Wednesday, February 3, 2010

व्यवस्था, सिद्धान्त र आन्दोलनको रुपमा 'कम्युनिज्म

Posted by COMMUNIST OUTLOOK On 2:03 PM No comments

- कृष्णदास श्रेष्ठ
कम्युनिज्म भन्ने शब्द कम्युनिज्म -अommगलष्sm) भन्ने लेटिन शब्दबाट आएको हो र त्यसको अर्थ हो 'साझा। यस अर्थको आधारमा हामी कम्युनिज्मलाई यसरी परिभाषित गर्न सक्छौ ः कम्युनिज्म भनेको त्यस्तो स्थिति हो, त्यस्तो व्यवस्था हो, जसमा जमिन, खानी, कारखाना, आदि सबै उत्पादनका साधनहरु सम्पर्ूण्ा जनताका साझा रहन्छन् । लेनिनको शब्दमा, ँकम्युनिष्ट समाज भनेको त्यस्तो समाज हो, जसमा जमिन, कारखाना, आदि सबै चीजहरुमा साझा मालिकत्व हुन्छ र मानिसहरु साझा रुपमा काम गर्छन् ।’ -१)
मानव समाजको आदिम रुप साम्यवादी थियो, जहाँ कुनै वर्गहरु थिएनन्, मानिसहरुद्वारा मानिसको शोषण भन्ने थिएन, कुनै राज्य थिएन र जहाँ सबैजना मिलेर साझा रुपमा काम गर्ने गर्दथे । सो आदिम व्यवस्थाको अन्त्यपछि क्रमिकरुपले देखापरेका दास व्यवस्था, सामन्ती व्यवस्था र पुँजीवादी व्यवस्था निजी सम्पतिमाथि, उत्पादनका साधनहरु निजी मालिकत्वमाथि आधारित व्यवस्था हुन् । श्रमिक जनताको शोषण तथा उत्पीडनमा आधारित उक्त व्यवस्थाहरु रहेका अवधिहरुमा पनि कम्युनिष्ट विचारहरुलाई र्समर्थन गर्नेहरु रहेका थिए, र उक्त अवधिमा सो विचारमा महत्वपर्ूण्ा परिवर्तन तथा प्रगति भएको छ । ऐतिहासिक दृष्टिबाट भन्ने हो भने, वैचारिक रुपले कम्युनिज्म काल्पनिक कम्युनिज्म हुँदै आधुनिक -वैज्ञानिक) कम्युनिज्ममा विकसित भएको छ, र त्यसरी विकास हुने सिलसिलामा उक्त विचारले निकै परिमार्जित, आधुनिकीकृत र बहुआयामिक चरित्र धारण गरेको छ ।
आधुनिक कम्युनिज्म भनेको मार्क्स र एजेन्सद्वारा प्रतिपादित कम्युनिज्म हो, अर्थात् मार्क्स र एन्जेल्सका दार्शनिक, आर्थिक तथा राजनीतिक सिद्धान्तहरुबाट निर्देशित कम्युनिज्म हो । यस रुपमा कम्युनिज्मले वैज्ञानिक चरित्र प्राप्त गर्‍यो, र त्यसैले यसलाई वैज्ञानिक कम्युनिज्म भनिएको हो । यसका मुख्य रुपले तीन पक्ष छन् ः कम्युनिज्म एउटा सामाजिक व्यवस्था हो, कम्युनिज्म एउटा सिद्धान्त हो, र साथै कम्युनिज्म एउटा आन्दोलन हो, विशाल जनताको आन्दोलन हो ।
व्यवस्थाको रुपमा, कम्युनिज्म भनेको एउटा सामाजिक-आर्थिक व्यवस्था हो, जसमा जमिन, खानी, कारखाना, आदि सारा उत्पादनका साधनहरु सामुहिक मालिकत्वअर्न्तगत रहन्छन्, कुनै वर्गहरु रहँदैनन्, मानिसद्वारा मानिसको शोषण रहँदैन र, अनि दमन गर्नुपर्ने कुनै वर्ग वा समुदायको अस्तित्व नरहने कारणले गर्दा त्यहाँ कुनै राज्य भन्ने कुरा रहँदैन । यो वर्गहीन, शोषणरहित समाज रहन्छ । मानिसहरु साझा काम गर्छन् र उक्त समाजमा वितरण यस सिद्धान्तअनुसार ँहरेकबाट उसको सामर्थ्य अनुसार, हरेकलाई उसको आवश्यकता अनुुसार’ । यसको अर्थ के भने उक्त समाज समृद्ध तथा सुसम्पन्न रहेको हुन्छ ।
उपरोक्त अर्थमा लिने हो भने कम्युनिज्म भनेको विद्यमान सारा सामाजिक-आर्थिक सम्बन्धहरुको क्रान्तिकारी रुपान्तरण र त्यसको आधारमा अहिले रहेको सम्पर्ूण्ा मानवीय चिन्तन, साँस्कृतिक तथा नैतिक मूल्य-मान्यताको क्रान्तिकारीकरण हो, र त्यसैले त्यो मानवजातिको ऐतिहासिक विकासमा एउटा महान क्रान्तिकारी फड्को रहन्छ । उक्त सामाजिक व्यवस्थामा मानिसहरुको सम्पर्ूण्ा जीवन, तिनको जीवनशैली, तिनको चिन्तन तथा व्यवहार अर्थात् जीवनका सबै क्षेत्रमा आमुल परिवर्तन हुनेछ । यस महान् रुपान्तरणको प्रक्रिया र्सवहारावर्गले राज्यसत्ता आफनो हातमा लिने कामबाट शुरु हुन्छ, र सो प्रक्रिया एउटा निरन्तर क्रान्तिको रुपमा चल्छ । उक्त क्रान्ति विभिन्न खुड्किलाहरु पार गर्दै आफनो अन्तिम चरणतर्फलाग्छ । वर्तमानबाट उक्त भविष्यतर्फपुग्ने बीचको अवधिमा, र्सवहारावर्गको अधिनायकतन्त्र एउटा आवश्यक संक्रमणविन्दु रहन्छ, र कम्युनिष्ट समाजको निर्माण पछि उक्त अधिनायकतन्त्र आफै बिलाएर जान्छ । यसलाई मार्क्सले सारभूत रुपमा यसरी व्यक्त गरेका छन् ः क्रान्तिकारी समाजवाद, साम्यवाद भनेको "क्रान्तिको निरन्तरताको घोषणा हो, र त्यसमा र्सवहारावर्गको वर्गीय अधिनायकत्व सामान्यतः वर्ग-विभेदहरुको उन्मूलनका लागि, सो विभेदको आधार रहेका सबै उत्पादन-सम्बन्धहरुको उन्मूलनका लागि, उक्त सामाजिक सम्बन्धको परिणाम रहेका सबै विचारहरुको क्रान्तिकारीकरणका लागि आवश्यक संक्रमण-बिन्दु हो ।" -२)
व्यवस्थाको रुपमा कम्युनिज्म कुनै पनि मुलुकमा पर्ूण्ारुपले बनिबनाउ भएर अस्तित्वमा आउने कुरा होइन । यो त सम्बन्धित मुलुकका विशिष्ट, ठोस ऐतिहासिक स्थितिलाई त्यसको ऐतिहासिक विकासको स्तरलाई आधार बनाएर ऐतिहासिक रुपले विकसित हुँदै अस्तित्वमा आउने स्थिति हो । उदाहरणका लागि, पुँजिवादी दृष्टिले विकसित मुलुकहरुमा कम्युनिष्ट समाजको निर्माण समाजवादमार्फ् हुन्छ भने अविकसित, सामन्ती वा अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक मुलुकहरुमा त्यसले नौलो जनावादी ब्यवस्थामार्फ् समाजवादमा र अनि समाजवादमार्फ् आफूलाई स्थापित गर्छ । आफना विरोधीहरुसित निरन्तर जुझ्दै, आफनो विकासक्रममा आरोह-अवरोहहरुलाई बेहोर्दै त्यसले चरणबद्ध रुपमा, अर्थात् एक चरणबाट अर्को चरणमा अघि बढ्दै आफूलाई स्थापित गर्छ ।
सिद्धान्तको रुपमा कम्युनिज्म भनेको मानिसद्वारा मानिसको शोषणको विरुद्ध श्रमजीवि जनताहरुको मुक्तिको आकांक्षा र भावना र त्यसको लागि क्रान्तिकारी संर्घष्ाको अभिव्यक्ति हो । विश्वका शोषित-उत्पीडित जनगणमा रहेको शोषणप्रतिको विरोध र त्यसको अन्त्यको चाहनालाई त्यसले व्यक्त गर्दछ । एन्जेल्सको भनाइअनुसार, ँकम्युनिज्म भनेको र्सवहारावर्गको मुुक्तिका अवस्थाहरु सम्वन्धी सिद्धान्त हो ।’ -३) कम्युनिज्मलाई यथार्थमा विकसित गर्नका लागि बस्तुगत अवस्थाहरुको वैज्ञानिक विश्लेषण तथा व्याख्या हुनु अनिवार्य आवश्यकता हो, र सो काम सिद्धान्तको हैसियतबाट कम्युनिज्मले गर्दछ । यस दृष्टिबाट कम्युनिज्म भनेको र्सवहारावर्ग र अन्य श्रमिक जनता शोषण र उत्पीडनबाट कुन अवस्थाहरुमा र कुन उपायहरुबाट वास्तविक मुक्ति हासिल गर्न सक्छन्, त्यस सम्बन्धी निर्देशन र शिक्षा हो । मार्क्स र एन्जेल्स्द्वारा प्रतिपादित वैज्ञानिक कम्युनिज्मका जुन निर्देशक विचारहरु छन्, ती भावना वा कल्पनामा आधारित नभएर मानवजातिको ऐतिहासिक विकासका वस्तुगत नियमहरुमा आधारित छन् । त्यसैले, ती अन्य सबै विचारहरुभन्दा उच्च, बैज्ञानिक र सही रहेका छन् । धेरै पहिले आफ्नो "सन् १८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपि" नामक कृतिमा यस्तो विचार व्यक्त गरेका थिए ः "कम्युनिज्म भनेको तत्कालिक भविष्यको आवश्यक ढाँचा र गतिशील सिद्धान्त हो ।" तर्सथ, कम्युनिष्ट सिद्धान्तको मुख्य काम वास्तविक परिस्थितिलाई बुझ्नु र द्वन्द्वात्मक रुपले रणनीति र कार्यनीतिको प्रतिपादन गर्नु र ठोस अवस्थाहरुको ठोस विश्लेषण गरी सही बाटो र उपाय निर्धारित गर्नु रहन्छ ।
सिद्धान्तको हैसियतबाट कम्युनिज्मले आफ्ना विरोधी विचारधाराहरुसित निरन्तर र अविचल रुपमा जुध्नु परेको छ र जुुध्दै आएको छ । जहाँसम्म विरोधी विचारहरुसितको त्यसको संर्घष्ाको सवाल छ, सो वैचारिक संर्घष्ामा त्यसले विजय प्राप्त गरिसकेको छ भन्न सकिन्छ, किनभने आफ्नो बैज्ञानिकता, न्यायोचितता र विश्वासनियताको दृष्टिबाट, विचारको रुपमा त्यो अजेय रहेको छ । विश्वको करोडौं जनतालाई त्यसले आफ्नो प्रभाव तथा पकडमा पारेको दृष्टिबाट हर्ेर्ने हो भने, त्यो एउटा सबल भौतिक शक्तिको रुपमा विद्यमान छ । त्यसको अजेयता र सबलता कुन तथ्यबाट पनि पुष्टि हुन्छ भने अहिले पुँजीवादी वा निम्न-पुँजीवादी विचारधाराहरुले आफुलाई आफ्नै वास्तविक आवरणमा प्रस्तुत नगरिकन समाजवादी वा मार्क्सवादीको जामा लगाएर आफूलाई प्रस्तुत गरिरहेको हामी देखिरहेका छौं । उदाहरण, लोकतान्त्रिक समाजवाद, संशोधनवाद आदि हुन्, किनभने लोकतान्त्रिक समाजवाद भनेको पुँजीवादी समाजवाद हो र "संशोधनवाद एक प्रकारले पुँजीवादी विचारधारा हो ।" -४)
आधुनिक कम्युनिज्मको दर्शन भनेको वर्तमान युगको सबभन्दा समुन्नत बैज्ञानिक दर्शन, ँद्वन्द्वात्मक भौतिकवाद’ हो । द्वन्द्वात्मक भौतिकवादी तरिकाको प्रयोग गरेर, कम्युनिष्ट सिद्धान्तले र्सवहारावर्गको मुक्ति संर्घष्ाका सम्पर्ूण्ा आयामको सही रुपमा प्रतिनिधित्व गरेको छ, र चिन्तनको क्षेत्रमा यो ठूलो उपलब्धि रहेको छ ।
कम्युनिज्म भनेको सिद्धान्त मात्र होइन, एउटा आन्दोलन पनि हो । शोषण, अन्याय-अत्याचार तथा हर प्रकारको उत्पीडनको स्थितिको विरुद्ध र वर्गहीन, समृद्ध समाजको निर्माणका लागि आम श्रमिक जनताको आन्दोलन हो यो । शोषण र उत्पीडनबाट मुक्तिको लागि लामो समयदेखि चलिआएको श्रमिक जनगणको आन्दोलनको यो विस्तारित र विकसित रुप हो । जबसम्म मानिसद्वारा मानिसको उत्पीडन तथा शोषण रहन्छ, तबसम्म यो आन्दोलन चलिरहन्छ । महान् सामाजिक, आर्थिक रुपान्तरणका लागि चल्ने कुनै पनि आन्दोलन कहिले पनि सोझो रेखामा अघि बढ्दैन, बरु अनेकौं घुम्ती तथा मोडहरु भएर, ठूल्ठूला संग्रामहरुको बाटो भएर अघि बढ्छ । हामीले कस्तो विशेषता देखेका छौं भने त्यसरी अघि बढ्ने सिलसिलामा सो आन्दोलनका रुप तथा आकार बन्दै जान्छ र त्यसको परिधिको विस्तार हुदै जान्छ, र त्यसमा झन्-झन् बढी संख्यामा जनता सचेत र संगठित रुपबाट संलग्न हुदै जान्छन् । आन्दोलनको रुपमा कम्युनिज्ममा पनि यो कुरा लागु रहेको छ । हामीले के देखेका छौंं भने, यो आन्दोलन अनेकौं मोड र घुम्तीहरु हुम्दै र समय-समयमा अनेकौ पछि हटाइलाई बेहोर्दै अघि बढेर आएको छ र साथै आफ्नो ऐतिहासिक अग्रगतिमा त्यसले अनेकौं महान् सफलता तथा विजयहरुको रर्ेकर्ड पनि कायम गरेको छ । अन्तर्रर्ााट्रय र राष्ट्रिय स्तरमा चल्दै आएको यस आन्दोलनको नेता तथा संगठनकर्ता र्सवहारावर्ग -कम्युनिष्ट पार्टर्ीीमार्फ् रहेर आएको छ ।
आन्दोलनको रुपमा कम्युनिज्म भनेको सामाजिक तथा राजनीतिक ब्यवहारको कुरा हो, ब्यवहारिक कार्यवाही र संर्घष्ाको कुरा हो । यो कम्युनिज्मले आफ्नो उद्देश्य अर्थात् नयाँ सामाजिक व्यवस्था स्थापना गर्ने लक्ष्यलाई यथार्थतामा उतार्न गर्ने संर्घष्ाको कुरा हो । यो संर्घष्ा निकै कठिन र जटिल छ, किनभने यस क्षेत्रमा कम्युनिज्मले ज्यादै विविध तथा जटिल स्थितिसित ब्यवहार गर्नुपरेको हुन्छ, निकै धर्ुत, बलिया, षड्यन्त्रकारी, संगठित शक्तिहरुसित लड्नु परेको हुन्छ । वर्तमान समाज निकै जटिल छ, यहाँ विभिन्न वर्ग, पार्टर्ीीथा शक्तिहरु आ-आफ्ना स्वार्थ लिएर सक्रिय रहेका छन् । यहाँ नानाथरीका विचारहरु छन्, अन्तरविरोधहरु छन्, स्वार्थका टक्करहरु छन् र यहाँ पाइला-पाइलामा नयाँ कुराहरु, नयाँ समूहहरु, नयाँ विचारहरु देखापर्ने गर्छन् । अझ अर्को कुरा के भने कम्युनज्मि विभिन्न क्षेत्रहरुबाट आफ्नो भित्र प्रवेश गरेका गलत तत्व, दृष्टिकोण तथा विचारहरुसित संर्घष्ा गर्दै अघि बढ्नु परेको छ । यस स्थितिमा कम्युनिज्मले बडो सुझबुझका साथ, कुशलतापर्ूवक र कामकाजी रुपमा र परिस्थितिमा हुने फेरबदल अनुरुप नीति तथा कार्यनीति तय गर्दै अघि बढ्नु जरुरी रहन्छ । यसवारे मार्क्सले यस्तो विचार ब्यक्त गरेका छन् ः
"निजी सम्पत्तिको विचारको उन्मूलन गर्नका लागि कम्युनिज्मसम्बन्धी विचार एकदमै पर्याप्त छ । वास्तविक निजी सम्पत्तिको उन्मूलन गर्न वास्तविक कम्युनिष्ट कार्यवाहीको खाँचो पर्छ । इतिहासले त्यसतर्फलैजाने छ र यो आन्दोलन, जसलाई सिद्धान्तको रुपमा हामीले एउटा सर्वोच्च आन्दोलनको रुपमा जानिसकेका छौं, त्यो आन्दोलन वास्तवमा एउटा धेरै कठोर तथा दर्ीघकालीन प्रक्रिया बन्नेछ ।" -५)
नौलो व्यवस्था, क्रान्तिकारी सिद्धान्त र जनआन्दोलनको रुपमा कम्युनिज्म आफूभित्र मानवजातिको उज्वल भविष्य लिएर निरन्तर गतिशील छ । आफ्नो गतिमा त्यसले जस्तोसुकै अन्तर्ध्वंश तथा पछि हटाइहरु बेहोर्नु परेपनि अन्तिम विजय यसकै हुनेछ । वर्तमान युगमा सवै बाटाहरुले कम्युनिज्मतर्फलैजान्छन्, किनभने कम्युनिज्म मानवजातिको गन्तव्य हो, भविष्य हो ।
सर्न्दर्भसुची
१.. लेनिन, "संकलित रचनाहरु", अं.सं, भाग ३७ पृष्ठ २९५ - ६ ।
२. मार्क्स र एन्जर्ेर्ल्स, "छानिएका रचनाहरु", अं.सं, भाग १, पृष्ठ २८२ ।
३. मार्क्स र एन्जर्ेर्ल्स, "संकलित रचनाहरु", अं.सं, भाग ६, पृष्ठ ३४१ ।
४. माओत् सेत∙, "छानिएका रचनाहरु", अं.सं, भाग ३, पृष्ठ ४३४ ।
५. मार्क्स र एन्जेल्स, ''संकलित रचनाहरु, भाग ३, पृष्ठ ३१३ ।
२०६६ मंसिर २४


0 comments:

Post a Comment