्वास्थ्य होइन बरु पूँजिवादलाई वहाल गरेको छ, ठीक त्यस्तै माओले कम्युनिष्ट पार्टर्ीीभत्र रहेको दक्षिणपंथीहरुद्वारा सत्ता कब्जा गर्ने खतराका वारेमा संकत गर्नु भएको थियो । यी पूँजिवादी पथगामिहरुले जुन व्यवस्थालाई उखाले र तहस-नहस गरे, त्यसैले विस्तृत विवरण दिन र त्यसको प्राण प्रतिष्ठानमा यो पुस्तक खास रुपमा समर्पित छ ।
"शांर्घाई पाठ्यपुस्तक -टेक्स्टबुक)" पूँजिवादीको स्थानमा समाजवादी विकल्पको आकृति र कार्य प्रणालीको बारेमा माओवादी क्रान्तिकारीहरुको दृष्टिकोणको र्सबाधिक सांगो-पांगो प्रस्तुति हो । यो समाजवादी आर्थिक सिद्धान्तमा एक ठूलो योगदान हो । यो कुनै पनि परिस्थितिका लागि मूल्यवान छ र वर्तमान विश्व परिवेशमा त यसको महत्व अरु बढ्दछ, जहाँ अब पूँजिवादको कुनै बिकल्प भन्ने मानिएको छ र हामाीलाई यो विश्वास दिलाउने कोशिश गरिहेको छ कि समाजवाद असफल भयो ........ वास्तवमा यसलाई त असफल हुनु नै थियो ।
आज गत केही वर्षो घटना प्रवाहले परिचित जो कोही यो भलिभाँति जान्दछ कि पश्चिमको सत्ताधारी वर्गले एक विचारधारात्मक विजय परेड आयोजना गरिराखेको छ । यसको शुरुवात १९८९ मा पर्ूर्वी यूरोपको सोभियत प्रभुत्ववाला व्यवस्था धराशाही सँगै भयो । सोभियत संघको विघटन पछि यो विचारधारात्मक विजय एक महोत्सवमा फेरियो । तर सोभियत संघमा जुन व्यवस्था धराशाही भयो त्यो समाजवाद नै थिएन । यो पूँजिवादको नै एक विशिष्ट रुप, एक अत्यन्त केन्द्रिकृत राज्य एकाधिकारी पूँजिवाद थियो, जसमा राजकीय स्वामित्व र योजना पूँजिवादी अर्न्तुवस्तुले भरिएको थियो । यो वर्ग विभाजित, शोषणकारी र उत्पीडनकारी समाजमा कुनै पनि योजना क्रान्तिकारी थिएन । वास्तवमा सोभियत संघमा समाजवादलाई १९५० को दशकमा नै समाप्त पारिएको थियो र यो सोभियत अनुभवको पाठ यस पुस्तकको प्रमुख विषय वस्तु हो ।३
आज सत्ताधारी वर्ग जुन चिजको महोत्सव मनाईरहेको छ, त्यो पश्चिमी शैलीको पूँजिवाद हो । उनिहरु यो भन्दैछन् - कुनै पनि प्रकारको आर्थिक उपाय यस्तो क्षमता वा बुद्धिमानीका साथ काम गर्न सक्दैन र कुनै अर्को राजनैतिक प्रणाली औद्योगिक विकासको मार्ग प्रशस्त गर्न सक्दैन । यसको चिन्ता गर्नु बेकार छ कि यस अद्भुत विश्व बजार अर्थ व्यवस्थामा धनी र गरीब राष्ट्रका बीचको खाडलको पछिल्लो ३० वर्षा दर्ुइ गुणा भएको छ, अथवा यो कि अन्तर्रर्ााट्रय आर्थिक र राजनैतिक पूँजिवादी संस्थाहरुको प्रभुत्वमा तेस्रो मुलूकमा प्रतिदिन ४०,००० बच्चा कुपोषण र यस्ता रोगहरुको शिकार भएर मरिरहेका छन् जसलाई रोकथाम गर्न सकिन्छ । आज पश्चिमी जगत युद्धोत्तर कालको सबभन्दा पिडादायी र दिर्घकालिक भूमण्डलीय आर्थिक मन्दी झेलिरहेको छ । यस दावाको अश्लीलतामा गौर नगरौं कि पश्चिमी शैलीका बजार जो अमेरिकाको आफ्नो शहरलाई बर्बाद गरिसकेको छ, कुनै न कुनै रुपमा रुसको आवसीय समस्यालाई समाधान गर्दछ । पछिल्ला तीन शताब्दीको यस औद्योगिक विकासमा सोंच्नु बेकार छ जो यति अन्धा रहृयो कि यस ग्रहको परिस्थिति जन्य सन्तुलनलाई नै लुट्दा-लुट्दै वर्वाद पार्ने दिशामा अगाडि बढीरहेको छ । त्यस प्रणालीमा कहिल्यै नसोचौं - जसको जरुरत यहि हुन्छ कि जनता आफु-आफुलाई तथा आफ्नो मानवीय सम्बन्धलाई बजारमा बेचिने मालको रुपमा फर्ेर्ने कुशलता हासिल गरोस् । भन्नुको मतलव तपाई यी सवकुरालाई भुल्नोस् ........... वस, बजारले नै संसारमा सवथोकलाई सर्वोत्तम ठिक पार्दछ ।
आज यदि पश्चिमी पूँजिवाद सोभियत शिविरमा समाजवादका नामले व्याप्त शोषण र भ्रष्टचारमाथि आफ्नो विजयको दुन्दुभि बजाउनुको साथ-साथै यसको पनि उद्घोष गरिरहेको छ कि अब शोषण्, असमान, विघटन र लालच एवं व्यक्तिगत स्वार्थको वातावरणसँग छुट्कारा पाउनको लागि तथा एक र्सबथा नयाँ किसिमको समाज बनाउनको लागि अगाडि जान सकिदैन । आज यसका सत्ताधारी वर्ग केवल यो "इतिहासको फैसला हो"मात्र भनेका छैनन् बरु यसभन्दा पनि अगाडि बढेर "इतिहासको नै अन्त्य"भएको छ भनिरहेका छन्, अब समाज र इतिहास अगाडि जान सक्दैन - यसैलाई पश्चिमाले कुनै इश्वरीय आदेशको रुपमा सम्पर्ूण्ा सभ्य जनताकोलागि एक आदर्श वनाएको छ । कुनै पनि वस्तु जो पूँजिवादलाई चुनौती दिन्छ, मात्र स्वप्न वनेर रहन्छ र यो पनि नराम्रो कुरा हुन्छ यदि कोही यसमाथि कुनै काल्पनिक आक्षेप गर्दछ, किन की यो कुनै काममा आउदैन उल्टो एक दुस्वप्न बन्दछ । वस्तुतः पूँजिवादको यो विजय अभियान इतिहासकार आर्नो मेयरले भने जस्तै "दर्ुर्व्यव्यवस्थाको एक बज्रपाती महोत्सव"मात्र हो । यसको अर्थ तपाई एक र्सवथा स्पष्ट सफा संसार पाउन सक्नु हुन्न - यसैले लालच, उत्पीडन र नीचता नै निर्विकल्प हो । यसको अर्थ यी सवको कुनै राजनीतिक प्रभाव परेको छैन । प्राय जसो कुनै न कुनै समयमा पूँजिवादको विकल्पको कुरा गर्दथे र आफ्नो गलत बुझाईमा सोभियत आर्थिक र समाजवादी व्यवस्था मान्दै आईरहेका थिए । आज त्यसैको धराशाही हुँदा समाजवादी विचारधाराको नै भर्त्सना गर्न लागेका छन् तथा समाजवादको प्रकृति र यसको भविष्यलाई लिएर गहिरो संशयमा डुबेका छन् ।
आज मुद्दा, क्रान्तिकारी साम्यवादको औचित्य र भविष्यलाई लिएर उठेको छ । लाखौं जनताको स्वैच्छिक र सामूहिक प्रयासको आधारमा सवै प्रकारको उत्पीडन र वर्ग विभेदहरुलाई समाप्त पार्न सम्भव छ या छैन, राजनैतिक नेतृत्व र आर्थिक संस्थाहरु यस्तो उद्देश्यहरु पुरा गर्न सक्छन् या सक्दैनन् र के साँच्चै एक समाजवादी अर्थ व्यवस्था व्यवहारिक सिद्ध हुन सक्छ - यस्ता सवालहरुका जवाफमा माओ र १९७६मा वहाँको मृत्यु सम्मको क्रान्तिकारी चिनको अनुभव मुलभूत प्रस्थान बिन्दु हुन सक्छ । वस्तुतः भूतपर्ुव सोभियत संघको बर्ुर्जुवा सिद्धान्तकार औपचारिक र कानुनी तरिकामा सरकारी स्वामित्व, लोक-कल्याणवाद, प्रविधि क्षमता र राजनीतिक निश्चेष्टतालाई नै समाजवाद भन्दै आईरहेका थिए जब कि वस्तुतः यो एक भद्दा र नक्कली मार्क्सवाद नै थियो । परन्तु यसको विपरित माओ त्से तुङले एक पर्ूण्ा कम्युनष्टि समाजको र संक्रमित हुने एक यस्तो नयाँ समाजवादी समाजको सृजनाका दिशामा जहाँ स्त्री-पुरुष सचेत रुपले र स्वेच्छाले ठुला संर्घष्ाको कारण यस संसार र आफैलाई बदल्ने कार्य गर्ने छन् - मार्क्स र एङ्गेल्सको कम्युनिष्ट समाजका परिकल्पना र लेनिनको नेतृत्वमा त्यसलाई साकार गर्ने प्रयासको संक्षिप्त तर ऐतिहासिक अनुभवलाई अझै परिष्कृत गरियो । यसका साथै सोभियत संघमा एक समाजवादी अर्थ व्यवस्थाको निर्माणमा गरिएको प्रथप प्रयासको सकारात्मक अनुभवसँग सिक्दै वहाँले -माओले) स्टालिनको नेतृत्व अर्न्तगत संगठित भएको योजनावद्ध समाजवादी अर्थ व्यवस्थाको पुनर्विचार गर्नु भयो र त्यसलाई पुनः संशोधित पनि गर्नु भयो ।
माओ एक यस्तो योजनाबद्ध समाजवादी अर्थ व्यवस्था विकास गर्ने, वास्तविक समस्याहरुमा सोच्ने र त्यसवाट सम्बन्धित सम्पर्ूण्ा समाधानहरुलाई लागू गर्नमा लाग्नु भएको थियो जो नोकरशाहीद्वारा नियन्त्रित नहोस् र उत्पीडनकारी पूँजिवादी सम्बन्ध पनि पैदा नगरोस् । समृद्धि र विकासलाई सामाजिक र राजनीतिक मानकको माताहत राखियोस्, आर्थिक संयोजनको सबाललाई व्यापक जनताको पहलकदमी र भागीदारीसँग जोडीयोस्, स्वतः प्रेरणा र सामूहिक हितको मुद्दामा जोड दिइयोस् र त्यस विचारधारात्मक र राजनीतिक परिवेशमा जोड दिइयोस् र योजनाको एक सु-सङ्गत प्रणालीलाई विकेन्द्रीकृत व्यावस्थापनका साथ संयुक्त गर्न सकियोस् भन्ने भन्ने माओको दृष्टिकोण हो ।
माओवादी अर्थशास्त्र "अल्पविकास"को त्यो रुढीवादी पश्चिमी दृष्टिकोणलाई पर्ूण्ारुपले अस्वीकार गर्दछ । जसको अर्थ हुन्छ कि अल्प विकास एक विलम्भित विकासको अतिरिक्त अरु केही होइन र जसलाई केवल विदेशी पूँजीले पृष्ठपोषण गरेर तथा श्रमको अन्तर्रर्ााट्रय विभाजनमा भागवण्डा गरेर तुरुन्त गर्न सकिन्छ र बाटोमा ल्याउन सकिन्छ तर यसको विपरीत क्रान्तिकारी यिनले आफुलाई विश्व साम्राज्य प्रणालीसँग पर्ूण्ा रुपमा अलग गर्यो । यसले कृषिलाई प्राथमिकता दिने आधारमा आफ्नो विकास रणनीति सुत्रीत र लागु गर्यो जसलाई पूरा अर्थव्यवस्थामा प्रसारीत-प्रचारीत र लागू गर्न सकिन्थ्यो । साथै अन्ततः प्रविधि विकास र लागु गर्न यस्तो तरिका पनि खोज्दै रहृयो जुन अर्थव्यवस्थालाई विकृत र छिन्न भिन्न गर्न नसकियोस् बरु आत्मनिर्भरतालाई बढाओस् र सर्बोपरी रुपले जनतालाई मुक्त गरोस् । यस्तो आधारमा नै एक गरीब देश जसको विकास अर्ध - औपनिवेशिक प्रभुक्तद्धारा विकृत र क्षत्रि्रस्त गर्राईएको थियो- टिकाउ र सन्तुलित विकास गर्न तथा आफनो जनताका आधारभूत आवश्यक्ताहरुलाई पूरा गर्नमा र्समर्थ भयो ।
निश्चय नै यस्तो समस्याहरुको पनि सामना गर्नु पर्यो र गल्ती पनि भयो । अर्थव्यवस्थामा निश्चय नै केही कमजोर बिन्दु पनि थियो, नयाँ सामाजिक संस्थाहरुमा निश्चय नै केही त्रुटीहरु पनि थिए, र जनसंर्घष्ाको तुफानी उतार-चढावमा गल्ती हुनु त अपरिहार्य नै थियो । आमूल परिवर्तनमा लागेका जनताको अति उत्साहका कारण हुन्थ्यो वा कहिले दृढताका कारण । तर यो सव एक यस्तो क्रान्तिको सिलसिलामा भईरहेको थियो जो शोषण र उत्पीडनलाई समूल नाश गर्न र व्यापक जनतालाई राजनीतिक जीवनमा सहभागी गराउदै जाने काममा लागेका थिए । यस विकासको दर यति अधिक भएको थियो कि सि.आइ.ए.ले पनि इन्कार गर्न सकेको थिएन । बाहिरबाट हर्ेन आउने ताँती लागिरहेको थियो र उनिहरु त्यहाँ पैदा भईरहेका नयाँ-नयाँ मूल्य र दृष्टिकोणलाई देखेर आश्चार्य चकित हुन पुग्थे । सत्यतः यी सब निकै प्रभावशाली थिए, फेरी पनि यसको युक्ति-विधान र सिद्धान्त कहि अधिक गहिरो समस्याहरुको जुन व्यापकतर समाधानको हिस्सा थियो, तिनको सबभन्दा बढी समस्या यो कसरी तुफानी प्रवाहलाई एक वर्ग विहिन समाज अर्थात साम्यवादको दिशामा लैजानकोलागि समाज र जनता क्रान्तिकरण गर्ने भन्ने थियो । माओको राजनीतिक अर्थशास्त्र यसैमा प्रकाश पार्दछ र यसकारण यो उचित छ कि यसलाई एक दुरदर्शितापर्ूण्ा र जीबन्त समाजवादको राजनीतिक अर्थशास्त्र मानियोस् ।र्
वर्तमान व्यवस्थाका पिछलग्गुहरु माओवादी अनुभवको जुन बद्ख्वाइ गर्दछन् त्यसको स्पष्ट कारण छ । माओवादी अनुभव तिनको शोषणकारी शासन र दृष्टिकोणको पर्ूण्ारुपमा खिलापमा पर्दछ । तर केही 'प्रबुद्ध' बुद्धिजीविहरुको दायरामा माओवादलाई इतिहासद्वारा किनारा लगाईएको एक युगको कलाबाजी भनेर इन्कार गर्ने फेशन पनि चल्यो । चाहे यस्तो गर्नका पछाडि कुनै इरादा होस् वा नहोस् तर यो तर्क यथास्थितिको पक्षमा नै जान्छ । फेरी पनि यो सवाल त छ नै के यो अनुभव र समझदारी ठिक अर्थमा मुक्ति पाउनको लागि प्रसंाङ्गकि छ - यो सबाल साँचो अर्थमा यस दुनियाँलाई बुझ्न र आमूल परिवर्तनको इच्छा राख्नेका लागि अझै अपरिहार्य छ ।
लेखकः प्रसिद्ध मार्क्सवादी अर्थशास्त्री हुन । उनले विश्व राजनीति, अर्थशास्त्र र समाजवादी संक्रमणकालको वारेमा विश्लेषण गरेका थुप्रै कृतिहरु लेखेका छन् । माओवादी अर्थशास्त्र र वर्तमान विश्व राजनीतिको वारेमा विश्लेषण गरेका उनको रचनाहरु अमेरिकावाट प्रकाशित हुने 'रिभोल्यूशनरी -क्रान्तिकारी)' पत्रिकामा प्रकाशित हुदै आएका छन् । लेखकको यो विचार 'माओवादी अर्थशास्त्र र समाजवादको भविष्य' भन्ने पुस्तकवाट प्रकाशित गरिएको हो । केही वर्षअघि लेखिईएको भए पनि यतिवेला सामयिक ठानेर प्रत्रिकामा प्रकाशित गरेका छौ । सम्पादक ः
नोटः
१. यो पुस्तक र्सव-प्रथम चिनमा महान् र्सवहारा साँस्कृतिक क्रान्तिको दौरान १९७४मा 'राजनैतिक अर्थशास्त्रको मुलभूत सिद्धान्त'नामवाट दर्ुइ खण्डमा प्रकाशित भएको थियो । पुनः डिसेम्बर १९७५मा यसको परिस्कृत संस्करण प्रकाशित भयो । चिनियाँ संस्करणको पहिलो खण्डमा पूँजिवाद र साम्राज्यवादको राजनैतिक अर्थशास्त्रको विवेचना गरिएको थियो । दोस्रो खण्डमा समाजवादी संक्रमणकालको सामाजिक -आर्थिक संरचनामाथि विस्तृत चर्चा गरिएको थियो । समाजवादको राजनीतिक अर्थशास्त्र माथि मार्क्सदेखि लिएर माओसम्मको प्रस्थापना र सोभियत तथा चिनियाँ प्रयोगको समस्त अनुभवको निचोडका आधारमा पहिलो पटक यस कृतिमा समाजवादको अर्थतन्त्रका -र राजनीतिको पनि) यति विस्तृत चर्चा गरियो । देङ सियाओ-पिङको समयमा चीनमा यो पुस्तक प्रतिबन्धित गरियो र संसारभरका संशोधनवादी र बौद्धिक अखडाबाज मार्क्सवादी यसको चर्चावाट टाढा रहन्छन् ।
पहिलो पटक यस पुस्तकको १९७४ संस्करणको दुबै खण्डको अंग्रेजी अनुबाद -एक जिल्दमा) जार्ज सी वाङले तयार गरे जुन क्ज्ब्च्एभ्।क्ष्ल्ऋ।ल्भ्ध्थ्इच्प् ले १९७७मा प्रकाशित गर्यो । १९९४मा द्यबललभच एचभकक, ल्भधथयचप ले यसको १९७५को संस्करणको दोस्रो खण्डको अनुवाद रेमण्ड लोट्टाको सम्पादनमा एक लामो भूमिका र टिप्पणीका साथ उपरोक्त शिर्षमा प्रकाशित गरियो ।
२ यस जर्बजस्त सत्ता कब्जामा देङले पर्दा पछाडिवाट आफनो भूमिका निभायो । हुआ को फेङ त मात्र नामको नेता थियो । जबकि पर्ूण्ा रुपले देङले नै पर्दा पछाडिवाट यस तख्तापलट र त्यस पछि पूँजिवादी प्रस्थापनाको नेतृत्व गरे । र जब हुआको माध्यमवाट देङले आफनो प्रतिक्रियावादी उद्धेश्य पूरा तब देङले हुआलाई किनारा लगाएर परिदृश्यवाट हटाइ दियो ।
३. सोभियत संघमा चल्दै आईरहेका राजकीय एकाधिकारी पूँजिवादको आधारभूत विशिष्टताको विश्लेषणका लागि हर्ेर्नुहोस् रेमण्ड लोट्टा ः "द सोभियत यूनियन सोशलिष्ट अर सोशल इमपरियलिष्ट' -क्यखष्भत ग्लष्यल ः क्यअष्बष्कित यच क्यअष्ब क्ष्िmउभचष्बष्कित) शिकागोः आ.सी.पी. पब्लिकेशन, १९८३)
0 comments:
Post a Comment